७७ जिल्लामा निःशुल्क कानूनी सहायता
मंगलबार, असार १५, २०७८
पाल्पामा मंगलबार ३९ जना नयाँ संक्रमित थपिए
मंगलबार, असार १५, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ३९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ३९ जनामा कोरोना संक्रमण देखिएको हो ।
आज धान दिवस: हराउदै रोपाइँमा मौलिकता
मंगलबार, असार १५, २०७८
जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो गर्ने चलन छ । जब रातभरि झरी परेर खेतबारी हिलाम्मे हुन्छ, तब हरेक किसानको मनमा आशाको फूल फुल्छ । धान रोपेर वर्षभरिलाई भात खान पुग्ने चामल फलाउँछु भन्ने आश हुन्छ । पहिलेपहिले रोपाइँ हुने घरमा अघिल्लो दिनदेखि नै बाजागाजाको जोडजाम हुन्थ्यो ।
पाल्पामा सोमबार ५३ जना नयाँ संक्रमित थपिए
सोमबार, असार १४, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ५३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले सोमबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ५३ जनामा कोरोना संक्रमण देखिएको हो ।
रिब्दीकोटमा अनलाइनबाट पठन–पाठनको तयारी
सोमबार, असार १४, २०७८
पाल्पाका सामुदायिक विद्यालयले अनलाइन माध्यमबाट पठन–पाठन शुरु गर्ने तयारी गरेका छन् । रिब्दीकोट गाउँपालिकाले अनलाइन प्रविधिको प्रयोग गरी कक्षा ९ र १० को अनलाइन पठनपाठन सञ्चालन गर्ने तयारी थालेको गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीले बताए । निषेधाज्ञाको अवधिमा बालबालिका अध्ययनबाट वञ्चित भएका छन् । विद्यालयमा उपस्थिति हुन नपर्ने भएपछि फुर्सदिला भएपछि...
गुल्मीका स्वास्थ्य चौकीलाई स्वास्थ्य सुरक्षा सामग्री
सोमबार, असार १४, २०७८
जिल्लामा रहेका स्वास्थ्य चौकीलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको छ । बोधिसत्वा बिहार बुढानिल्कण्ठ काठमाडौंको आर्थिक सहयोग गुल्मेली कलाकार तिलक बस्नेत र लोक तथा दोहोरी गीत प्रतिस्ठान गुल्मीको समन्वयमा स्वास्थ्य चौकीलाई दोस्रो पटक स्वास्थ्य सामग्री प्रदान गरिएको हो ।
बुधबारदेखि भारी वर्षा हुने
सोमबार, असार १४, २०७८
जल तथा मौसम विज्ञान विभागले आगामी बुधबारदेखि मनसुन थप सक्रिय हुने प्रक्षेपण गरेको छ । देशको पूर्वी तथा मध्यभागमा बुधबारदेखि मनसुनी गतिविधि बढ्ने विभागले जनाएको छ ।
पाल्पामा आइतबार ५६ संक्रमितले कोरोना जिते, १२ जनामा संक्रमण
आइतबार, असार १३, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ५६ जना संक्रमितले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालय पाल्पाले आइतबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ५६ जना संक्रमितले कोरोना जितेका हुन् ।
पत्रिका वर्गीकरण नीतिगत हुनुपर्नेमा पाल्पाका सम्पादकहरुको जोड
शनिबार, असार १२, २०७८
पत्रिका वर्गीकरण नीतिगत हुनुपर्नेमा पाल्पाका सम्पादकहरुले जोड दिएका छन् । शनिबार तानसेनमा प्रेस काउन्सिलका प्रतिनिधिसँगको छलफलमा जिल्लाका छापा मिडियामा आवद्ध सम्पादकहरूले पत्रिकाको वर्गीकरण नीतिगत रुपमा हुनुपर्नेमा जोड दिएका हुन् ।
पाल्पामा शनिबार ९८ जना नयाँ संक्रमित थपिए
शनिबार, असार १२, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ९८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले शनिबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ९८ जनामा कोरोना संक्रमण देखिएको हो ।
गुल्मीका दलित अधिकारकर्मीले मागे शिक्षा मन्त्रीको राजीनामा
शनिबार, असार १२, २०७८
सरकारका मन्त्रीले नै शक्तिको दुरुपयोग गरि जातीय विभेदलाई प्रश्रय दिएको भन्दै गुल्मीका दलित अधिकारकर्मीहरुले राजीनामा माग गरेका छन् । काठमाडौं बवरमहल स्थित सरस्वती प्रधानको घरमा कोठा खोज्दा सञ्चारकर्मी रुपा सुनारमाथि जातकै आधारमा गरिएको जातीय छुवाछूत तथा भेदभावको घट्ना विरुद्ध प्रहरी कार्यालयमा न्यायका उजुरी गरिएको थियो ।
पाल्पामा पानीजहाज सञ्चालनको सम्भाव्यता अध्ययन शुरु
शनिबार, असार १२, २०७८
शालिग्राम पाइने नेपालकै एकमात्र नदी कालीगण्डकीमा पानीजहाज सञ्चालनका लागि पाल्पा खण्डमा सबस्टेशन राख्ने सम्भाव्यताको अध्ययन शुरु गरिएको छ । पाल्पाको राम्दीदेखि देवघाटसम्म एक सय ३५ किलोमिटर जलयान सञ्चालन गर्न बनाइएको योजनाअनुरुप कालीगण्डकीको देवघाट र रामपुरमा सबस्टेशनको लागि स्थलगत अध्ययन भइरहेको छ । नेपाल पानीजहाज कार्यालय काठमाडौँले पाल्पा खण्डको रामपुर नगरपालिकाका...
पाल्पामा निषेधाज्ञा पुनः असार २२ सम्म लम्बियो
शुक्रबार, असार ११, २०७८
पाल्पामा जारी निषेधाज्ञा पुनः लब्याइएको छ । कोरोना संक्रमण घट्दै गए पनि तेस्रो भेरियन्टको हल्लालाई ध्यानमा राखी निषेधाज्ञा पुनः असार २२ गतेसम्म लब्याइएको हो । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को शुक्रबार बसेको बैंठकले १० दिन निषेधाज्ञा थप गरिएको जनाएको छ । यहाँ गत बैशाख १७ गतेदेखि जारी निषेधाज्ञा पाँचौ...


