Shittalpati
रामपुरमा जेष्ठ नागरिकहरुको भेला, उमेर मिल्नेहरु भेट हुँदा उत्साहित
रामपुरमा जेष्ठ नागरिकहरुको भेला, उमेर मिल्नेहरु भेट हुँदा उत्साहित जिल्लाको रामपुरमा जेष्ठ नागरिकहरुको भेला भएको छ । जेष्ठ नागरिक समन्वय समिति रामपुर–६, पाल्पाले जेष्ठ नागरिकहरु समाजका पथप्रदर्शक रहेको भन्दै उनीहरुलाई एक ठाउँमा भेला गराएको हो । भेलामा नगरभित्रका ६० वर्ष भन्दा माथिका जेष्ठ नागरिकहरु सहभागी रहेका थिए ।
रेडक्रसको अर्धवार्षिक समीक्षा
रेडक्रसको अर्धवार्षिक समीक्षा नेपाल रेडक्रस सोसाइटी गुल्मी शाखाद्वारा कालीगण्डकी गाउँपालिकामा सञ्चालित सामुदायिक स्वास्थ्यका लागि एकिकृत पहल परियोजना २०२३ को अर्धवार्षिक समीक्षा गरिएको छ । स्वीस र ब्रिटिस रेडक्रसको आर्थिक सहयोग नेपाल रेडक्रस सोसाइटी गुल्मीको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी लुम्बीनी प्रदेश शाखा र केन्द्रीय कार्यलयको प्राविधिक सहजीकरणमा कालीगण्डकीमा सञ्चालित परियोजनाको समीक्षा गरिएको हो ...
रेल दुर्घटना पन्ध्र जनाको मृत्यु
रेल दुर्घटना पन्ध्र जनाको मृत्यु दक्षिणी पाकिस्तानमा रेल दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने ४५ जना घाइते भएका छन् । कराँचीबाट एबोटाबादतर्फ गइरहेको हजारा एक्सप्रेस दक्षिणी सिन्ध प्रान्तको नवाबशाह शहरको सहारा रेलवे स्टेशन नजिकै पटरीबाट खस्दा उक्त हताहति भएको रेलमन्त्री ख्वाजा साद रफिकले पत्रकारलाई बताए  । 
पाल्पामा काँग्रेस र प्रेस युनियनबिच छलफल
पाल्पामा काँग्रेस र प्रेस युनियनबिच छलफल नेपाली काँग्रेस पाल्पा र नेपाल प्रेस युुनियन पाल्पा शाखाबिच तानसेनमा छलफल भएको छ । नेपाली काँग्रेसका गतिविधि, पार्टी र प्रेस युनियनले खेल्नुपर्ने भूमिका लगायतका विषयमा व्यापक छलफल भएको हो । 
पर्यटनमन्त्रीको ‘इ–हुलाक सेवा’
पर्यटनमन्त्रीको ‘इ–हुलाक सेवा’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफ्ना सुभेच्छुकहरुको सल्लाह सुझाव र जनगुनासो सम्बोधन गर्न ‘इ–हुलाक सेवा’ पुनः सञ्चालनमा ल्याएका छन् ।
‘स्वास्थ्य बिमा कार्यक्रममा देखिएको समस्या छिट्टै समाधान हुन्छ’
‘स्वास्थ्य बिमा कार्यक्रममा देखिएको समस्या छिट्टै समाधान हुन्छ’ प्रतिनिधिसभा सदस्य ठाकुर प्रसाद गैरेले पाल्पाको स्वास्थ्य बिमा कार्यक्रममा देखिएको समस्या छिट्टै समाधान हुने बताएका छन् । उनले स्वास्थ्य बिमा बोर्डसँग पाल्पामा देखिएको समस्याका बारेमा छलफल भइरहेकाले छिट्टै समाधान हुने बताए ।
आज अन्तर्राष्ट्रिय मित्रता दिवस मनाइँदै
आज अन्तर्राष्ट्रिय मित्रता दिवस मनाइँदै आज अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वभरी मनाइँदै छ । संयुक्त राष्ट्र संघले ३० जुलाईलाई अन्तर्राष्ट्रिय मित्रता दिवसको रूपमा आधिकारिक रूपमा मान्यता दिएको थियो । नेपाल लगायत अधिकांस देशहरुले अगस्टको पहिलो आइतबार यो दिवस मनाउने गर्दछन् ।
डा. भगवान कोइराला पाल्पामा पुरस्कृत
डा. भगवान कोइराला पाल्पामा पुरस्कृत वरिष्ठ मुटुरोग विशेषज्ञ तथा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला जन्मथलो पाल्पामा सम्मानसहित पुुरस्कृत भएका छन् ।  नेपाल औषधि व्यवसायी संघ पाल्पाले सातौं साधारण सभाका अवसरमा ‘औषधि व्यवसायी संगम सम्मान तथा पुरस्कार’ बाट  डा. कोइरालालाई  पुुरस्कृत गरेको हो ।
राज्यको नियम कानुन सबैले मान्नु पर्छ  : सासंद गैरे
राज्यको नियम कानुन सबैले मान्नु पर्छ  : सासंद गैरे प्रतिनिधीसभा सदस्य ठाकुर प्रसाद गैरेले राज्यको नीति नियम कानुन सबैले मान्नु पर्ने बताएका छन् । राज्य भन्दा माथि नत सरकार छ, नत संघ संस्था छन् नत कुनै व्यक्ति , त्यसैले राज्यले बनाएको नीति नियम कानुन सबै पक्षले पालना गर्नु पर्ने सांसद गैरेले बताए ।
पाल्पामा जग्गा तथा आवास विकास संघ गठन
पाल्पामा जग्गा तथा आवास विकास संघ गठन पाल्पा जग्गा तथा आवास विकास संघको तदर्थ समिति गठन गरिएको छ । तानसेनमा बसेको घरजग्गा व्यवसायीहरुको भेलाले तदर्थ समिति गठन गरेको हो ।
Weather Update