पहिरोमा खसेको ढुङ्गा लागेर प्रहरीको मृत्यु
शनिबार, साउन २७, २०८०
आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
शनिबार, साउन २७, २०८०
आज नेपालसहित विश्वभर ‘अन्तर्राष्ट्रिय युवा दिवस’ मनाइँदै छ । देशभर युवासँग सम्बन्धित विभिन्न गैरसरकारी संघसंस्थाले कार्यक्रम गरी दिवस मनाउन लागेका हुन् ।
बन्धक बन्यो संसद्, अझै हटेन अवरोध
शनिबार, साउन २७, २०८०
लगातार बैठक चल्न नदिएको प्रमुख प्रतिपक्षी एमालेले शुक्रबार पनि संघीय संसद्का दुवै सदनका बैठक अवरोध गर्यो। एक क्विन्टल सुन तस्करीको छानविन गर्नका लागि उच्चस्तरीय समिति गठनको माग गर्दै आएको एमालेले संसद् बैठक अवरुद्ध गर्दै आएको छ । एमालेको अवरोधपछि बैठक स्थगित गरिएको छ ।
पाल्पामा डेंगीबाट बालिकाको मृत्यु
शुक्रबार, साउन २६, २०८०
डेंगी संक्रमणबाट पाल्पामा एक बालिकाको मृत्यु भएको छ । तानसनेनस्थित युनाइेट मिसन अस्पतालमा उपचाररत वालिङ नगरपालिका–११, आमडाँडाकी ११ महिनाकी बालिकाको संक्रमण डेंगी संक्रमणबाट मृत्यु भएको हो ।
लायन्स क्लव अफ पाल्पा विपनाले दियो बालबालिकालाई खेलकुद तथा शैक्षिक सामग्री
शुक्रबार, साउन २६, २०८०
लायन्स क्लव अफ पाल्पा विपनाले तानसेनस्थित बालमन्दिर प्राविका बालबालिकाहरुलाई खेलकुद तथा शैक्षिक सामग्री सहयोग गरेको छ । सेवा गर्ने उद्देश्य २०१९ जुलाई १४ मा स्थापना भएको क्लवले शुक्रबार एक औपचारिक कार्यक्रमका बिच सामग्री हस्तान्तरण गरेको हो ।
तानसेनमा लागुऔषधसहित एक जना पक्राउ
शुक्रबार, साउन २६, २०८०
जिल्लाको सदरमुकाम तानसेनमा लागुऔषधसहित एक जना पक्राउ परेका छन् । तानसेन नगरपालिका–२ नारायणस्थानस्थित एक घरमा डेरा गरी बस्दै आएका सर्लाहीको इश्वरपुर नगरपालिका –१२ स्थायी ठेगना बताउने २४ वर्षीय कमल कुमार खड्कालाई प्रहरी लागुऔषधसहित पक्राउ गरेको हो ।
गुल्मी काँग्रेस सभापतिको बादर आतंक रोक्ने प्रस्ताव बन्यो ‘हट केक’
शुक्रबार, साउन २६, २०८०
नेपाली काँग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले बैंठक हलमा प्रस्ताव गरेको एउटा एजेण्डा सुन्नासाथ केन्द्र, प्रदेश र जिल्लाका सयौं नेताहरुले तालि बजाए । बैंठक हलमा गाई गुई भयो, तर सहभागी सबैका अनुहारमा खुसी छायो । सबैले भने ‘काँग्रेस बल्ल जनताका आवाज बोल्दै छ ।’
स्वास्थ्य सवलताका लागि ‘नर्सिङ घरदैलो कार्यक्रम’
शुक्रबार, साउन २६, २०८०
स्याङ्जाको वालिङमा नागरिकको स्वास्थ्य सवलताका लागि ‘नर्सिङ घरदैलो कार्यक्रम’ सञ्चालन गरिएको छ । स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग र वालिङ नगरपालिका बीच सम्झौतापत्रमा हस्ताक्षर भई उक्त कार्यक्रम सञ्चालनमा आएको हो ।
डेंगीबाट आठ जनाको मृत्यु
बिहीबार, साउन २५, २०८०
नेपालमा पछिल्लो समय डेंगी संक्रमितको संख्या बढिरहेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार ७४ जिल्लामा फैलिएको डेंगीबाट हालसम्म ८ जनाको मृत्यु भइसकेको छ । जसमा पाल्पाकी एक जना महिला रहेकी छन् ।
तानसेन–रिडी सडक खण्ड २५ दिनका लागि बन्द रहने
बिहीबार, साउन २५, २०८०
पाल्पाको तानसेन हुँदै गुल्मी जाने सडक शनिबारदेखि दैनिक ६ घण्टा बन्द हुने भएको छ । गुल्मी, बाग्लुङ, अर्घाखाँची जाने तानसेन–रिडी सडक खण्ड स्तरोन्नती तथा मर्मत गर्नका लागि २५ दिनसम्म सडक बन्द हुने भएको हो ।
छापिएको दुई लाख अनुमतिपत्र लिन आएन् सेवाग्राही
बिहीबार, साउन २५, २०८०
नागरिकले चालक अनुमतिपत्र पाउन डेढवर्षसम्म कुरिरहँदा लाखौँ सेवाग्राहीले भने छापिएर आएको अनुमतिपत्र लिएका छैनन् । अहिले झण्डै दुई लाखभन्दा बढी अनुमतिपत्र थन्किएर रहेको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले जनाएको छ ।
काँग्रेस पाल्पाले सुरु गर्यो विशेष आन्तरिक अभियान
बिहीबार, साउन २५, २०८०
नेपाली काँग्रेस पाल्पाले संगठन सुदृढीकरणका लागि आन्तरिक विशेष अभियान सुरु गरेको छ । पार्टीको केन्द्रीय समितिको निर्णय अनुसार जिल्लामा पनि विहीबारदेखि १० दिने विशेष आन्तरिक अभियान सुरु गरिएको हो ।
विद्यालय शिक्षा विधेयक संसद्मा दर्ता हुन ढिलाइ
बिहीबार, साउन २५, २०८०
नेपाल सरकार (मन्त्रिपरिषद्) बाट यही साउन १६ गते स्वीकृत भए पनि हालसम्म विद्यालय शिक्षालाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सङ्घीय संसद्मा दर्ता भएको छैन ।


-1762576335.jpg)