पाल्पा कोरोना अपडेट : आइतबार ५३ जना संक्रमितले कोरोना जिते
आइतबार, असार ६, २०७८
स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर आगामी बजेट ल्याउदैछौं : अध्यक्ष भण्डारी
आइतबार, असार ६, २०७८
जिल्लाको रम्भा गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भण्डारीले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर आगामी बजेट ल्याउने तयारीमा रहेको बताएका छन् । रम्भा –१ अर्सेदीमा सामुदायिक स्वास्थ्य इकाईको उद्घाटन गर्दै अध्यक्ष भण्डारीले जनताको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरिएको बताएका हुन् ।
पाल्पा कोरोना अपडेट : शनिबार ७८ जना संक्रमित डिस्चार्ज,२१ जनामा संक्रमण
शनिबार, असार ५, २०७८
जिल्लामा पछिल्ला २४ घण्टामा ७८ जना संक्रमित डिस्चार्ज भएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले शनिबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ७८ जना संक्रमितले कोरोना जितेका हुन् । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ३२ जना महिला र ४६ जना पुरुषले कोरोना जितेका छन्...
गुल्मी कारागारका कैदीलाई खेलकूद र स्वास्थ्य सामग्री
शनिबार, असार ५, २०७८
गुल्मेली समाज जापानका सदस्य इस्मा गाउँपालिका –६ अमरपुर निवासी हाल रोजगारीको सिलसिलामा जापानमा कार्यरत रामचन्द्र कुँवरले स्वर्गीय माता पशुपति कुँवरको सम्झनामा जिल्ला कारागारका कैदीहरुलाई खेलकुद र स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् । उनले एक औपचारिक कार्यक्रमका बिच खेलकुद र स्वास्थ्य सामग्री उपलब्ध गराएका हुन् ।
ढुङ्गा, गिटी र बालुवा निकासी गर्ने योजना कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
शुक्रबार, असार ४, २०७८
सर्वोच्च अदालतले सरकारले बजेटमार्फत ल्याएको ढुङ्गा, गिटी र बालुवा निकासी गर्ने योजना तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासले शुक्रबार सरकारको उक्त योजना कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।
पाल्पा कोरोना अपडेट : शुक्रबार १ सय १७ जना संक्रमितले कोरोना जिते
शुक्रबार, असार ४, २०७८
जिल्लामा पछिल्ला २४ घण्टामा १ सय १७ जना संक्रमितले कोरोना जितेका छन् । जिल्ला स्वास्थ्य कार्यालयले शुक्रबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका १ सय १७ जना संक्रमितले कोरोना जितेका हुन् ।
पाल्पामा विहीबार ५३ जना संक्रमितले कोरोना जिते
बिहीबार, असार ३, २०७८
जिल्लामा पछिल्ला २४ घण्टामा ५३ जना संक्रमितले कोरोना जितेका छन् । जिल्ला स्वास्थ्य कार्यालयले बुधबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ५३ जना संक्रमितले कोरोना जितेका हुन् ।
माओवादी केन्द्र पाल्पाले दियो अस्पताल र निलसागरलाई स्वास्थ्य सामग्री
बिहीबार, असार ३, २०७८
नेकपा माओवादी केन्द्र पाल्पाले पाल्पा अस्पताल र निलसागर सेवा आश्रम तानसेनलाई स्वास्थ्य सुरक्षा सामग्री दिएको छ । जिल्लामा कोरोना संक्रमणको अवस्था कायमै रहेकाले पाल्पा अस्पतालमा संक्रमित विरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मी र निलसागर आश्रममा रहेका वृद्धवृद्धाहरुको सुरक्षाका लागि माओवादी केन्द्र पाल्पाले स्वास्थ्य सामग्री सहयोग गरेको हो ।
अविरल वर्ष : उच्च सतर्कता अपनाउन पाल्पा प्रशासनको आग्रह
बुधबार, असार २, २०७८
जिल्ला प्रशासन कार्यालय पाल्पाले अविरल वर्षा भइरहेकाले उच्च सतर्क रहन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले केही दिन लगातार वर्षा हुने मौसमी प्रक्षेपण गरेपछि कार्यालयले जिल्लावासीमा सतर्क रहन आग्रह गरेको हो ।
बाढीको वितण्डा: ऐतिहासिक धार्मिक तथा पर्यटकीय क्षेत्र रानीमहल र रुरु डुबानमा
बुधबार, असार २, २०७८
लगातारको वर्षाका कारण पाल्पाका ऐतिहासिक धार्मिक तथा पर्यटकीय क्षेत्रहरु डुबानमा परेका छन् । कालीगण्डकी नदीमा पानीको बहाव उच्च हुँदा आसपास क्षेत्रमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रहरु डुबानमा परेका हुन् ।


