Shittalpati
स्थानीय उद्यम र प्रतिभालाई प्रोत्साहन गर्दै गुल्मी कांग्रेस

गुल्मी, नेपाली कांग्रेस गुल्मीले जिल्लाभित्र सक्रिय उद्यमशीलता र शैक्षिक उत्कृष्टतालाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न क्षेत्रका युवाहरुलाई सम्मान गर्ने निर्णय गरेको छ । चैत २६ र २७ गते हुने तेस्रो जिल्ला सम्मेलनको अवसरमा कांग्रेसले १२ जना युवा उद्यमी र ३ जना शैक्षिक क्षेत्रमा उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्ने तयारी गरेको हो ।

आफ्नो व्यक्तिगत लगानी र परिश्रमद्वारा समुदायमा उदाहरणीय योगदान पुर्‍याउने व्यक्तिहरुलाई पार्टीले पहिचान गरी सम्मान गर्न लागेको सचिव भगतसिंह खड्काले जानकारी दिए । सम्मानित हुनेमा कृषि, पशुपालन, कुखुरा पालन, जल व्यवस्थापनदेखि खेलकुद पूर्वाधार निर्माणमा योगदान पुर्‍याउने युवा उद्यमीहरू छन् । त्यस्तै, शिक्षा क्षेत्रमा विशिष्ट उपलब्धि हासिल गरेका विद्यार्थीहरूलाई पनि उत्तिकै महत्वका साथ सम्मान गरिने छ ।

प्रकाशित मिति: मंगलबार, चैत २६, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update