त्रिशूली बस दुर्घटना : मृतकको संख्या सात पुग्यो ( अपडेट)
बुधबार, फागुन २३, २०८०
यात्रुवाहक बस त्रिशूली नदीमा खस्यो : चारको मृत्यु, ३० जनाभन्दा बढी घाइते
बुधबार, फागुन २३, २०८०
कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको लु २ ख २१२१ नम्बरका यात्रुवाहक बस धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीस्थित त्रिशूली नदीमा खसेको छ । आज विहान सो बस त्रिशूलीमा खसेको हो ।
रेडक्रस सोसाइटी युजुरेसको स्थापना दिवसमा वक्तृत्वकला प्रतियोगिता
मंगलबार, फागुन २२, २०८०
नेपाल रेडक्रस सोसाइटी युवा जुनियर रेडक्रस सर्कलको ६० औं स्थापना दिवसको अवसरमा विद्यालयस्तरीय रेडक्रस वक्तृत्वकला प्रतियोगिता भएको छ । नेपाल रेडक्रस सोसाइटी श्रीनगर उपशाखा तानसेन र पाल्पा प्यारागन बोर्डिङ स्कुल युवा जुनियर रेडक्रस सर्कलको आयोजनामा उपशाखाका विद्यालयस्तरीय रेडक्रस वक्तृत्वकला प्रतियोगिता भएको हो ।
गण्डकी प्रदेश सरकारका दुई मन्त्री बर्खास्त
मंगलबार, फागुन २२, २०८०
गण्डकी प्रदेश सरकारका दुई मन्त्री बर्खास्त भएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट सरकारमा सहभागी बनेका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीलाई बर्खास्त गरेका हुन् ।
भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा दायर
मंगलबार, फागुन २२, २०८०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सघन सहरी तथा भवन निर्माण कार्यालय राजविराजका तत्कालीन आयोजना प्रमुखसहितका कर्मचारीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
एमाले मुख्य सचेतकमा बर्तौला र सचेतकमा बराल
मंगलबार, फागुन २२, २०८०
नेकपा (एमाले) संसदीय दलको मुख्य सचेतकमा महेश बर्तौला र सचेतकमा सुनिता बराल चयन भएका छन् । सो दलका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले उनीहरुलाई आज उक्त जिम्मेवारी दिएका हुन् ।
देउवा–प्रचण्ड एक वर्षमै ‘डिभोर्स’
मंगलबार, फागुन २२, २०८०
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सम्बन्ध एक वर्षमै टुटेको छ । बालकोटमा बनेको गठबन्धन तोडेर १२ फागुन २०७९ मा ‘पुनर्मिलन’ भएका यी शीर्ष दुई नेताबिच एक वर्ष ९ दिनमै ‘डिभोर्स’ भएको हो ।
रामपुरमा सञ्चालित मेलमिलाप सम्बन्धी तालिम सकियो
मंगलबार, फागुन २२, २०८०
जिल्लाको रामपुर नगरपालिका भित्र सञ्चालित आठ दिवसीय मेलमिलाप सम्बन्धी आधारभूत तालिम सकिएको छ । रामपुर नगरपालिकाको आयोजनामा मेलमिलापकर्ताहरुका लागि भएको तालिम सकिएको हो ।
वैदेशिक रोजगारीबाट फर्की झाडी फाडेर सुन्तला खेती
मंगलबार, फागुन २२, २०८०
बीस वर्ष वैदेशिक रोजगारीमा बिताएका बागलुङ नगरपालिका–८ सिगाना सायकोटका ईन्द्रबहादुर कार्कीले गाउँ फर्केर सुन्तला खेती थालेका छन् । गाउँमा खाद्यबाली लगाउने परिपाटी घट्दै गएपछि बाँझिन थालेको पाँच रोपनी बारीमा सुन्तलाखेती थालेका कार्की अहिले खेतीयोग्य जग्गाको झाडी हटाउने अभियानमा छन् ।
नयाँ मन्त्रीहरूको नामसहित प्रधानमन्त्री दाहाल पुगे राष्ट्रपति रामचन्द्रलाई भेट्न
सोमबार, फागुन २१, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति कार्यालयमा पुगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रधानमन्त्री प्रचण्ड शितल निवास पुगेका हुन् ।
प्रतिधिनिसभा बैठक स्थगित
सोमबार, फागुन २१, २०८०
प्रतिनिधिसभाको आज ११ बजे बस्ने भनिएको बैठक स्थगित भएको छ । सङ्घीय संसदका महासचिव पद्यप्रसाद पाण्डेयले जारी गरेको सूचनामा विशेष कारणबस बैठक स्थगित गरिएको उल्लेख छ ।
नेपालको राजनीतिमा ‘कोर्स करेक्सन’, वामपन्थी ध्रुवीकरण अघि बढ्यो : सचिव पौडेल
सोमबार, फागुन २१, २०८०
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेलले नेपालको राजनीतिलाई ‘कोर्स करेक्सन’ गरेर वामपन्थी ध्रुवीकरणतर्फ लैजानुपर्छ भनेर नयाँ गठबन्धन बनाइएको दाबी गरेका छन् ।
वर्षाले कामकाजमा निस्केकाहरु सकसमा, किसान भने हर्षित
सोमबार, फागुन २१, २०८०
यस वर्षको प्रिमनसुन अवधि सुरु भएपछि पहिलो पटक आइतबार विहानैदेखि पाल्पासहित देशका अधिकांस स्थानमा वर्षा भएको छ । पश्चिमी वायुको प्रभावका कारण देशभर बदली हुनुका साथै धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको भएको हो ।

