Shittalpati
तुलसीपुरमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, तीनजना घाइते
pancha kanya steel

दाङ, रोल्पाको कोइलाबाट तुलसीपुरतर्फ आइरहेको रा१ज ८२२ नम्बरको जिप तुलसीपुर–३ साततलेमा आज बिहान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्युहुनेमा दङ्गीशरण गाउँपालिका–४ बैबाङका २२ वर्षीय हीरामणि बुढामगर र सल्यानको कपुरकोट गाउँपालिका–६ का १९ वर्षीय सुरेश खड्का रहेका छन् ।     
     
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापका अनुसार दुवै जनाको राप्ती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उहाँका अनुसार जिप सडकबाट करिब तीन सय मिटर तल खसेको थियो । जिपमा पाँच जना सवार थिए । जिपमा सवार अन्य तीन जना गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक १०, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update