Shittalpati
आज ‘विश्व रेबिज दिवस’
आज ‘विश्व रेबिज दिवस’ आज सेप्टेम्बर २८ अर्थात् विश्व रेबिज दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । रेविजविरुद्व पहिलो पटक प्रभावकारी खोपको विकास गर्ने वैज्ञानिक लुईस पाश्चरको निधन भएको दिन सेप्टेम्बर २८ मा उनको योगदानलाई स्मरण गर्दै हरेक वर्ष रेविज दिवस मनाउने गरिएको हो ।
पाल्पा, गुल्मी र आसपासका क्षेत्रमा विद्युत, सडकहरु  अवरुद्ध 
पाल्पा, गुल्मी र आसपासका क्षेत्रमा विद्युत, सडकहरु  अवरुद्ध  विगत तीन दिनदेखि परेको अविरल वर्षाका कारण गुल्मी, पाल्पा, अर्घाखाची, प्युठान जिल्ला लगायत देशै भर जनजीवन कष्टकर बन्दै गएको छ । नेपाल विद्युत प्राधिकरण पाल्पाले बुटवल–तानसेन ३३ केभि प्रशारण लाईनमा दोभान र वसन्तपुर क्षेत्रमा पोल ढलेर विद्युत अवरुद्ध भएको जनाएको छ । 
वर्षाले ग्रामिण सडकहरु क्षत विक्षत : बुटवल तानसेन सडक बन्द 
वर्षाले ग्रामिण सडकहरु क्षत विक्षत : बुटवल तानसेन सडक बन्द  अविरल वर्षाका कारण सिद्धार्थ राजमार्गको केराबारी खण्डमा ठूला ढुङ्गासहितको पहिरो गएकाले सडक अवरुद्ध छ । सडक विभागले ह्ववीललोडर तथा ब्याकलोडरको प्रयोग गरेर सफा गर्ने काम शुरु गरे पनि अधिक वर्षा र रात भएका कारण शनिबार दिउँसो विहान सम्म सडक सुचारु गर्न सकिने सम्भावना रहेको डिभिजन सडक कार्यालय पाल्पाले जनाएको छ  ...
वरिष्ठ लोक गायकद्वय रायमाझीलाई मातृ शोक
वरिष्ठ लोक गायकद्वय रायमाझीलाई मातृ शोक नेपाली लोक संगीतका नक्षत्र तथा वरिष्ठ लोकगायद्वय नारायण रायमाझी र दुर्गा रायमाझीलाई मातृ शोक परेको छ । पाल्पा माथागढी गाउँपालिका झडेवा निवासी उनीहरूकी ममतामयी माता कृष्णकुमारी रायमाझीको विहीबारराती काठमाडौँस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा ८२ वर्षको उमेरमा निधन भएको हो ।
पर्यटकलाई स्वागत गर्दै  लुम्बिनीमा मनाइयो पर्यटन दिवस
पर्यटकलाई स्वागत गर्दै  लुम्बिनीमा मनाइयो पर्यटन दिवस विश्व पर्यटन दिवसका अवसरमा बुद्धजन्मस्थल लुम्बिनीमा आज पर्यटकलाई स्वागत गरिएको छ । लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपाने, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामा ९खेन्पो छिमे०ले पर्यटकलाई खादा र नेपाली ढाकाटोपी लगाइ स्वागत गरेका हुन्।
पहिरोले राप्ती लोकमार्ग अवरुद्ध
पहिरोले राप्ती लोकमार्ग अवरुद्ध निरन्तरको वर्षाद्ले राप्ती लोकमार्गअन्तर्गत विभिन्न स्थानमा पहिरो खसेपछि उक्त लोकमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले पहिरोका कारण तुलसीपुरको राम्रीबाट सल्यानको कपुरकोट खण्डमा सडक अवरुद्ध भएको जानकारी दिए । सो स्थानमा सडक मर्मत भइरहेकाले काम प्रभावित बनेको उनले बताए । 
पर्यटनका माध्यमबाट लुम्बिनीलाई आत्मनिर्भर बनाइने
पर्यटनका माध्यमबाट लुम्बिनीलाई आत्मनिर्भर बनाइने लुम्बिनी प्रदेश सरकारले पर्यटनका माध्यमबाट प्रदेशलाई आत्मनिर्भर बनाउने अवधारणा अघि सारेको छ । विश्व पर्यटन दिवसका अवसरमा मुख्यमन्त्री चेतनारायण आचार्यले आज दिएको शुभकामना सन्देशमा लुम्बिनीलाई आत्मनिर्भर प्रदेशका रूपमा विकास गर्न ‘घुमौँ लुम्बिनी’को अवधारणा कार्यान्वयन गरिने बताएका छन् । 
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने देशभर मनसुनी वायुको प्रभाव रहनका   साथै  भारतको उत्तर मध्य महाराष्ट्र र आसपासका क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव पनि परेको बताउँदै जल तथा मौसम विज्ञान विभागले मुुलुकका अधिकांश भागमा साधारणतया बदलीदेखि पूर्णतया बदली रहेको जनाएको छ । 
आठ वर्षमा पुल बनेपछि स्थानीय खुसी
आठ वर्षमा पुल बनेपछि स्थानीय खुसी दुई वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने पुल आठ वर्षमा निर्माण भएपछि स्थानीय खुसी भएका छन् । तुलसीपुर उपमहागरपालिका–१५ मा पर्ने डुरुवा–कोठरी जोड्ने हापुरखोलामा निर्माण सुरु भएको आठ वर्षमा पुल निर्माण पूरा भएको हो ।
अझै रोकिएन डेंगु
अझै रोकिएन डेंगु डेंगु संक्रमण अझै रोकिएको छैन् । असोज महिनाको दोस्रो हप्ता लागिसक्दा समेत संक्रमण रोकिएको छैन् । संक्रमण रोकिनुको सट्टा देशभर झन् बढ्दै गएको छ । केही समय अघि ७५ जिल्लामा मात्र सिमित रहेको संक्रमण अहिले भने ७६ जिल्लामा फैलिसकेको छ ।
आज विश्व पर्यटन दिवस मनाइँदै
आज विश्व पर्यटन दिवस मनाइँदै आज सेप्टेम्बर २७ अर्थात् ४५औँ विश्व पर्यटन दिवस । नेपालमा पनि विविध कार्यक्रम गरी यो दिवस मनाइँदैछ । खासगरी, पर्यटन सम्बन्धी काम गर्ने निकाय वा संस्थाले विभिन्न कार्यक्रम गर्दै छन् । दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटन विभाग तथा पर्यटन क्षेत्रका अगुवा संघसंस्थाले...
राष्ट्रपति पौडेलद्वारा सुस्तामा झोलुङ्गे पुल उद्घाटन
राष्ट्रपति पौडेलद्वारा सुस्तामा झोलुङ्गे पुल उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुस्तामा निर्माण भएको झोलुङ्गे पुलको बिहीबार एक समारोहबीच उद्घाटन गर्नुभएको छ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित सुस्ता गाउँपालिका–५ नारायणी नदीमा मल्टिस्पान झोलुङ्गे पुल निर्माण गरिएको हो ।
Weather Update