कतारका अमिर नेपालमा, राष्ट्रपति पौडेलबाट स्वागत
मंगलबार, वैशाख ११, २०८१
-1713794111.jpg)
पाल्पामा पनि शिक्षाका लागि विश्व कार्य सप्ताह सुरु
सोमबार, वैशाख १०, २०८१
सबै बालबालिकाले समान र समतामूलक रुपमा शिक्षा पाउनुपर्ने आवाजसहित शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपालले देशभर शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह सुरु गरेको छ । विभिन्न कार्यक्रमसहित सोमबारदेखि कार्यसप्ताह सुरु भएको हो ।

आफ्नै घरमा आगो लगाउने पक्राउ
सोमबार, वैशाख १०, २०८१
मादक पदार्थ सेवन गरी आफ्नै घरमा आगो लगाउनेलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धुर्कोट गाउँपालिका‐६ रजस्थलका ५९ वर्षीय रेखबहादुर परियार रहकोे जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी शङ्कर पोख्रेलले जानकारी दिए ।

गुल्मीमा जलेर घाइते भएकाको अवस्था बुझ्न काँग्रेस नेता भट्टराई अस्पताल
सोमबार, वैशाख १०, २०८१
गत शनिबार गुल्मीको इस्मा गाउँपालिका–१ र २ मा आगलागीमा परी जलेर घाइते भएकाहरुको स्वास्थ्य अवस्था बुझ्न नेपाली काँग्रेस गुल्मीका सचिव एवं युवा नेता जगदीश भट्टराई अस्पताल पुगेका छन् ।

आगलागी प्रभावितको राहत र उद्धारमा खटिन गुल्मी काँग्रेसको अपिल
सोमबार, वैशाख १०, २०८१
नेपाली काँग्रेस गुल्मीले आगलागी प्रभावितको राहत र उद्धारमा खटिन सबैमा अपिल गरेको छ । काँग्रेसले प्रभावितहरुको उद्धार, राहत र उचित बसोबासको व्यवस्थाका लागि तीनै तहका सरकार, राजनीतिक दल, विभिन्न संघसंस्था, स्वदेश तथा विदेशमा रहनुहुने सबैमा अपिल गरेको हो ।

लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो जसपा
सोमबार, वैशाख १०, २०८१
लुम्बिनी प्रदेश सरकारबाट जनता समाजवादी पार्टी (जसपा) बाहिरिएको छ । मुख्यमन्त्री जोखबहादुर महराले सहमति पालना नगरेको भन्दै १५ दिनमै जसपा सरकारबाट बाहिरिएको हो ।

आज विश्व पृथ्वी दिवस, विविध कार्यक्रम गरी मनाइँदै
सोमबार, वैशाख १०, २०८१
आज विश्व पृथ्वी दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । अप्रिल २२ का दिन विश्वभर वातावरण र पृथ्वीको संरक्षणका लागि विश्व पृथ्वी दिवस मनाउने गरिन्छ ।

दललाई आयोगले माग्यो स्पष्टीकरण
आइतबार, वैशाख ९, २०८१
निर्वाचन आयोगले विभिन्न राजनीतिक दललाई स्पष्टीकरण सोधेको छ । आयोगले लेखापरीक्षण प्रतिवेदन समयमा नबुझाउने र सार्वजनिक नगर्ने दलहरुलाई स्पष्टीकरण सोधेको हो । उसले प्रतिवेदन नबुझाउने दललाई कारणसहित सातदिनभित्र जवाफ दिन भनेको छ । साथै प्रतिवेदन बुझाएर सार्वजनिक नगर्ने दललाई सातदिनभित्र सार्वजनिक गरी जानकारी दिने निर्देश समेत गरेको छ ।

पाल्पाका दर्जन बढी ठाउँमा आगलागी, आगो निभाउन गएका दुुई जना घाइते
आइतबार, वैशाख ९, २०८१
पाल्पाका दर्जन बढी ठाउँमा आगलागी भएको छ । सुक्खा खडेरी बढेसँगै यहाँका वन र वन नजिकै रहेका वस्तीहरुमा आगलागी भएको हो । केही दिनयता जिल्लाका विभिन्न ठाउँहरुमा आगलागी भइरहेको छ । यहाँ आगलागीका कारण दर्जनौं घर, गोठ, पशुचौपाया जलेका छन् भने केही व्यक्तिहरु घाइते समेत भएका छन् ।

डढेलोले गुल्मीमा करोडौँको क्षति, ६७ भन्दा बढी घरगोठ जले
आइतबार, वैशाख ९, २०८१
गुल्मीमा तीन दिनदेखि लागेको डढेलोले करौडौंको क्षति भएको छ । सामुदायिक वन र निजी वनबाट सल्केको डढेलोले ६७ भन्दा बढी घर गोठ जलेका छन् । दर्जनौँ पशुचौपाया आगोले गोठमै जलेर मरेका छन् ।

लुम्बिनी प्रदेश सरकारका कृषि मन्त्रीद्वारा राजीनामा
आइतबार, वैशाख ९, २०८१
लुम्बिनी प्रदेश सरकारका कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले राजीनामा दिएका छन् । मन्त्री अहिरको पार्टी जनता समाजवादी पार्टी (जसपा)ले सरकारबाट फिर्ता हुन निर्देशन दिएपछि राजीनामा दिएका हुन् ।

आज महावीर जयन्ती
आइतबार, वैशाख ९, २०८१
आज महावीर स्वामी जन्म जयन्ती देशभर मनाइँदै छ । हरेक वर्ष चैत महिनाको शुक्ल पक्षको त्रयोदशी तिथिमा यो जयन्ती मनाइन्छ । महावीरले जैन धर्मको खोजसँगै यस धर्मका प्रमुख सिद्धान्तहरुको प्रतिपादन गरेका थिए ।
-1713675285.jpg)
सार्वजनिक जग्गा संरक्षणमा लाग्न गृहको निर्देशन
आइतबार, वैशाख ९, २०८१
, गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक जग्गा साविककै अवस्थामा फिर्ता ल्याउन स्थानीय प्रशासनलाई निर्देशन दिएको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सार्वजनिक जग्गा फिर्ता ल्याउन पुनः निर्देशन दिएका हुन् ।