Shittalpati
मनसुन आजदेखि पूर्णरुपमा बाहिरिँदै
मनसुन आजदेखि पूर्णरुपमा बाहिरिँदै गत जेठ ३१ गते नेपाल प्रवेश गरेको यसवर्षको मनसुन आज रातिबाट पूर्णरुपमा बाहिरिने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नाकाहरुमा सशस्त्रको सुरक्षा
नाकाहरुमा सशस्त्रको सुरक्षा दसैँलगायत चाडपर्वका लागि सशस्त्र प्रहरी बलका २९ हजार जनशक्तिले सीमा नाकालगायत क्षेत्रमा सुरक्षा दिन थालेका छन् । ‘चाडपर्व विशेष सुरक्षा योजना’ तयार पारी लागू गर्दै यसपाली चाडपर्वका समयमा २९ हजार जनशक्ति परिचालन गरी निगरानी थालिएको सशस्त्र प्रहरीका प्रवक्ता तथा वरिष्ठ  प्रहरी उपरीक्षक राजेन्द्र खड्काले जानकारी दिए ।
एउटै विद्यालयमा ३९ अक्षयकोष
एउटै विद्यालयमा ३९ अक्षयकोष यहाँको पूर्णामृत भवानी माध्यमिक विद्यालयमा अक्षयकोषको संख्या ३९ पुगेको छ । वालिङ–१० फूलबारीमा तीन वर्षअघि पूर्णामृत भवानी मावी र कालिका आधारभूत विद्यालय एकापसमा मर्ज भएपछि विद्यालयमा अक्षयकोषको संख्या बढेको हो ।
घर आँगनमा बडादसैँको आगमन
घर आँगनमा बडादसैँको आगमन हिन्दूहरूको घरआँगनमा महान् चाड बडा दसैँ सुरु भएको छ । आजबाट औपचारिक रुपमा बडादसैँको आगमन  भएको हो । बडादसैँको पहिलो दिन अर्थात्  घटस्थापनाको दिन हो । यसदिनलाई जमरा राख्ने दिनका रुपमा समेत लिइन्छ ।
विद्यार्थीले दिए शिक्षकलाई स्कुटर उपहार
विद्यार्थीले दिए शिक्षकलाई स्कुटर उपहार जिल्लाको रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरी स्थित रैनादेवी माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरुले एक पूर्व शिक्षकलाई स्कुुटी उपहार दिएका छन् । २२ वर्ष अध्यापन गराएका पूर्व शिक्षक थमनबहादुर साठीघरेलाई पूर्व विद्यार्थीहरुले भुवनपोखरी रुपन्देही सम्पर्क समाज र शुभचिन्तकहरुको अग्रसरतामा चन्दा संकलन गरी स्कुुटर उपहार दिएका हुन् ।
माथागढीमा काँग्रेसको गाउँ सम्मेलन : पार्टीलाई एकढिक्का बनाएर लैजानुुपर्नेमा जोड 
माथागढीमा काँग्रेसको गाउँ सम्मेलन : पार्टीलाई एकढिक्का बनाएर लैजानुुपर्नेमा जोड  पाल्पाको माथागढी गाउँपालिकामा नेपाली काँग्रेसले गाउँ सम्मेलन गरेको छ । काँग्रेस माथागढी गाउँपालिकाको आयोजनामा  शनिबार कसेनीको सराईमा सम्मेलन भएको हो । 
इजरायलमा मारिएका नेपालीको स्मृतिमा अमेरिकामा दीप प्रज्वलन
इजरायलमा मारिएका नेपालीको स्मृतिमा अमेरिकामा दीप प्रज्वलन हमास आतङ्ककारी समूहको आक्रमणबाट गतहप्ता इजरायलमा मारिएका नेपालीलगायत इजरायल र अरु देशका निर्दोष नागरिकको स्मृतिमा अमेरिकाको मेरिल्याण्डमा दीप प्रज्वलन तथा शोकसभाको आयोजना गरिएको छ ।
मनाङ एयर निलम्बनमा
मनाङ एयर निलम्बनमा पछिल्लो तीन महिनामा मनाङ एयरका दुईवटा हेलिकप्टर दुर्घटना भएपछि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले उक्त कम्पनीको एओसी (एयर अपरेटर सर्टिफिकेट) निलम्बन गरेको छ ।
कोशी प्रदेशको मुख्यमन्त्रीमा कार्की नियुक्त
कोशी प्रदेशको मुख्यमन्त्रीमा कार्की नियुक्त कोशी प्रदेशको मुुख्यमन्त्रीमा नेपाली कांग्रेसका केदार कार्की नियुक्त भएका छन् । आज ४७ प्रदेशसभा सदस्यको हस्ताक्षर सनाखत गरिएपछि उनी मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । 
पप माविको ‘अमृत वर्ष महोत्सव’ शुभारम्भ
पप माविको ‘अमृत वर्ष महोत्सव’ शुभारम्भ २००४ सालमा पश्चिम नेपालका आम नागरिकहरुलाई शिक्षाको ज्योती छर्ने महान उद्देश्यले पाल्पाको तानसेनमा स्थापना भएको पद्य पव्लिक नमूना माध्यमिक विद्यालयले अमृत वर्ष महोत्सव शुभारम्भ गरेको छ । विद्यालयले ७७ औं अभिभावक दिवसका अवसरमा अमृत वर्ष महोत्सव शुभारम्भ गरेको हो ।
आजदेखि पितृ विसर्जन गरिँदै
आजदेखि पितृ विसर्जन गरिँदै असोज कृष्णपक्षको अन्तिम दिन आज आफ्ना दिवंगत आफन्तलाई तर्पण दिएर पितृपक्ष विसर्जन गरिँदैछ । बडादशैँ पर्व सुरु हुनुअघि पितृ (दिवंगत आफन्त)लाई तर्पण दिँदै असोज कृष्णपक्षभरिको पितृपक्ष आज विसर्जन गर्न लागिएको हो ।
Weather Update