Shittalpati
सेनाको तेस्रो गोरखा–जितगढी ऐतिहासिक पदयात्रा चैत २८ देखि  

पाल्पा, नेपाली सेनाले चैत २८ गतेदेखि तेस्रो ऐतिहासिक गोरखा–जितगढी एकिकरण पदयात्रा सुरु गर्ने भएको छ । ऐतिहासिक कोट, गढी, किल्लाहरुको संरक्षण गर्न र इतिहास जोगाउने लक्ष्यका साथ एकिरण पदयात्रा सुरु गर्न लागिएका ‘दि फेमस महिन्द्र दल गण’ पाल्पाले जनाएको छ ।
यो पदयात्रा नेपाली सेनाको आयोजना र स्थानीय तहहरुको सहयोगमा गोरखा–तनहुँ–स्याङजा–पाल्पा हुँदै रुपन्देहीको जितगढीसम्म पुग्नेछ । पदयात्रामा निस्किने टोली बैंशाख २ गते पाल्पाको रामपुर आइपुग्ने छ । उक्त टोलीको प्रतिनिधि मण्डल र पाल्पास्थित दि फेमस महिन्द्र दल गणले सोही दिनदेखि पाल्पाको गढी तथा किल्लासम्मको यात्रा गर्ने जनाइएको छ । रामपुरको केलादीदेखि तिनाउको नुवाकोट गढीसम्म पदयात्रा गर्ने कार्यक्रम तय भएको तानसेनमा आयोजित समन्वयात्मक बैंठकमा गणपति प्रमुख सेनानी भूपेन्द्र गुरु·ले जानकारी दिए । पाल्पाको टोलीले रुपन्देहीलाई हस्तान्त्रण गरेपछि जितगढी पुगेर समापन हुने छ । सेनाले नेपाल एकिकरणको समयमा प्रयोग भएको पदमार्ग तथा तथा विभिन्न युद्धमा प्रयोग भएका गढी, दरवार, युद्धस्थलहरुको अध्ययन अवलोक गर्दै ११ दिने पैदलयात्रा कार्यक्रम तय गरेको हो । एकिकरण मार्ग लगायत ऐतिहासिक धरोहरको जर्गेना गर्न, एकिकरण अभियाना तथा नेपाल अंग्रेज युद्धमा हासिल गरेको विजय गाथाको ईतिहासलाई संरक्षण, सम्वद्र्धन तथा प्रवद्र्धन गरी भावी पुस्तामा हस्तानतरण गर्न, सबै नेपालीहरुमा राष्ट्रिय एकताको भावना विकास गर्न, सम्पदा पर्यटन प्रवद्र्धन गर्न, सेना र जनताविचको सम्बन्धलाई बलियो बनाउन गोरखा जितगढी पदयात्रा अभियान गर्न लागिएको पदयात्रा कमाण्डर सह सेनानी रमेश अधिकारीले बताए । पाल्पा प्रवेशसँगै बैशाख २ गते विहान नेपाली सेनाको पदयात्री टोलीलाई केलादी घाट रामपुरमा स्वागत गर्ने, उक्त टोली केलादीघाट हुँदै देवीस्थान बगैचा, श्रीनगर होटल हुँदै दर्छा सिताकुण्ड, तुने भञ्ज्या·, बेलडाँडा, सिलुवा पिलुवा जब्गादी, विरकोट ३५ किलोमिट यात्रा गर्ने छ । वैशाख ३ गते विरकोट बाकुमगढी देउराली, हुमिन देविनगर, झडेवा जगत गोठादी, हुँदै माथागढी ३९ किलोमिटर नेपाली सेनाको टोलीले पदयात्रा गर्ने छ । बैशाख ४ गते माथागढी, गोठादी झडेवा हर्नेटार, मर्मरा शिकारकोट, दमार, सराई माडी दमकडा हुँदै बाँसटारी प्रभास ३५ किलोमिटर यात्रा गर्ने छ । बैशाख ५ गते प्रभास, लामडाँडा, बर्तु·, तानसेन, काजीपौवा पुनः प्रभास आएर १७ किलोमिटर यात्रा गरि वास बस्ने छ । सोही दिन तानसेनमा सर्वसाधारणदेखी जिल्लाका प्रमुख स्थानहरुको अवलोक तथा कर्णेल उजिर सिंह थापाले निर्माण गरेको भगवती मन्दिरको दर्शन गर्ने कार्यक्रम पदयात्रीहरुको रहेको छ । वैशाख ६ गते प्रभास डुम्रे, मस्याम हटिया, मरेक, रानीवास दोभान ३२ किलोमिटर यात्रा गर्ने छ । बैखाख ७ गते नेपाली सेनाले अंग्रेज सेनालाई पराजित गरी विजयउत्सव गरेको दिन पदयात्रा टोलीले दोभान नुवाकोटगढी देउरालीमा पुगी बुटवलको टोली तारादल गणलाई झण्डा हस्तान्तरण गरी जितगढी विजयउत्सवमा सहभागी हुने कार्यक्रम रहेको छ ।

