Shittalpati
प्रधानमन्त्री कार्यालयका ६८ दरबन्दी कटौतीमा
प्रधानमन्त्री कार्यालयका ६८ दरबन्दी कटौतीमा सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पुनःसंरचनासहित सङ्गठन व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) स्वीकृत गरेको छ । प्रधानमन्त्री कार्यालयमा आज भएको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री कार्यालयको हालको दरबन्दीमा ६८ वटा पद कटौती गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । 
विपद् व्यवस्थापनका लागि एक लाख बढी स्वयंसेवक तयार
विपद् व्यवस्थापनका लागि एक लाख बढी स्वयंसेवक तयार सरकारले विपद् व्यवस्थापन पूर्वतयारी, खोज, उद्धार, राहत र पुनःस्थापनाका लागि सङ्घ, प्रदेश र स्थानीयस्तरमा एक लाख चार सय ४६ स्वयंसेवक तयार गरेको जनाएको छ ।
आगोले जलेर शिशुको मृत्यु
आगोले जलेर शिशुको मृत्यु दार्चुलामा आगोले जलेर चार महिनाको शिशुको मृत्यु भएको छ । नौगाड गाउँपालिका–३ होपरीगाडमा बुधबार राति जलेर शिशुको ज्यान गएको हो । 
गुल्मीमा जनशक्ति नहुँदा आइसियु प्रयोगविहीन
गुल्मीमा जनशक्ति नहुँदा आइसियु प्रयोगविहीन जनशक्ति अभावले जिल्ला अस्पताल गुल्मीमा स्थापना गरिएको भेन्टिलेटरसहितको सघन उपचार कक्ष (आईसीयू) अहिलेसम्म प्रयोगमा आउन सकेको छैन । गम्भीर प्रकृतिका बिरामीलाई जिल्लामै उपचारको व्यवस्था मिलाउन भेन्टिलेटरसहित पाँच शैयाको आईसीयू कक्ष स्थापना गरिएको थियो ।
जुवातास खेलिरहेका दशजना प्रहरी नियन्त्रणमा
जुवातास खेलिरहेका दशजना प्रहरी नियन्त्रणमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले राजधानीबाट १० जनालाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–१३ तहाचलस्थित काठमाडौँ महाराजगञ्ज बस्ने ३३ वर्षीय निर्मल पण्डितको भोवन हिमालयन हाइट होटलमा जुवातास खेलिरहेको अवस्थामा पण्डितसमेत १० जनालाई मङ्गलबार राति प्रहरीले पक्राउ गरेको हो ।
ठगी अभियोगमा प्रमुख प्रशासकीय अधिकृत पक्राउ
ठगी अभियोगमा प्रमुख प्रशासकीय अधिकृत पक्राउ ठगीको आरोपमा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली कार्यालयबाटै पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयको टोलीले बुधबार दिउँसो पराजुलीलाई कार्यालयबाटै पक्राउ गरेको हो ।
अलमलमै प्रचण्ड सरकारका एक वर्ष
अलमलमै प्रचण्ड सरकारका एक वर्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकार गठन भएको मंगलबार एक वर्ष पुरा भएको छ । २०७९ पुस १० मा गठन भएयता सरकारले जनताको तहसम्मै प्रत्यक्ष अनुभूति हुने गरी काम गर्न नसकेको आमबुझाइ छ ।
तानसेन खानेपानी उपभोक्ता समितिमा मनोनयन दर्ता  : अध्यक्ष र सचिव बाहेक सबै निर्विरोध 
तानसेन खानेपानी उपभोक्ता समितिमा मनोनयन दर्ता : अध्यक्ष र सचिव बाहेक सबै निर्विरोध  तानसेन खानेपानी उपभोक्ता समितिको निर्वाचनका लागि मनोनयन दर्ता भएको छ । यही पुस १४ गते हुन लागेको समितिको निर्वाचनका लागि मंगलबार मनोनयन दर्ता भएको हो । 
ब्राह्मण समाज पाल्पाको अध्यक्षमा पुनः नेपाल
ब्राह्मण समाज पाल्पाको अध्यक्षमा पुनः नेपाल ब्राह्मण समाज नेपाल पाल्पाको अध्यक्षमा पुनः धर्मचन्द्र नेपाल निर्विरोध निर्वाचित भएका छन् । समाजको १२ औं साधारणसभा तथा चौथौं अधिवेशनले नेपालाई अध्यक्षमा पुनः निर्विरोध चयन गरेको हो ।
सनातन गुठीले गर्यो ‘हनुमान पूजा’ सँगै वार्षिक साधारण सभा
सनातन गुठीले गर्यो ‘हनुमान पूजा’ सँगै वार्षिक साधारण सभा सनातन धर्म सेवा समिति (गुठी) मेहल्धारा तानसेन पाल्पाले ‘हनुमान पूजा’ गरेको छ । गुठीले हरेक वर्ष हनुमान जयन्तीको अवसरमा इष्ट देवता भगवान श्रीरामचन्द्रका सेवक वीर हनुमानको पूजा अर्चना गर्ने गर्दछ । सोही अनुसार उसले विधिपूर्वक हनुमान पूजा गरेको हो ।
सिद्धबाबा सुरुङ निर्माणका लागि फेरि सडक बन्द गरिदैं
सिद्धबाबा सुरुङ निर्माणका लागि फेरि सडक बन्द गरिदैं राष्ट्रिय गौरवको आयोजनाका रुपमा हेरिएको निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको कामलाई तिव्रता दिन फेरी सडक बन्द गर्न लागिएको छ । निर्माण कार्य भइरहेको अवस्थामा ढुंगाहरु खस्ने, सवारी आवतजावतमा उच्च जोखिम हुने भएकाले सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल खण्ड यही पुस १६ गतेदेखि दैनिक ६ घण्टा बन्द गर्न लागिएको हो ।
आज योमरी पुन्ही र उधौली पर्व मनाइँदै, देशभर सार्वजनिक विदा
आज योमरी पुन्ही र उधौली पर्व मनाइँदै, देशभर सार्वजनिक विदा मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाइने योमरी पुन्हीः अर्थात् योमरी पूर्णिमा पर्व र उधौली पर्व आज देशभर मनाइँदैछ । विशेषगरी किराँत समुदायले उधौली पर्व र नेवार समुदायले योमरी पुन्ही धुमधामसँग मनाउँछन् ।
Weather Update