पत्रकारका सदस्यता शुद्धीकरण प्रमुख एजेण्डा
बुधबार, चैत १५, २०७९

सडकको पहुँचसँगै वैकल्पिक बन्यो ग्राभिटी रोपवे
बुधबार, चैत १५, २०७९
वालिङ ५ पाडेथोकका किसानले कुनै बेला आफूले उत्पादन गरेको कृषिजन्य वस्तु डोकोमा बोकेर बजारसम्म पुर्याउनुपर्ने बाध्यता थियो । गाउँदेखि नजिकैको वालिङ बजार पुग्न पनि झण्डै दुई घण्टा पैदल हिँड्नुपर्दथ्यो । बजारसम्म पुग्न गोरेटो बाटोसमेत राम्रो थिएन सडक सञ्जाल त परेको कुरा थियो ।

आज देशभर चैते दशैं मनाइदैं
बुधबार, चैत १५, २०७९
आज चैत्र–अष्टमी अर्थात् चैते दशैं पर्व मनाइदै छ । आज देशभर दुर्गा भवानीको पूजा आराधना गरी चैते दशैं पर्व मनाइने गरिन्छ । असुर शक्ति माथि दैवी शक्तिको विजय तथा असत्यमाथि सत्यको जितको रुपमा लिइने दशैं हिन्दूधर्मावलम्बीहरुले वर्षमा दुई पटक मनाउने गर्दछन् । असोजमा मनाइने दशैंलाई बडादशैंको रुपमा मनाइन्छ भने चैत...
एमालेलाई कमजोर बनाउने खेल भएको छ : अध्यक्ष ओली
मंगलबार, चैत १४, २०७९
नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेलाई कमजोर बनाउने खेल भएको बताएका छन् । एमालेको मिसन ग्रासरुट अभियानको क्रममा मंगलबार पाल्पाको तानसेनस्थित दमकडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले दश गठबन्धन र बाह्य शक्तिले एमालेलाई कमजोर बनाउने प्रयास गरेको बताएका हुन् ।

स्ववियु निर्वाचन गराउन अन्तरिम आदेश
मंगलबार, चैत १४, २०७९
उच्च अदालत पाटनले रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर), नेपाल कमर्श क्याम्पस र पाटन संयुक्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गराउन अन्तरिम आदेश जारी गरेको छ ।

पूर्ण स्वचालित प्रणालीमार्फत पेसी व्यवस्थापन गर्न माग
मंगलबार, चैत १४, २०७९
कायममुकाम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसमक्ष नेपाल बार एसोसिएसनले १५ दिनभित्र पूर्ण स्वचालित प्रणालीमार्फत पेसी व्यवस्थापन प्रक्रिया अघि बढाउन माग गरेको छ ।

लुम्बिनी प्रदेशमा मुुख्यमन्त्रीलाई राजीनामा दिन दवाब
मंगलबार, चैत १४, २०७९
केन्द्रमा फेरिएको सत्तासमीकरणको असर लुम्बिनी प्रदेश सरकारमा पनि देखिएको छ । यहाँ एमाले नेतृत्वको सरकारमा सहभागी माओवादी, जसपा र जनमत पार्टीका मन्त्रीले पदबाट राजीनामा दिएपछि प्रदेश सरकार अल्पमतमा परेको छ । अहिले प्रदेश सरकारको नेतृत्व गरेका एमाले नेता तथा मुख्यमन्त्री लिला गिरीलाई राजीनामा दिन दवाब समेत परेको छ ।

असारेका जनताको घर–घरमा खानेपानीको धारा
मंगलबार, चैत १४, २०७९
जिल्लाको रैनादेवी छहरा गाउँपालिका–१ असारेका जनताले घर–घरमै खानेपानीको सुविधा पाएका छन् । दैनिक एक घण्टा लगाएर खोलामा पानी बोक्न जानु पर्ने बाध्यता असारेका जनतालाई हटेको छ । गाउँमा तल्लो र उपल्लो असारे लिफ्ट खानेपानी आयोजना सम्पन्न भएपछी जनताले घर–घरमै खानेपानीको धारा पाएका हुन् ।

आकर्षक बन्दै ‘ऐतिहासिक सत्र पोखरी’
मंगलबार, चैत १४, २०७९
स्याङ्जाको वालिङ १४ कपासेस्थित ऐतिहासिक सत्र पोखरीमा भौतिक पूर्वाधार निर्माण गरेसँगै पर्यटकको आवागमन बढ्दै गएको छ । अग्लो पहाड र सम्म परेको रमणीय भूभाग सत्र पोखरीमा आन्तरिक तथा बाÞय पर्यटकको रोजाइको केन्द्र भएकाले यहाँ भौतिक पूर्वाधार निर्माण गरिएको हो ।

आज एमाले अध्यक्ष ओली तानसेन आउँदै
मंगलबार, चैत १४, २०७९
नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज तानसेनको दमकडामा आउने जनाइएको छ । एमालेको मिसन ग्रासरुट अभियान अन्तर्गत जिल्लास्तरी वृहत्त कार्यकर्ता भेलालाई सम्बोधन गर्न ओली दमकडा आउन लागेका हुन् ।

देशका सबै मालपोत कार्यालय अब विद्युतीय प्रणालीमा
सोमबार, चैत १३, २०७९
सरकारले मुलुकका सबै मालपोत कार्यालयलाई विद्युतीय प्रणालीमा आबद्ध गर्ने भएको छ । मालपोत कार्यालयमा लागू भएको भू–राजस्व सूचना प्रणालीबाट सबै मालपोत कार्यालय जोडिने र यसबाट सेवाग्राहीले सहजरुपमा सेवा पाउने तथा अभिलेख प्रणाली व्यवस्थित हुनेछ ।

सवारीसाधनको परीक्षण उपकरणबाट गरिने
सोमबार, चैत १३, २०७९
खरिद गरिएको झण्डै एक दशकपछि सवारीसाधनको जाँच गर्ने उपकरण सञ्चालनमा ल्याउने तयारी गरिएको छ । टेकुस्थित सवारी परीक्षण कार्यालयले उपकरणमार्फत सवारीसाधनको स्वस्थता जाँच गर्न तयारी अघि बढाएको हो ।

पाल्पाको रैनादेवी छहरामा ७० वर्षीय वृद्ध मृत फेला
सोमबार, चैत १३, २०७९
जिल्लाको रैनादेवी छहरामा ७० वर्षीय वृद्ध मृत अवस्थामा फेला परेका छन् । रैनादेवी छहरा गाउँपालिका–८ कोहलका रनबहादुर रेश्मी घर नजिकै मृत अवस्थामा फेला परेका हुन् । आइतबार विहान खानेपानीको पाइप बनाउन भनि घरबाट निस्किएका रेश्मी अबेरसम्म पनि घर नफर्किएपछि आफ्न्तहरुले खोज्ने क्रममा घर नजिकैको भल्टेखानी गैरामा मृत अवस्थामा फेला पारेको...