१७ महिनापछि संसदीय समितिमा नेतृत्व
बिहीबार, वैशाख ६, २०८१

आज विश्व सम्पदा दिवस मनाइँदै
बिहीबार, वैशाख ६, २०८१
आज विश्व सम्पदा दिवस । हरेक वर्ष अप्रिल महिनाको १८ तारिखमा यो दिवस मनाउने गरिन्छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज सम्पदा दिवस मनाइदैछ । विश्व सम्पदा दिवस सन् १९८२ देखि मनाउन सुरु गरिएको हो । दिवसका अवसरमा सम्पदा संरक्षणका आवाज उठ्ने गर्छन् ।

मनाइयो ‘रामनवमी’ पर्व
बिहीबार, वैशाख ६, २०८१
चैत्र शुक्लपक्ष नवमीको दिन पारम्परागत रुपले मनाइदै आएको रामनवमी बुधबार धूमधामका साथ मनाइएको छ । प्रत्येक वर्ष मर्यादा पुरुषोत्तम भगवान श्रीरामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व देशभर श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी मनाइएको हो ।

लुम्बिनी प्रदेशसभा संसदीय समितिमा सर्वसम्मत नेतृत्व
बुधबार, वैशाख ५, २०८१
लुम्बिनी प्रदेशसभामा दोस्रो कार्यकालका लागि संसदीय निर्वाचन भएको १७ महिनापछि संसदीय समितिमा नेतृत्व चयन भएको छ ।

बस दुर्घटनामा १४ जना घाइते
बुधबार, वैशाख ५, २०८१
दाङबाट रुकुमका लागि हिँडेको यात्रुबहाक बस सल्यानको बागचौर नगरपालिका–२ ठिनबाँङमा दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।
-1713330083.jpg)
मन, बचन, कर्म र शरीरलाई स्वस्थ राख्न दैनिक योग अभ्यास
बुधबार, वैशाख ५, २०८१
अहिले नेपालमा मानिसको जन्मदर घट्दै गएको छ तर विरामी र अस्पताल स्वास्थ्य संस्थाको संख्या दिनहुँ बढ्दै गएको छ । गाउँको सामुदायिक स्वाथ्य केन्द्रदेखि राजधानी काठमाडौं सम्मका ठूला अस्पतालहरुसम्म विभिन्न रोगका विरामीहरुले भरिएका छन् ।

स्वास्थ्य चौकी बनाउन स्थानीयले दिए जग्गा
बुधबार, वैशाख ५, २०८१
स्वास्थ्य चौकी भवन बनाउनका लागि यहाँका स्थानीयले निःशुल्क जग्गा दिएका छन् । स्याङ्जाको भीरकोट नगरपालिका–५ सिम्लेमा स्वास्थ्य चौकी भवन बनाउनका लागि स्थानीयले चार रोपनी आठ आना जग्गा निःशुल्क उपलब्ध गराएका हुन् ।

ग्वाघा स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा प्रारम्भ
मंगलबार, वैशाख ४, २०८१
जिल्लाको चन्द्रकोट गाउँपालिका–५ मा ग्वाघा स्वास्थ्य चौकीमा प्रयोगशाला (ल्याव) सेवा एक कार्यक्रमका बीच प्रारम्भ भएको छ । ग्वाघा स्वास्थ्य चौकी पश्चात गाउँपालिकामा ल्याव सेवा सञ्चालन भएका वडाहरुको संख्या पाँच पुगेको हो ।

बगनासकालीमा व्यक्तिगत घटना दर्ता सचेतना कार्यक्रम
मंगलबार, वैशाख ४, २०८१
जिल्लाको बगनासकाली गाउँपालिकाले व्यक्तिगत घट्ना दर्ता सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरेको छ । व्यक्तिगत घटना सम्बन्धी सचेतना सप्ताह अन्तर्गत पालिकाले सबै वडामा सचेतना कार्यक्रम सञ्चालन गरेको हो ।

सैनिक प्रवक्ताको जिम्मेवारी केसीलाई हस्तान्तरण
सोमबार, वैशाख ३, २०८१
सैनिक जनसम्पर्क तथा सूचना निर्देशक एवं नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायकरथी गौरवकुमार केसीले सम्हालेका थिए । यसअघिका प्रवक्ता एवं सहायकरथी कृष्णप्रसाद भण्डारीले सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयमा आज आयोजित कार्यक्रममा सहायकरथी केसीलाई औपचारिकरुपमा प्रवक्ताको कार्यभार हस्तान्तरण गरेका हुन् ।

गोरखा–जितगढी पदयात्रा : सेनाको टोली पाल्पा आइपुग्यो
आइतबार, वैशाख २, २०८१
चैत २७ गतेदेखि दोस्रो गोरखा–जितगढी पदयात्रा सञ्चालन गरेको नेपाली सेनाको टोली पाल्पा आईपुगेको छ । गोरखा, तनहुँ, स्याङ्जा हुँदै आइतबार पाल्पा आइपुगेको हो ।

पाल्पाका पत्रकार भण्डारी काठमाडौंमा पुरस्कृत
आइतबार, वैशाख २, २०८१
पाल्पाको रामपुरमा स्थायी घर भएका पत्रकार जीवन भण्डारीलाई नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले पुरस्कृत गरेको छ ।

नयाँ शैक्षिक सत्रका लागि देशैभर भर्ना अभियान सुरु
आइतबार, वैशाख २, २०८१
नयाँ शैक्षिक सत्रका लागि विद्यालय भर्ना अभियान आइतबारबाट सुरु भएको छ । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने नाराका साथ शैक्षिकसत्र–२०८१ का लागि विद्यार्थी भर्ना अभियान देशभर सुरु भएको हो ।