Shittalpati
सम्पत्ति शुद्धीकरण विधेयक पारित
सम्पत्ति शुद्धीकरण विधेयक पारित राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ पारित गरेको छ । कानुन, न्याय तथा संसदीयमा मामिलामन्त्री धनराज गुरुङले सो विधेयक सभामा पेस गरेका थिए ।
रामपुरमा निःशुल्क स्वास्थ्य शिविर
रामपुरमा निःशुल्क स्वास्थ्य शिविर जिल्लाको रामपुरमा निःशुःल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । पूर्व प्रधानमन्त्री स्वःसुशील कोइरालाको ८ औं स्मृति दिवसका अवसरमा एक दिने शिविर भएको हो । 
तानसेन–रानीमहल सडक स्तरोन्नती अन्तिम चरणमा
तानसेन–रानीमहल सडक स्तरोन्नती अन्तिम चरणमा तानसेन–रानीमहल सडक स्तरोन्नतीको काम अन्तिम चरणमा पुगेको छ । ऐतिहासिक पर्यटकीय क्षेत्र रानीमहल जाने सडक खाल्डाखुल्डी भएका कारण पर्यटकहरुले सास्ती खेप्नु परिरहेको अवस्थामा सडक पूर्वाधार विकास कार्यालय पाल्पाले ठेक्का प्रक्रियामार्फत सडक स्तरोन्नतीको काम धमाधम गराएको हो ।
मोहन कन्या माविमा एसइई दिने दिदीहरुलाई बहिनीहरुले दिए शुभकामना
मोहन कन्या माविमा एसइई दिने दिदीहरुलाई बहिनीहरुले दिए शुभकामना तानसेनको मोहन कन्या माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ९ का (छात्रा) बहिनीहरुले एसइई दिने दिदी (छात्रा)हरुलाई सफलताको शुभकामना दिएका छन् । उनीहरुले एक औपचारिक कार्याक्रमको आयोजना गरी एसइईको तयारीमा रहेका दिदीहरुलाई शुभकामना दिएका हुन् ।  
पाल्पामा मापदण्ड विपरीत सञ्चालनमा आएका खानी रोक्न वाइसीएलले गरायो सिडियोको ध्यानाकर्षण
पाल्पामा मापदण्ड विपरीत सञ्चालनमा आएका खानी रोक्न वाइसीएलले गरायो सिडियोको ध्यानाकर्षण नेकपा (माओवादी केन्द्र) को सहायक संगठन योङ्ग कम्युनिस्ट लिग (वाइसीएल) पाल्पाले जिल्लामा  मापदण्ड विपरीत सञ्चालित चुनढुङ्गा खानी रोक्न पाल्पाका प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको छ । वाइसीएलले प्रमुख जिल्ला अधिकारी आनन्द प्रसाद काफ्लेलाई भेटेर मापदण्ड विपरीत सञ्चालनमा आएका चुनढुङ्गा खानी रोक्न माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको हो ।
पाल्पामा भेटियो पुरानो ग्रिनेड, सेनाद्वारा डिस्पोज गर्ने तयारी
पाल्पामा भेटियो पुरानो ग्रिनेड, सेनाद्वारा डिस्पोज गर्ने तयारी जिल्लाको तानसेन नगरपालिका–११, जोगीपानीमा ग्रिनेड फेला परेको छ । माओवादी सशस्त्र द्वन्द्वका बेला राखिएको हुनसक्ने आशंका गरिएको ग्रिनेड जोगीपानीस्थित लिपिन्देवी आधारभूत विद्यालयनजिकै भेटिएको हो ।
बजेट अभावमा रोकिए तीन जिल्लाका चार सडक
बजेट अभावमा रोकिए तीन जिल्लाका चार सडक तीन जिल्लाका चार ठूला सडक बजेट अभावका कारण निर्माण रोकिएको छन् । संघीय सरकारअन्र्तगत २०७९ सालमा सुरु भएका बागलुङका दुई, म्याग्दीको एक र मुस्ताङको एक गरी चारवटा ठूला सडकको काम अहिले रोकिएको हो ।
देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै दुर्घटनामा सात जनाको मृत्यु
देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै दुर्घटनामा सात जनाको मृत्यु देशका विभिन्न स्थानमा भएका छुट्टाछट्टै घटनामा सात जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार विभिन्न जिल्लामा भएका सवारी साधन,आगलागी र करेन्ट लागेर सात जनाको मृत्यु भएको हो । 
जनशक्तिको अभावले भिडियो एक्स–रे सेवा ठप्प
जनशक्तिको अभावले भिडियो एक्स–रे सेवा ठप्प अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा रहेको बल्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा दक्ष जनशक्ति नहुँदा भिडियो एक्स–रे सेवा सञ्चालन हुन सकेको छैन । छत्रदेव गाउँपालिका–२ बल्कोटमा रहेको यस प्राथमिक केन्द्रमा दुईवटा भिडियो एक्स–रे उपकरण रहे पनि दक्ष जनशक्तिको अभावमा एक वर्षदेखि सो सेवा सञ्चालन हुन नसकेको त्यहाँका प्रमुख विष्णु खनालले बताए । 
छ महिनामा कर्तव्य ज्यान मुद्दाका चार सय छ अभियुक्त पक्राउ
छ महिनामा कर्तव्य ज्यान मुद्दाका चार सय छ अभियुक्त पक्राउ चालु आर्थिक वर्षको छ महिनाको अवधिमा कर्तव्य ज्यान मुद्दामा संलग्न पाँच सय २९ जनामध्ये चार सय छ जना पक्राउ परेका छन् । तीमध्ये पुरुष तीन सय ६० र महिला ४६ जना छन् । तीमध्ये सात पुरुष र एक जना महिला विदेशी हुन् ।
कोदोबाट बिस्कुट उत्पादन, किसान भए उत्साहित
कोदोबाट बिस्कुट उत्पादन, किसान भए उत्साहित पुरानो खाद्यन्न बाली कोदोलाई बागलुङमा ‘ब्रान्डिङ’ गरेर यसको पिठोबाट बिस्कुट उत्पादन गर्न थालिएको छ । घरेलु उद्योगमार्फत काठेखोला गाउँपालिका–८ लेखानीका युवा चानसिंह श्रीसले कोदोको बिस्कुट उत्पादन गरेर बिक्री गर्न थालेका हुन् ।
अझै पाँच जिल्ला पूर्ण खोप घोषणा हुन बाँकी
अझै पाँच जिल्ला पूर्ण खोप घोषणा हुन बाँकी मुलुकका पाँच जिल्लाले पूर्ण खोप जिल्ला घोषणा गर्न सकेका छैनन् । नुवाकोट, पर्सा, रौतहट, महोत्तरी र धनुषा जिल्ला पूर्ण खोप जिल्ला घोषित हुन अझै बाँकी छन् । स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा.अभियान गौतमले नुवाकोट र पर्सा पूर्ण खोप घोषणाको तयारीमा रहेको बताए ।
Weather Update