Shittalpati
सबै प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान
सबै प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान हाल देशभर मनसुनी वायुका साथै बङ्गालको खाडीमा विकसित भएको न्यून चापीय प्रणालीको प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मुलुकका सबै भेगमा साधारणतया बदलीदेखि पूर्णतया बदली रहेको  जनाएको छ । 
बढी धान उत्पादन गर्ने कृषकलाई पुरस्कृत गरिने
बढी धान उत्पादन गर्ने कृषकलाई पुरस्कृत गरिने दाङको राप्ती गाउँपालिकाले धान उत्पादक कृषकमध्ये बढी धान उत्पादन गर्नेलाई पुरस्कृत गर्ने भएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०८१र०८२ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार सबैभन्दा बढी धान उत्पादनमा प्रोत्साहनका लािग पुरस्कृत गरिने गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जानकारी दिए । 
सिद्धबाबा सुरुङमार्ग : दुई बाइपासको ‘ब्रेक थ्रु’
सिद्धबाबा सुरुङमार्ग : दुई बाइपासको ‘ब्रेक थ्रु’ राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको दुई वटा बाइपास सुरुङको ‘ब्रेक थ्रु’ सकिएको छ । कुल तीन वटा वाइपास मध्ये पहिलो र तेस्रो बाइपासको ‘ब्रेक थ्रु’ निर्माण सकिएको हो ।
बगनासकालीमा सामाजिक सुरक्षा भत्ता लिन ३ हजार १ सय सूचिकृत
बगनासकालीमा सामाजिक सुरक्षा भत्ता लिन ३ हजार १ सय सूचिकृत जिल्लाको बगनासकाली गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता लिन तीन हजार एक सय बढी लाभग्राही सूचिकृत भएका छन् । गाउँपालिकामा तोकिएको मापदण्ड र प्रक्रिया पूरा गरेका ३ हजार १ सय ४७ जना लाभग्राही सामाजिक सुरक्षा भत्ता दिन सूचिकृत भएका हुन् ।
आज परमाणु हतियार निर्मूल दिवस मनाइँदै
आज परमाणु हतियार निर्मूल दिवस मनाइँदै अन्तर्राष्ट्रिय परमाणु हतियार निर्मुल दिवस आज विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्र संघको आह्वानमा यो दिवस हरेक वर्ष सेप्टेम्बर २६ का दिन मनाउने गरिएको हो । राष्ट्रसंघको स्थापनासँगै आणविक हतियार नष्ट गर्ने विषयले प्राथमिकता पाउँदै आए पनि सन् २०१३ मा सम्पन्न साधारणसभाबाट घोषणा भएसँगै सेप्टेम्बर २६ का दिन...
दाङमा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते
दाङमा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते दाङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । घोराही उपमहानगरपालिका–११ खुङकोटका निमकली साहुको ढुङ्गा माटोले बनेको घरमा मङ्गलबार चट्याङ लागेको थियो ।
मोटरबोट चलेपछि स्थानीयको आम्दानी बढ्यो
मोटरबोट चलेपछि स्थानीयको आम्दानी बढ्यो घोराही उपमहानगरपालिका–१६ बाहुनडाँडामा रहेको गगटे तालमा स्थानीय वेदबहादुर ओलीले मोटरबोट सञ्चालन गरेसँगै स्थानीयको आम्दानी बढेको छ । बोटिङ गर्न आउनेले स्थानीय उत्पादन, परिकार खपत गरेपछि उत्पादनमा वृद्धि भएको हो । चालीस वर्षीय ओलीले मोटरबोट सञ्चालनसँगै कुखुरा, हाँस र माछापालन पनि गरेका छन् ।
‘नियत सफा राखौँ, आचारण सुधारौँ’
‘नियत सफा राखौँ, आचारण सुधारौँ’ लुम्बिनी प्रदेश सरकारले तयार पारेको भ्रष्टाचार नियन्त्रणसम्बन्धी पाँचवर्षे रणनीतिक योजनाको मस्यौदामा ११ वटा विषयलाई प्राथमिकता दिइएको छ । भ्रष्टाचार नियन्त्रणका लागि प्रदेश सरकारले निर्धारण गरेका प्राथमिकतामा ९९ वटा क्रियाकलाप प्रस्ताव गरिएका छन् ।
बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीले देशका अधिकांश भागमा बदली
बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीले देशका अधिकांश भागमा बदली मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको तथा देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै बङ्गालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । यसले देशका अधिकांश भागमा बदली भएको छ ।
मौसममा फेरि बदली, शनिबारसम्म वर्षाको सम्भावना
मौसममा फेरि बदली, शनिबारसम्म वर्षाको सम्भावना केही दिन सुधार आएको मौसममा फेरि बदली भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबारदेखि आगामी शनिबारसम्म मौसममा बदली रहने भएको हो ।
थारू महिलाहरुको जितिया पर्व
थारू महिलाहरुको जितिया पर्व तराईका थारू समुदायका महिलाहरुले मंगलबारदेखि जितिया पर्व मनाइरहेका छन् । सन्तानको दीर्घायु, सुखसमृद्धि र मनोकामना पूर्ण गराउन तराईका थारुसहित अन्य समुदायका महिलाले पहिलो नदी, तलाउमा नुहाएर जितमहानको पूजा गरी जितिया सुरुवात गरेका हुन् ।
छुट्टाछुट्टै घटनामा ११ जनाको मृत्युु
छुट्टाछुट्टै घटनामा ११ जनाको मृत्युु देशका विभिन्न स्थानमा भएका छुुट्टाछुुट्टै घटनामा ११ जनाको मृत्युु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पाल्पा, रौतहट, पाँचथर, सिन्धुली, बाँके, दाङ, सर्लाही, सल्यान, सिराहा, चितवन र मोरङमा भएका छुुट्टाछुट्टै घटनामा ११ जनाको मृत्युु भएको हो ।
Weather Update