पाल्पामा एसइईको सम्पूर्ण तयारी सकियो
सोमबार, चैत १३, २०७९

विद्युत महसुल वृद्धिको प्रस्तावमा नगर प्रमुखको आपत्ति
सोमबार, चैत १३, २०७९
जिल्लाको रामपुर नगरपालिकाका नगर प्रमुुख रमणबहादुर थापाले विद्युत महसुुल दर वृद्धिको प्रस्तावमा आपत्ति जनाएका छन् । बुटवल पावर कम्पनी लिमिटेडको आँधिखोला वितरण केन्द्रले विद्युत महशुल दर बृद्धिका लागि गरेको प्रस्तावप्रति नगर प्रमुख थापाले आपत्ति जनाएका हुन् ।

हेफरले दियो पशु स्वास्थ्य प्राविधिकलाई तालिम
आइतबार, चैत १२, २०७९
समुदायतहमा कार्यरत पशु स्वास्थ्य प्राविधिक तथा ग्रामीण पशु स्वास्थ्य कार्यकर्ताहरुलाई तालिम प्रदान गरिएको छ । हेफर प्रोजेक्ट इन्टरनेशल नेपालले पाल्पा, गुल्मी, अर्घाखाची, कपिलवस्तु र रुपन्देही जिल्लाका समुदायतहमा कार्यरत प्राविधिकहरुलाई ‘एक स्वास्थ्य अवधारणा’ विषयक तालिम दिएको हो । बुटबवलमा भएको तालिम दुुई दिनसम्म चलेको थियो ।

लुम्बिनी प्रदेशमा माओवादी मन्त्रीहरूले दिए राजीनामा
आइतबार, चैत १२, २०७९
लुम्बिनी प्रदेशमा नेकपा (माओवादी केन्द्र)का मन्त्रीहरूले पदबाट राजीनामा दिएका छन् । लुम्बिनी प्रदेशमा एमाले नेतृत्वको सरकारमा सहभागी माओवादी केन्द्रका तीन मन्त्रीले राजीनामा दिएका हुन् ।

चैतभित्र विद्यार्थीको हातहातमा पुस्तक पुर्याउँछौँ : प्रबन्ध निर्देशक झा
आइतबार, चैत १२, २०७९
जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले यहीँ चैत महिनाभित्र सबै जिल्लामा विद्यालयस्तरीय पाठ्यपुस्तक पु¥याउने भएको छ । जनक शिक्षाले हालसम्म एक करोड ३५ लाख थान पुस्तक छपाइ सकिएको जनाएको छ ।

कार्यक्रम, योजना निर्माण र कार्यान्वयन गर्न सिक्दै पाल्पाका जनप्रतिनिधि, कर्मचारी
आइतबार, चैत १२, २०७९
स्थानीय तहहरूले कार्यक्रम, योजना तथा बजेट निर्माण गरेर कार्यान्वयन गरिरहेका छन् । केही ठाउँमा जनप्रतिनिधिले अनेकखाले निर्णय गरेका समाचारहरु पनि आइरहेका छन् । कतिपय निर्णय जनताको आवश्यकता, प्राथमिकता, स्रोत–साधनको उपलब्धता, प्राविधिक सम्भाव्यता, सामाजिक–आर्थिक प्रभाव र वातावरणीय असरजस्ता आधार नहेरी हचुवाका भरमा सस्तो लोकप्रियताले ग्रसित भएर गरिएका छन् ।
.jpg)
पाल्पामा लागुऔषधसहित दुई युवा पक्राउ
शनिबार, चैत ११, २०७९
पाल्पामा लागु औषधसहित दुई युवा पक्राउ परेका छन् । कास्की अन्नपूर्ण गाउँपालिका– ५ बिरेठाँटीका ३५ वर्षीय संजय मुुल्मी(नेवार) र धादिङ्ग तिरपुरा गाउँपालिका–३ मुरचोक बस्ने ३७ वर्षीय किरण गजमेर पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

काँंग्रेसलाई मजबुत बनाउन लागिपरेको छु : महामन्त्री थापा
शनिबार, चैत ११, २०७९
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले आफू मन्त्री पद खानेभन्दा पनि काँग्रेस मजबुद बनाउन लागिपरेको बताएका छन् । काँंग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं ३, रुपन्देहीले शनिबार भैरहवामा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा महामन्त्री थापाले मन्त्री बन्न लागेको कुरा हल्ला मात्र भएको बताए ।

धनुषामा दुईवटा ट्रक ठोक्किँदा तीनजनाको मृत्यु
शनिबार, चैत ११, २०७९
धनुषाको मिथिला नगरपालिका–३ हरिहरपुरमा आज बिहान दुईवटा ट्रक एकापसमा ठोक्किएर दुर्घटना हुँदा तीनजनाको घटनस्थलमै मृत्यु भएको छ ।

समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक छ : प्रधानमन्त्री दाहाल
शनिबार, चैत ११, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहालले समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक रहेको बताए । लैङ्गिक समानताको विषयलाई नेपालले अभ्यास गर्दै गइरहेको उनले उल्लेख गरे । नेपाल उद्योग परिसङ्घ महिला नेतृत्व मञ्चको आयोजनामा आजदेखि काठमाडौँमा सुरु भएको ‘अन्तर्राष्ट्रिय महिला नेतृत्व शिखर सम्मेलन–२३’ को उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री दाहालले राजनीतिक नेतृत्वमा मात्र नभई समाजका हरेक...

जनगणनाको अन्तिम नतिजा सार्वजनिक,नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार
शनिबार, चैत ११, २०७९
राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजा सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गरेका हुन् ।

त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा नयाँ स्ववियुले सम्हाल्यो पदभार
शुक्रबार, चैत १०, २०७९
त्रिभुवन बहुमुखी क्याम्पस तानसेनमा नवनिर्वाचित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का विद्यार्थीहरुलाई पद हस्तान्तरण गरिएको छ । शुक्रबार एक औपचारिक कार्यक्रमको आयोजना गरी हरिबोल भट्टराई नेतृत्वको कार्यसमितिले नवनिर्वाचित कृष्ण अर्यालको नेतृत्वलाई पद हस्तान्तरण गरेको हो ।

प्रहरी आईजीपीमा वसन्त
शुक्रबार, चैत १०, २०७९
नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा अतिरिक्त महानिरीक्षक (एआईजी) वसन्त कुँवर बढुवा भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कुँवरलाई आईजीपीमा बढुवा गरेको हो ।