Shittalpati
द्रुत प्रतिकार्य समिति र टोलीका लागि अभिमुखिकरण
द्रुत प्रतिकार्य समिति र टोलीका लागि अभिमुखिकरण स्थानीय स्तरमा रहेका द्रुत प्रतिकार्य समिति र टोलीका लागि एक दिने अभिमुखिकरण कार्यक्रम रामपुर पाल्पामा सम्पन्न भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाको आयोजनामा रामपुर नगरपालिका भित्र रहेको दु्रत प्रतिकार्य समिति र टोलीका लागि अभिमुखिकरण प्रदान गरिएको हो ।
रामपुरमा भुस्याहा कुकुर नियन्त्रण गर्न बन्ध्याकरण अभियान
रामपुरमा भुस्याहा कुकुर नियन्त्रण गर्न बन्ध्याकरण अभियान जिल्लाको रामपुरमा  भुस्याहा कुकुरहरुको आतङ्क बढेपछि कुकुरहरुलाई बन्ध्याकरण गर्ने अभियान सञ्चालन गरिएको छ । भुस्याहा कुकुरबाट सर्न सक्ने प्राणघातक रेविज रोग नियन्त्रण तथा कुकुरको बढ्दो संख्या न्यूनिकरणका लागि रामपुरमा भुस्याहा कुकुरहरुको बन्ध्याकरण गर्ने अभियान सञ्चालन गरिएको हो ।
तानसेनलाई चलायमान बनाउन पर्यटन केन्द्रित बजेट ल्याउन पत्रकारहरुको सुझाव
तानसेनलाई चलायमान बनाउन पर्यटन केन्द्रित बजेट ल्याउन पत्रकारहरुको सुझाव तानसेनको भविष्य पर्यटनसँग जोडिएकोले पर्यटकीय पूर्वाधार निर्माणमा नीति, कार्यक्रम बनाई बजेट विनियोजन गर्न पाल्पाली पत्रकारहरुले सुझाव दिएका छन् । तानसेनमा प्रशस्त मात्रामा ऐतिहासिक, धार्मिक, पुरातात्विक, प्राकृतिक सम्पदाहरु रहेकोले ती सम्पदाहरुलाई पूर्वाधारको माध्यमबाट व्यवस्थित गरी पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न तानसेन नगरपालिकाले एक सुत्रिय रुपमा पर्यटन क्षेत्रमा लगानी गर्न पत्रकारहरुले सुझाव...
बालमैत्री नगर घोषणाको तयारीमा रामपुर : सूचकका बारेमा छलफल गर्दै
बालमैत्री नगर घोषणाको तयारीमा रामपुर : सूचकका बारेमा छलफल गर्दै जिल्लाको रामपुर नगरपालिका बालमैत्री नगर घोषणाको तयारीमा जुटेको छ । उसले आगामी ३ वर्षभित्र नगरलाई बालमैत्री नगर घोषणा गर्ने गरी तयारीलाई तिव्रता बनाएको छ । नगरपालिकाले अहिले बालमैत्री घोषणाका लागि आवश्यक सूूचका बारेमा विभिन्न व्यक्ति, संघ संस्थाहरुसँग छलफल तथा अन्तक्र्रियालाई तिव्रता दिएको पाइन्छ ।
भुसलडाँडा टोल विकास संस्थाको अधिवेशन, अध्यक्षमा पुनः सापकोटा
भुसलडाँडा टोल विकास संस्थाको अधिवेशन, अध्यक्षमा पुनः सापकोटा भुसालडाँडा टोलविकास संस्थाको साधारणसभा तथा अधिवेशन भएको छ । तानसेन नगरपालिका –१ मा गठित टोलविकास संस्थाको सातौं साधारण सभा तथा अधिवेशन भएको हो ।  
पर्यटक भिर्याउन रेसुङ्गा नगर सरकारको जुक्ति, थाल्यो ‘जाउँ हिड रेसुङ्गा’ अभियान
पर्यटक भिर्याउन रेसुङ्गा नगर सरकारको जुक्ति, थाल्यो ‘जाउँ हिड रेसुङ्गा’ अभियान लामो समयको कोरोना महामारीका कारण थला परेको पर्यटन क्षेत्र अझै पनि माथि उठ्न सकेको छैन । देशका धेरै प्रख्यात पर्यटकीय  क्षेत्रहरु अहिले पनि सुुनसान जस्तै छन् । स्थानीय, प्रदेश र संघीय सरकारको प्राथमिकतामा पर्यटकीय क्षेत्र नपरेका कारण पनि थुप्रै पर्यटकीयस्थलहरु सुनसान छन् ।
बेरुजु बारे फैलाइएको गलत प्रचारप्रति रामपुर नगरपालिकाको ध्यानाकर्षण
बेरुजु बारे फैलाइएको गलत प्रचारप्रति रामपुर नगरपालिकाको ध्यानाकर्षण जिल्लाको रामपुर नगरपालिकाले बेरुजुु बारे फैलाइएको गलत प्रचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । मंगलबार नगरपालिकाले एक प्रेस विज्ञप्ति जारी गर्दै महालेखा परीक्षकको कार्यालयको प्रतिवेदन र विभिन्न सञ्चारमाध्यम, सामाजिक सञ्जालमा भइरहेको गलत प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । 
‘जाउँ हिड रेसुंगा’ अभियान शुभारम्भ
‘जाउँ हिड रेसुंगा’ अभियान शुभारम्भ गुल्मीको रेसुंगा नगरपालिकाले धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुंगाको प्रचारप्रसार एवम् पर्यटन प्रवद्र्धनका लागि ‘जाउँ हिड रेसुंगा’ अभियान शुभारम्भ गरेको छ । आइतबार रेसुंगा नगरपालिकाको सभाहलमा सो अभियानको नगरप्रमुख खिलध्वज पन्थीले शुभारम्भ गरे ।
गुल्मीका स्थानीय तहको घरभाडामा ३९ लाख खर्च
गुल्मीका स्थानीय तहको घरभाडामा ३९ लाख खर्च गुल्मीका स्थानीय सरकारले घरभाडामा वार्षिक ३९ लाख रुपैयाँ भन्दा बढी रकम खर्च गर्ने गरेको पाइएको छ । हालसम्म भाडामा बस्दै आएका जिल्लाका पाँच पालिकाले उक्त रकम घरभाडामा खर्च गरेका हुन् । 
२० वर्ष पुगी विवाह गर्नेलाई पुरस्कार दिदैं निस्दी गाउँपालिका
२० वर्ष पुगी विवाह गर्नेलाई पुरस्कार दिदैं निस्दी गाउँपालिका जिल्लाको निस्दी गाउँपालिकाले २० वर्ष पुुगी विवाह गर्ने महिलाई पुरस्कार दिने भएको छ । पालिकाले समाजमा बढिरहेको बालविवाहलाई रोक्ने उद्देश्यले कक्षा १२ उत्तीर्ण गरी २० वर्ष उमेर पुगी विवाह गर्ने महिलालाई प्रोत्साहनस्वरुप पुरस्कार प्रदान गर्ने भएको हो ।
चिदीपानी पूर्ण संस्थागत सुत्केरी वडा घोषणा
चिदीपानी पूर्ण संस्थागत सुत्केरी वडा घोषणा जिल्लाको माथागढी गाउँपालिका– १ चिदीपानी पूर्ण संस्थागत सुत्केरी वडा घोषणा भएको छ । एक औपचारिक कार्यक्रमका बीच वडालाई पूर्ण संस्थागत सुत्केरी सुनिश्चितता वडा घोषणा गरिएको हो ।
Weather Update