आँधीखोलामा तटबन्ध निर्माण
वालिङ (स्याङ्जा), नदीकटान नियन्त्रण गर्न आँधीखोलामा तटबन्ध निर्माण प्रारम्भ भएको छ । गण्डकी प्रदेश ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको अनुदानमा सञ्चालित योजनामार्फत चार किलोमिटर तटबन्ध निर्माण प्रारम्भ भएको हो ।
आँधीखोला गाउँपालिका, पुतलीबजार, भिरकोट र वालिङ नगरपालिका भएर बग्ने आँधीखोलामा तटबन्धनको काम सुरु भएको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका प्रमुख किरण आचार्यले बताए । धेरै कटान भएका स्थानमा तटबन्धन गरिएको हो । सिँचाइ डिभिजन कार्यालय र पालिकासँगको सहकार्य र लागत साझेदारीमा तटबन्धन गरिएको जानकारी उनले दिए । आठ करोडको लागतमा थालिएको निर्माण आगामी २०८३ वैशाखमा सम्पन्न गर्ने लक्ष्य छ ।
प्रकाशित मिति: सोमबार, पुस २२, २०८१
प्रतिक्रिया दिनुहोस्