Shittalpati
श्रमजीवी वर्गका लागि राहत प्याकेज ल्याउन प्रेस युनियन पाल्पाको माग
श्रमजीवी वर्गका लागि राहत प्याकेज ल्याउन प्रेस युनियन पाल्पाको माग नेपाल प्रेस युनियन पाल्पाले कोरोना पीडित श्रमजीवी,मजदुर तथा रोजगार गुमाएकाहरूलाई राहत प्याकेज ल्याउन सरकारसँग माग गरेको छ । युनियनले सोमबार विज्ञप्ति जारी गर्दै निषेधाज्ञाका कारण रोजगार गुमाएका आम नागरिक, श्रमिक र साना व्यवसायीहरूले भोग्नु परेको पीडालाई मध्यनजर गर्दै आवश्यक राहतको प्याकेज यथाशीघ्र ल्याउन माग गरेको हो ।
माथागढीमा संक्रमण बढेसँगै परीक्षणको दायरा बढाइयो
माथागढीमा संक्रमण बढेसँगै परीक्षणको दायरा बढाइयो जिल्लाको माथागढी गाउँपालिकामा कोभिड १९को संक्रमण बढेसँगै परीक्षणको दायरा पनि बढाइएको छ । पछिल्लो समय समुदास्तरमै दैनिक रुपमा संक्रमित देखिन थालेपछि गाउँपालिकाले परीक्षणको दायरालाई बढाएको हो ।
माथागढी गाउँपालिका अध्यक्षले बनाए आफु चढ्ने गाडी एम्बुलेन्स
माथागढी गाउँपालिका अध्यक्षले बनाए आफु चढ्ने गाडी एम्बुलेन्स जिल्लाको माथागढी गाउँपालिकाका अध्यक्ष चढ्ने गाडीलाई कोरोना संक्रमित बिरामीका लागि प्रयोगमा लगाइएको छ । गाउँपालिका अध्यक्ष सन्तोष थापा मगरले आफूले चढ्दै आएको ग १ झ ३५६ नम्वरको स्कार्पियो कोरोना संक्रमित बिरामीका लागि प्रयोगमा ल्याएका हुन् ।
घर–घरमै पुगेर संक्रमितको उपचार गर्दै माथागढी
घर–घरमै पुगेर संक्रमितको उपचार गर्दै माथागढी जिल्लाको माथागढी गाउँपालिकाले होम आइसोलेसनमा बसेका संक्रमितको घर–घरै पुगेर उपचार गर्न थालेको छ । संक्रमित भई सामन्य अवस्थामा रहेका नागरिकहरुको गाउँपालिकाका स्वास्थ्यकर्मीहरुको टोलीले घरमै पुगेर उपचार थालेका हुन् ।
गुल्मी काँग्रेसको कार्यालयलाई आइसोलेसन बनाइने
गुल्मी काँग्रेसको कार्यालयलाई आइसोलेसन बनाइने नेपाली कांग्रेस गुल्मीले जिल्लास्थित पार्टी कार्यालयलाई कोरोना उपचार तथा आइसोलेसन कक्षका लागि उपलब्ध गराउने भएको छ । पार्टी जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले सदरमुकाम तम्घास रहेको पार्टी कार्यालय वीपी स्मृति भवनलाई आवश्यकताअनुसार आइसोलेसनका रुपमा प्रयोग गर्न सकिने बताएका छन् ।
गुल्मीका स्थानीय सरकारले बनाए १ सय ४० बेडका  आइसोलेसन
गुल्मीका स्थानीय सरकारले बनाए १ सय ४० बेडका आइसोलेसन जिल्लामा कोरोना संक्रमणको दर बढ्दै गएपछि स्थानीय सरकारहरुले चासो देखाएका छन् । यहाँ रहेका दुई नगरपालिका र दश गाउँपालिकाहरुले दोस्रो चरणको कोरोना भाइरस नियन्त्रण गर्नका लागि छुट्टाछुट्टै तयारी थालेका छन् ।
पाल्पामा सिसिएमसीको बैठक बस्दै, निषेधाज्ञा थप्ने तयारी
पाल्पामा सिसिएमसीको बैठक बस्दै, निषेधाज्ञा थप्ने तयारी कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठक बस्दैछ । अहिले दिउँसो ३ बजे बैंठक बस्न लागेको हो ।
जनप्रतिनिधिले चढ्ने गाडी एम्बुलेन्सका रूपमा प्रयोग
जनप्रतिनिधिले चढ्ने गाडी एम्बुलेन्सका रूपमा प्रयोग रुपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख र उपप्रमुखले चढ्ने सवारीलाई कोरोना संक्रमित बिरामीका लागि प्रयोगमा लगाइने भएको छ । नगरप्रमुख वासुदेव घिमिरे र उपप्रमुख जागेश्वरी चौधरीले आफूले चढ्दै आएका गाडी कोरोना संक्रमित बिरामीका लागि प्रयोगमा लगाएका हुन् ।
गुल्मीको कालीगण्डकी गाउँपालिकामा निषेधाज्ञाको अवज्ञा
गुल्मीको कालीगण्डकी गाउँपालिकामा निषेधाज्ञाको अवज्ञा जिल्लाको कालीगण्डकी गाउँपालिकामा निषेधाज्ञाको अवज्ञा गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमण उच्च भएपछि वैशाख १८ गते राति १२ बजेदेखि वैशाख २५ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरे पनि यहाँ त्यसको अवज्ञा गरेको पाइएको हो ।
कोरोना संक्रमित बढेपछि गाउँपालिकाको सेवा बन्द
कोरोना संक्रमित बढेपछि गाउँपालिकाको सेवा बन्द माथागढी गाउँपालिका सहित जिल्लामा कोरोना संक्रमित बढेपछि गाउँपालिकाको सेवा छ दिन बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालयले वैशाख १७ गतेराती १२ बजेदेखि निषेधाज्ञा जारी गरेपछि गाउँपालिकाले पनि वैशाख १९ गतेदेखि वैशाख २४ गते ६ दिनका लागि सेवा बन्द गरेको हो ।
माथागढी गाउँपालिकाको झडेवामा अब्यवस्थित तथा सुकुम्बासी सम्बन्धी छलफल गर्दै गाउँपालिकाका जनप्रतिनिधि
माथागढी गाउँपालिकाको झडेवामा अब्यवस्थित तथा सुकुम्बासी सम्बन्धी छलफल गर्दै गाउँपालिकाका जनप्रतिनिधि माथागढी गाउँपालिकाको झडेवामा अब्यवस्थित तथा सुकुम्बासी सम्बन्धी छलफल गर्दै गाउँपालिकाका जनप्रतिनिधि । गाउँपालिकाले अव्यवस्थित तथा सुकुम्वासीहरुकालागि जग्गा उपलब्ध गराउन आवश्यक तयारीका लागि अभिमुखीकरण तथा छलफल गर्दै आएको छ ।
गुल्मीको सत्यवतीमा वडा सिल
गुल्मीको सत्यवतीमा वडा सिल जिल्लाको सत्यवती गाउँपालिका ७ जुनियाँलाई २९ गतेसम्मका लागि सिल गरिएको छ । वडामा ६० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएपछि वडा सिल गरिएको हो । वडामा थप संकमण फैलिन नदिनका लागि वडा सिल गरिएको वडा अध्यक्ष लोकबहादुर बुढाथोकीले जानकारी बताए । सो समय सम्मका लागि अत्यावश्क काम बाहेक अन्य केही...
Weather Update