तानसेनमा ट्याक्टर दुर्घटनामा एकको मृत्यु(अपडेट)
शनिबार, मंसिर १८, २०७८
तानसेनमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु
शनिबार, मंसिर १८, २०७८
जिल्लाको तानसेन नगरपालिका–९ दमकडामा ट्याक्टर दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ । शनिबार बिहान दमकडास्थित देउरालीबाट दाउरा लोड गरी दमकडातर्फ गइरहेको लु ४ त ५४३८ नम्बरको ट्याक्टर अचानक ब्रेक फेल भई दुर्घटना हुँदा दमकडाका ४१ वर्षीय दिपक ढकालको मृत्यु भएको हो ।
एक घर, एक धारा नीति विफल, अझै पनि डोकोकै भरमा खानेपानी !
शनिबार, मंसिर १८, २०७८
पाल्पाको रैनादेवी छहरा गाउँपालिका–५ मुझुङ्गका टोड्केमा अझै खानेपानी बोकेर ल्याउनुपर्ने बाध्यता हटेको छैन । सरकारले ‘एक घर, एक धारा’ जडानको नीति लिए पनि आर्थिकरूपले विपन्न समुदाय सो पहुँचबाट बाहिरै रहनुपर्ने बाध्यता छ । सोही स्थानमा तीन घर रहे पनि अहिले एक घरमा मात्र बसोबास छ । पानीकै अभाव दुई घर...
नेपालमा दुई सय ४६ कोरोना संक्रमित थपिए
शुक्रबार, मंसिर १७, २०७८
पछिल्लो २४ घण्टामा नेपालमा २ सय ४६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय शुक्रबार सार्वजनिक गरेको नियमित कोरोना अपडेटमा देशभरका २ सय ४६ जनामा संक्रमण देखिएको हो ।
पुराना पुस्ताबाट पार्टी चल्दैन :नेता भण्डारी
शुक्रबार, मंसिर १७, २०७८
नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.चन्द्र भण्डारीले पुराना पुस्ताबाट पार्टी नचल्ने बताएका छन् । रूपन्देहीको भैरहवामा नेपाली काँग्रेसको लुम्बिनी प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
कक्षा १२ को नतिजा प्रकाशित
शुक्रबार, मंसिर १७, २०७८
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशित गरेको छ । शुक्रबार बिहान बसेको बोर्डको बैठकले नतिजा प्रकाशित गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार नतिजा प्रकाशित भएको हो ।
वर्षा र हिमपातको सम्भावना
शुक्रबार, मंसिर १७, २०७८
हाल देशमा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।
केन्द्रीय सदस्यमा रानाको उम्मेदवारी : भन्छन् ‘लोकतन्त्रको संस्थागत र समृद्धिका लागि’
शुक्रबार, मंसिर १७, २०७८
नेपाली काँग्रेसका निवर्तमान सभापति तथा लुम्बिनी प्रदेश सरकारका उर्जा जलश्रोत तथा सिचाई मन्त्री वीरबहादुर रानाले नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।
आज अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइँदै
शुक्रबार, मंसिर १७, २०७८
आज ३० औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विश्वभरि विविध कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष डिसेम्बर– ३ का दिन मनाइने अन्तर्राष्ट्रिय अपाङ्गता दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक तथा सिर्जनात्मक कार्यक्रम गरी मनाइँदै छ ।
३ सय १५ संक्रमित थपिए
शुक्रबार, मंसिर १७, २०७८
पछिल्लो २४ घण्टामा थप ३ सय १५ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको नियमित कोरोना अपडेटमा देशभरका ३ सय १५ जना नयाँ संक्रमित थपिएका हुन् ।
बगनासकालीमा प्रधानमन्त्री रोजगार कार्यक्रमलाई निरन्तरता
बिहीबार, मंसिर १६, २०७८
जिल्लाको बगनासकाली गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई निरन्तरता दिएको छ । विगतका वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत सयौैंलाई रोजगार प्रदान गरिसकेको गाउँपालिकाले यस वर्ष पनि उक्त कार्यक्रमलाई निरन्तरता दिएको हो ।
काँग्रेसको ६१ जिल्लामा मात्र अधिवेशन
बिहीबार, मंसिर १६, २०७८
नेपाली काँग्रेसले १४औँ महाधिवेशनअन्तर्गत विहीबारसम्म ६१ जिल्लामा पार्टीको जिल्ला अधिवेशन गरेको छ । यसबाहेक सबै जिल्लाका कूल १ सय ६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । बाँकी १६ जिल्लामा भने अधिवेशन स्थगित भएको छ...
उर्जा मन्त्री रानाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारीको घोषणा
बिहीबार, मंसिर १६, २०७८
लुम्बिनी प्रदेश सरकारका उर्जा जलश्रोत तथा सिचाई मन्त्री एवं नेपाली काँग्रेसका नेता विर बहादुर रानाले नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।


