तिनाउ गाउँ सरकारको खर्च : वित्तिय प्रगति ८७ प्रतिशत
शनिबार, असार ३०, २०८०
.jpg)
तानसेनलाई काकाकुल बनाउँनेहरु फेरि सलबलाउँदै !
शनिबार, असार ३०, २०८०
तानसेनवासी निकै सोझा र अनुशासित छन् । महिनौ घरका धारामा पानी नआउँदा पनि विरोध गर्दैनन् । बरु ग्यालेन र गाँग्रो बोकेर धारा, कुवा र पँधेरा धाउँछन् । त्यति मात्र होइन उनीहरु नियमित खानेपानी महशुल खुरुक्क तिर्छन् । खानेपानीको जिम्मा पाएको निकाय नै गैरजिम्मेवार बन्दा यहाँका नागरिकले वर्षौदेखि खानेपानीको समस्या भोग्नुपरेको...

माथागढीमा भुक्तानी लफडा : कर्मचारी माथि दाउरा प्रहारको प्रयास, मागे सुरक्षा, जनप्रतिनिधी समेत संलग्न रहेको आरोप
शुक्रबार, असार २९, २०८०
पाल्पाको माथागढी गाउँपालिकामा केही योजनाहरुको भूक्तानीको विषयलाई लिएर कर्मचारी माथि अभद्र व्यवहार भएको पाइएको छ । गत बुधबार केही उपभोक्ताहरुले योजनाहरुको भुक्तानी नदिएको भन्दै पालिकाको लेखा शाखामा कार्यरत कर्मचारी, प्राविधिक इन्जिनियर माथि अभद्र व्यवहार गरेको पाइएको हो ।

कर्मचारीलाई बन्दी बनाउँने प्रयासको सर्वत्र विरोध (घटनाको प्रत्यक्ष भिडियो सहित )
बिहीबार, असार २८, २०८०
माथागढी गाउँपालिकामा कतिपय योजना भूक्तानीको विषयलाई लिएर जनप्रतिनिधी समेतको सहभागितामा कर्मचारी माथि अभद्र व्यवहार गरिएको खुलासा भएको छ । पिडित कर्मचारीले आफुहरुलाई वन्धक बनाएर चिरुवा दाउँराले प्रहार गरेको आरोप लगाएर जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् । घटना अहिले देशभरमै चर्चित भई रहेको छ भने माथागढी अहिले तातेको छ ।
1689050274.jpg)
रामपुर नगर सरकारको योजना : कालीगण्डकी नदी किनारमा पैदलमार्ग
मंगलबार, असार २६, २०८०
विश्वमा नै शालिग्राम शिला पाइने एकमात्र नदी कालीगण्डकीलाई पर्यटन विकाससँग जोड्ने प्रयास थालिएको छ । शालग्रामी र कालीनदी नामबाट पनि चिनिने यस कालीगण्डकी नदीलाई आयआर्जनसँग जोड्दै यहाँको धार्मिक तथा पर्यटन विकासका लागि स्थानीय सरकारले योजना अगाडि सारेको छ ।

रामपुरको काली आँपदेखि गौरीघाट सडक पुष्प मार्ग बन्दै
शुक्रबार, असार २२, २०८०
जिल्लाको रामपुर नगरपालिका– ६ को कालीआँपदेखि गौरीघाटसम्मको सडकलाई पुष्प मार्गको रुपमा विस्तार गर्न थालिएको छ । ४ किलोमिटर लम्बाई रहेको यहाँको सडकको दायाँ बायाँ विभिन्न्न फूल प्रजातिका बिरुवा लगाई पुष्प मार्गको रुपमा विस्तार गर्न लागिएको हो ।

रामपुरका सडकमा सोलार बत्ती जडान
बिहीबार, असार २१, २०८०
रामपुर नगरपालिकाले नगरका विभिन्न स्थानमा सोलार बत्ती जडान गरेको छ । नगरपालिकाले वडा ५ को नगरपालिका कार्यालय परिसर, वेझाँड बजार, सदावर्त चोक,तालपोखरा , कालिआँप, र किसानबारी बजारमा सोलार बत्ती जडान गरेको हो ।

तानसेन खानेपानी उपभोक्ता तदर्थ समिति गठन, राजनीतिक दलले जनाए आपत्ति
बुधबार, असार २०, २०८०
तानसेन नगर सरकारले तानसेन खानेपानी उपभोक्ता समिति विघटन गरी तदर्थ समिति गठन गरेको छ । उपभोक्ता समिति गैरजिम्मेवार र अवैधानिक रुपमा चल्दा उपभोक्ताले खानेपानीको चरम अभाव झेल्नु परेपछि नगर सरकारले पुरानो समिति विघटन गरी तदर्थ समिति गठन गरेको हो ।

तानसेनका उपभोक्ताले नगर सरकारलाई भने ‘उपभोक्ता समिति खारेज गरी पानी खुवाऊ’
बिहीबार, असार १४, २०८०
वर्षैदेखि खानेपानीको समस्या झेल्दै आएका तानसेनवासीले उपभोक्ता समिति खारेज गरी नगर सरकारले जिम्मा लिनुपर्ने बताएका छन् । बुधबार तानसेन नगरपालिकामा भेला भएका उपभोक्ताहरुले वर्तमान खानेपानी उपभोक्ता समिति गैरजिम्मेवार बनेका कारण खानेपानीको समस्या वर्षौंदेखि झेल्नु परेको भन्दै अब समिति खारेज गरी नगर सरकार मातहत ल्याउनुपर्ने बताएका हुन् ।

तानसेनमा उपभोक्ताहरुको भेला : खानेपानी उपभोक्ता समिति खारेज गर्ने निर्णय
बुधबार, असार १३, २०८०
वर्षैदेखि खानेपानीको समस्या झेल्दै आएका तानसेनका उपभोक्ताहरुको भेलाले तानसेन खानेपानी उपभोक्ता समिति खारेज गर्ने निर्णय गरेको छ । बुधबार पूर्णमाया महर्जनको अध्यक्षतामा तानसेन नगरपालिकामा बसेको भेलाले म्याद सकिएपछि पनि गैरकानुनी तरीकाले सञ्चालनमा रहेको समिति तत्काल खारेज गर्ने निर्णय गरेको हो ।

तानसेनबाट श्रम स्वीकृति
मंगलबार, असार १२, २०८०
जिल्लाको सदरमुकाम तानसेनबाट श्रम स्वीकृति दिन सुरु गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको परिपत्रअनुसार तानसेन नगर सरकारले नगरपालिकाबाटै श्रम स्वीकृतिको व्यवस्था गरेको हो ।

पाल्पाका स्थानीय सरकारका बजेट, कसका कस्ता ?
मंगलबार, असार १२, २०८०
देशभरका अधिकांश स्थानीय सरकारले आइतबार बजेट सार्वजनिक गरेका छन् । स्थानीय सरकारले असार १० भित्र आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था अनुसार आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याएका हुन् । पाल्पामा रहेका दशवटै स्थानीय तहले पनि नीति तथा कार्यक्रम सहितको बजेट सार्वजनिक गरेका छन् । यहाँका दुुई नगरपालिका सहित...

रेसुङ्गा नगर सरकारको बजेट ७१ करोड
मंगलबार, असार १२, २०८०
जिल्लाको रेसुङ्गा नगरपालिकाले ७१ करोड भन्दा बढीको बजेट ल्याएको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि नगरप्रमुख खिलध्वज पन्थीले ७१ करोड ८८ लाख ७८ हजार ७ सय ६० बराबरको बजेट ल्याइएको बताए ।