रामपुरमा समृद्ध जीवन विषयक प्रवचन कार्यक्रम
मंगलबार, फागुन १५, २०८०
प्रभु बैंकका सिनियर डेपुटी सिइओ न्यौपानेसहित दश जना पक्राउ
मंगलबार, फागुन १५, २०८०
केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले प्रभु बैंकका सिनियर डेपुटी सिइओ मनोज न्यौपानेसहित दश जनालाई पक्राउ गरेको छ ।
आज मगर एकता दिवस मनाइँदै, पाल्पाका स्थानीय सरकारले दिए सार्वजनिक विदा
मंगलबार, फागुन १५, २०८०
मगर समुदायले आज पाल्पासहित देशैभर ४२ औं नेपाल मगर संघ स्थापना एवं मगर एकता दिवस मनाउँदैछन् । मगर जातिको पहिचान, भाषा संस्कृतिको संरक्षण र एकताका लागि जुट्दै आएका संघ–संस्थाले विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागेका हुन्
राजेन्द्र महतोले छोडे लोसपा
सोमबार, फागुन १४, २०८०
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्यागको घोषणा गरेका छन् । वरिष्ठ नेता महतोले आज पत्रकार सम्मेलन गरी औपचारिकरुपमा सो पार्टी परित्यागको घोषणा गरेका हुन् ।
लघुवित्त पीडितहरूले गरे संसद् भवनभित्र प्रदर्शन
सोमबार, फागुन १४, २०८०
लघुवित्त पीडितहरुले संघीय संसद भवन भित्र प्रवेश गरेर विरोध प्रदर्शन गरेका छन् । संसद भवनमा बैठक सञ्चालन भइरहेको बेला उनीहरु संसद परिसरमै पुगेर प्रदर्शन गरेका हुन् ।
मिटरब्याज पीडितलाई वार्तामा आउन गृहको पत्र
सोमबार, फागुन १४, २०८०
गृह मन्त्रालयले आन्दोलनरत मिटरब्याज पीडितलाई छलफलका लागि पत्र पठाएको छ । गृह मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितको संयोजकत्वमा वार्ता टोली गठन गरेर मन्त्रालयले मिटरब्याज पीडितलाई छलफलका लागि बोलाएको हो ।
दिउँसोमा बन्द हुँदै आएको नारायणगढ–मुग्लिन सडक खुला
आइतबार, फागुन १३, २०८०
दैनिक दिउँसोमा चार घण्टा बन्द हुँदै आएको नारायणगढ–मुग्लिन सडक आइतबारदेखि खुला गरिएको छ । पहाड काट्ने काम लगभग सकिएकाले चौविसै घण्टा बाटो खुला गरिएको हो ।
भवन निर्माणमा ढिलाइ भएकोप्रति असन्तुष्टि
आइतबार, फागुन १३, २०८०
सङ्घीय संसद् भवन निर्माणमा भइरहेको ढिलाइप्रति प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सदस्यहरुले असन्तुष्टि जनाएका छन् । समितिको आजको बैठकमा तोकिएको अवधिमा निर्माण सम्पन्न नभएको र भवन निर्माण गर्दा नेपालको मौलिकता समेत नझल्किएको भन्दै सांसदहरुले असन्तुष्टि व्यक्त गरेका हुन् ।
लुम्बिनी त्रि-दिवसीय त्रिपिटक वाचन हुँदै
आइतबार, फागुन १३, २०८०
अखिल नेपाल भिक्षु महासङ्घको आयोजनामा आउँदो फागुन २० देखि २२ गतेसम्म बुद्ध जन्मभूमि लुम्बिनी उद्यानमा त्रि–दिवसीय पवित्र त्रिपिटक वाचन हुने भएको छ ।
पाल्पा जेसीजलाई चितवनमा अवार्ड
आइतबार, फागुन १३, २०८०
पाल्पा जेसीजले उत्कृष्ट अवार्ड प्राप्त गरेको छ । नेपाल जेसीजको आयोजनामा चितवनको सौराहामा भएको नेशनल काउन्सिलर एकेडेमी २०२४ को अवसरमा जेसीज पाल्पा शाखाले ‘हन्ड्रेड प्रसेन्ट ईफिसेन्सी अवार्ड फर दी मन्थ अफ जनवरी’ अवार्ड प्राप्त गरेको हो ।
आजदेखि पाल्पासहित देशैभरका बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाइदै
आइतबार, फागुन १३, २०८०
सरकारले आजदेखि पाल्पासहित देशैभर दादुरा–रुबेलाविरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार फागुन १३ गतेबाट चैत ७ गतेसम्म देशैभर खोप अभियान सञ्चालन गर्न लागिएको हो । दादुरा, रुबेला निकै संक्रामक र प्राणघातक रोग भएका कारण यसबाट बालबालिकाको मृत्यु नै हुन सक्ने भएकाले सरकारले त्यसबाट जोगिन...
सिद्धबाबा सुरुङमार्ग निर्माण धमाधम, १० प्रतिशत बढी काम सकियो
आइतबार, फागुन १३, २०८०
सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–तानसेन सडक खण्डको सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग निर्माण कार्यले गति लिएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सुरुङमार्ग निर्माण धमाधम हुन थालेपछि कामले गति लिएको हो ।
स्वामी लोकानन्द महाराजले गरे तानसेनस्थित शिवधामको दर्शन
शनिबार, फागुन १२, २०८०
धार्मिक गुरु तत्वदर्शी ब्रहमनिष्ट सन्त शिरोमणी स्वामी लोकानन्द महाराजले तानसेन नगरपालिका– ५ स्थित लक्ष्मी मावी माथि रहेको ढाँडकुटीमा नर्मदेश्वर शिवलिङ्गको दर्शन गरेका छन् ।


