Shittalpati
औषधि सेवनबाट गर्भपतन गराउने बढ्दै
औषधि सेवनबाट गर्भपतन गराउने बढ्दै स्याङ्जामा औषधिको प्रयोग गरेर सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दै गएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/८० मा एक हजार एक सय ६४ जनाले सरकारी स्वास्थ्य संस्थामा गएर सुरक्षित गर्भपतन गराएका छन् ।
 डुबेर दाजु–भाइको मृत्यु
 डुबेर दाजु–भाइको मृत्यु पोखरीमा डुबेर एकै घरका दाजुु–भाइको मृत्यु भएको छ । कपिलवस्तुको कृष्णनगर नगरपालिका–५ बगहीका एकै घरका दाजुभाइको पोखरीमा डुबेर मृत्यु भएको हो । 
नारायणगढ–बुटबल सडक : पश्चिम खण्डको म्याद एकवर्ष थप
नारायणगढ–बुटबल सडक : पश्चिम खण्डको म्याद एकवर्ष थप सुस्तगतिमा विस्तारको काम भएको  गुनासो आइरहेको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल खण्डको म्याद एकवर्ष थप गरिएको छ । सुरुआती ठेक्का सम्झौतअनुसार अघिल्लो वर्षको साउन २२ मा सडक निर्माणको काम सकिनुपर्नेमा अहिले दोस्रोपटक म्याद थप गरिएको छ । 
एमालेको अवरोध : प्रतिनिधी सभा र राष्ट्रिय सभा बैठक स्थगित
एमालेको अवरोध : प्रतिनिधी सभा र राष्ट्रिय सभा बैठक स्थगित प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले संसद अवरोध गर्दै आएको छ । सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नैपर्ने अडान राख्दै एमालेले संसद् बैठक अवरोध गर्दै आएको हो ।
अझै केही दिन वर्षा हुने
अझै केही दिन वर्षा हुने अझै केही दिन वर्षा हुने बताइएको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेकाले अझै दुई दिन वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
‘आँखा पाक्ने रोग लागे आत्तिनु पदैन’
‘आँखा पाक्ने रोग लागे आत्तिनु पदैन’ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आँखा पाक्ने रोग (भाइरल कन्जङ्क्टिभाइटिस) लागे आत्तिनु नपर्ने जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले अहिले मुलुकभरका विभिन्न ठाउँमा आँखा पाक्ने रोग देखिएकाले नआत्तिइ घरमा बसेर उपचार गर्न आग्रह गरे ।
अनलाइनमार्फत यौनहिंसा गर्ने दुई पक्राउ
अनलाइनमार्फत यौनहिंसा गर्ने दुई पक्राउ नेपाल प्रहरीले अनलाइनमार्फत यौनहिंसा गर्ने दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जाल फेसबुक एकाउन्टबाट फ्रेन्ड रिक्वेस्ट पठाएर नाबालिकासँग प्रेम सम्बन्धको बाहना बनाई अनलाइन अडियो र भिडियो कलमार्फत यौनहिंसा गर्ने सिन्धुपाल्चोक इन्द्रावती नगरपालिकाका समीर तामाङ र सुरेश तामाङलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
वैदेशिक रोजगार विभागको ‘अनलाइन’सेवा अवरुद्ध
वैदेशिक रोजगार विभागको ‘अनलाइन’सेवा अवरुद्ध वैदेशिक रोजगार विभागको ‘अनलाइन’ सेवा अवरुद्ध भएको छ । विभागको ‘एफइआइएमएस’ प्रणालीको फाइल सर्भर माइग्रेट गर्नुपर्ने भएकाले मङ्गलबारदेखि सेवा अवरुद्ध भएको विभागका सूचना अधिकारी तथा निर्देशक कविराज उप्रेतीले जानकारी दिए ।
आज राष्ट्रिय भू–संरक्षण दिवस मनाइदैं
आज राष्ट्रिय भू–संरक्षण दिवस मनाइदैं आज राष्ट्रिय भू–संरक्षण दिवस मनाइदैं छ । नेपालमा हरेक वर्ष श्रावण महिनाको २४ गते राष्ट्रिय भू–संरक्षण दिवस मनाउने गरिन्छ ।
रोल्पामा बस दुर्घटना : चार जनाको मृत्यु
रोल्पामा बस दुर्घटना : चार जनाको मृत्यु रोल्पामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा १९ यात्रु घाइते भएका छन् । मत्यु हुनेमा तीन पुरुष र एक महिला छन् । रोल्पाको परिवर्तन गाउँपालिका वाग्माराबाट दाङको घोराहीका लागि छुटेको ना ५ ख २६१२ नं को बस त्रिवेणी गाउँपालिका–७ तिला रीचिमा दुर्घटना भएको हो ।
लुम्बिनी प्रदेशका विभिन्न सडक पहिरोले अवरुद्ध
लुम्बिनी प्रदेशका विभिन्न सडक पहिरोले अवरुद्ध वर्षाका कारण लुम्बिनी प्रदेशका विभिन्न स्थानमा खसेको पहिराले राजमार्गहरु अवरुद्ध भएका छन् । लगातारको वर्षाका कारण राजमार्ग क्षेत्रमा खसेको पहिराले सवारी आवागमन अवरुद्ध भएका हुन् । बुटवलस्थित राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका अनुसार सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा खण्ड, भालुवाङ–प्यूठान सडकखण्ड र लमही–घोराही सडकखण्ड पहिराले अवरुद्ध भएका छन् ।
रकम नपाएपछि मिसनले रोक्यो बिमा उपचार
रकम नपाएपछि मिसनले रोक्यो बिमा उपचार सरकारले भुक्तानी नदिएपछि  तानसेनको युनाइटेड मिसन अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम स्थागित गरेको छ । लामो समयदेखि बीमितको उपचार गरेवापतको रकम भुक्तानी नपाएपछि अस्पतालले आइतबारदेखि स्वास्थ्य बिमा कार्यक्रम रोकेको हो ।
Weather Update