सेनाले प्रत्येक बर्ष पुस २७ गते पूर्वतर्फ गोरखा–काठमाडौं एकीकरण पदयात्रा गर्दै आएको छ । चैत्र २७ गते देखी बैशाख ७ गते सम्म पश्चिम तर्फ गोरखा जितगढी पदयात्रा शुरु गरेको छ । नेपाली सेनाले पश्चिम गोरखा जितगढी पदयात्रा २०७९ साल देखी शुरु गरेको हो । पाल्पामा दि फेमश महिन्द्रदल गणको नेतृत्वमा नेपालको राष्ट्रिय झन्डासहित एकीकरणको दौरान स्थापना भएका पाँच प्रथम कम्पनी श्रीनाथ, कालीबक्स, बर्दवाणी, सबुज, पुरानो गोरख र जितगढी लडाइँमा सहभागी गुरुबक्स गुल्मको झन्डा बोकेर बाजागाजासहित एकिकरण पदयात्रामा सहभागी हुने पदयात्रा संयोजक सेनानी जित बहादुर कार्कीले बताए । एकिकरण पदयात्रामा गोरखाको रिपुमर्दन गण, तनहुँको रुरु भैरवदल गण, काली भञ्जन गण, राजदल गण, पाल्पाको दि फेमस महिन्द्रदल गण र रुपन्देहीको तारादल गण प्रत्यक्ष सहभागी रहने छन् ।

पदयात्रा टोलीमा विशेष अवस्थाको पोशाक लगाएको समुह, परम्परागत पोशाक लगाएको समुह, सुरक्षा समुह, गोर्खादेखी सहभागी झण्डा बोक्ने समुह, व्याण्ड बाजा समुह, मेडिकल, बाटो देखाउने, फोटो ग्राफर र चालक गरी ५३ जनाको सहभागीता रहने नेपाली सेना द फेमश महिन्द्रदल गण पाल्पाले जनाएको छ । पदयात्रालाई व्यस्थित, सुरक्षित, मर्यादित बनाउनको लागि दि फेमश महिन्द्रदल गणले जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनाल, प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी, स्थानीय तहका प्रमुख, प्रतिनिधि, सुरक्षा निकायका प्रमुख र पत्रकारहरुको सहभागितामा समन्वयात्मक बैंठक राखी छलफल गरेको छ । वि.सं १८७१ देखी १८७२ मा भएको नेपाल अंग्रेज युद्धमा नेपाली सेनाले बुटवल जितगढी क्षेत्रबाट अंग्रेज फौजलाई वैशाख ७ गते हराएर भगाएको दिन हो । अंग्रेज सेनालाई हराएको दिन बैशाख ७ गते विजय उत्सव मनाउन नेपाली सेना गोरखादेखी ३०५ किलोमिटर पैदलयात्रा गर्दै बुटवल जितगढी किल्लाको यात्रा तय गरेको थियो । 

प्रकाशित मिति: सोमबार, चैत २५, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update