Shittalpati
वार्षिक पाँच करोडसम्म सुन्तलाको कारोबार
वार्षिक पाँच करोडसम्म सुन्तलाको कारोबार यहाँका सुन्तला व्यवसायी एवं अगुवा किसान फणिनारायण अर्यालले बर्सेनि पाँच करोडसम्म सुन्तालको कारोबार गदै आएका छन् । जिल्लाको अर्जुनचौपारी गाउँपालिका–१ थापाथोकमा त्रिपुत्र बागवानी कृषि फार्ममार्फत उनले बर्सेनि करोडौँको सुन्तलाको कारोबार गर्दै आएका हुन् ।
रविलाई वीरगञ्ज लगियो
रविलाई वीरगञ्ज लगियो सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि वीरगन्ज लगिएको छ । लामिछानेलाई पोखराबाट सोमबार जहाजमा काठमाडौं हुँदै सिमरा पुर्‍याइएको र त्यहाँबाट गाडीमा वीरगन्ज पुर्‍याइएको हो ।
हाइटी हिंसामा १ सय ८४ जनाको मृत्यु
हाइटी हिंसामा १ सय ८४ जनाको मृत्यु हाइटीको राजधानीमा भएको हिंसामा पछिल्लो एक हप्तामा १ सय ८४ जनाको मृत्यु भएको छ । संयुक्त राष्ट्रसंघीय मानवअधिकार प्रमुखले हाइटीको राजधानीमा सामूहिक हिंसाका कारण १ सय ८४ जनाको मृत्यु भएको सोमबार बताएका हुन् ।
सहाराविहीन र मानसिक सन्तुलन गुमाएकाहरुलाई  पुर्नजीवन दिदैं अभियान नेपाल
सहाराविहीन र मानसिक सन्तुलन गुमाएकाहरुलाई पुर्नजीवन दिदैं अभियान नेपाल आईतबार तानसेन नगरपालिकाको धुर्वघाटस्थित एक घरमा चहल पहल थियो । कोई बालबालिका टाईसेटमा देखिन्थे, कोही अर्धबैशे खालका महिला पुरुष थिए । कोही आफ्नो तालमा कराउँदै बरबराउँदै थिए । कोही आफ्नै धुन र  सुरमा तलमाथी गर्दै थिए । कोही शारिरिक अपाङ्खको कारण कोठामा बसेका देखिन्थे ।
उड्डयन क्षेत्र  ः एक दशकमा ६ ठूला हवाइ दुर्घटना, जिम्मेवार को ?  
उड्डयन क्षेत्र  ः एक दशकमा ६ ठूला हवाइ दुर्घटना, जिम्मेवार को ?   हरेक वर्ष ७ डिसेम्बरमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाउने गरिएको छ । यस वर्षको दिवस शनिबार मनाइयो । यस दिवसलाई खासगरी उड्डयनको सुरक्षा, गुणस्तरीय सेवाको व्यवस्था लगायत विमानस्थलको सुरक्षा राख्ने उद्देश्यका रूपमा मनाउने गरिएको भए ता पनि प्रत्येक वर्ष  हुने हवाइ दुर्घटनाले यस्ता दिवसले नेपाली उड्डयन क्षेत्रमा के भूमिका खेल्दै...
छुट्टाछुट्टै घटनामा परी  ६ जनाको मृत्यु
छुट्टाछुट्टै घटनामा परी  ६ जनाको मृत्यु देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा ६ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार रूपन्देही, रोल्पा, धनुषा, सुनसरी, कास्की र लमजुङका विभिन्न स्थानमा भएका सवारी दुर्घटना र अन्य घटनामा परी ६ जनाको मृत्यु भएको हो ।
भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै
भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि विविध कार्यक्रम गरि मनाइदै छ । संयुक्त राष्ट्रसंघले सन् २००३ मा भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारित गरेपछि विश्वभर डिसेम्बर ९ तारिखलाई भ्रष्टाचार विरुद्धको दिवस मनाउन थालिएको हो ।
लामिछानेलाई चार दिन हिरासतमा राख्न अनुमति
लामिछानेलाई चार दिन हिरासतमा राख्न अनुमति सहकारी ठगी एवम् सङ्गठित अपराधसम्बन्धी अनुसन्धानका क्रममा कास्की प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
मह बेचेर एक याममा १२ लाख आर्जन
मह बेचेर एक याममा १२ लाख आर्जन घोराही उपमहानगरपालिका–१३ तुरुन्तपुरका ६० वर्षीय दीपकुमार मगरले व्यावसायिक रूपमा  मौरीपालन गरेका छन्  । उनले मौरी पालेर जीविका चलाउन थालेको पनि २४ वर्ष भइसक्यो । एक याममा रु १२ लाखको मह बेच्ने उनको दैनिकी मौरीको हेरचाहमा नै  बित्ने गरेको छ । 
रामपुर सीताकुण्डमा ‘विवाह पञ्चमी’ उत्सवको रुपमा मनाइँने
रामपुर सीताकुण्डमा ‘विवाह पञ्चमी’ उत्सवको रुपमा मनाइँने आगामी वर्षदेखि रामपुरको सीताकुण्डमा विवाह पञ्चमी उत्सवको रुपमा मनाइने भएको छ । रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले सीताकुण्डमा विवाह पञ्चमीलाई उत्सवको रुपमा मनाउने बताएका छन् । उनले विवाह पञ्चमीको अवसरमा सीताकुण्ड मन्दिर व्यवस्थापन समितिको आयोजनामा सीताकुण्डमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नगरपालिकाले विवाह पञ्चमीलाई उत्सवको रुपमा मनाउनका लागि आगामी वर्षदेखि आवश्यक...
Weather Update