Shittalpati
मन्दिर परिषरमा मदिरा !

पाल्पा, जिल्लाको तानसेनस्थित ऐतिहासिक रणउजिरेश्वरी भगवती मन्दिर परिषरमा मदिरा प्रदर्शनमा राखिएको पाइएको छ । भगवानको पुजा आरधना गर्ने पवित्र स्थान जस्तो मन्दिरमा खुलमखुला मदिरा प्रदर्शन गरिएको पाइएको हो ।

मदिरा व्यवसायी सङ्घ पाल्पाले मदिराको प्रचार प्रसार गर्ने उद्देश्य राखेर विभिन्न ब्राण्डका मदिरा मन्दिर परिषरमा राखेको छ । उसले आफ्नो नवौं वार्षिक साधारण सभा तथा चौथौं अधिवेशनको भगवती मन्दिर र पाल्पा उद्योग वाणिज्य सङ्घको कार्यालय परिषरमा आयोजनासँगै मदिरा प्रदर्शनमा राखेको पाइएको हो ।

मन्दिरको अगाडि नै मदिरा राखेर सङ्घले कार्यक्रम गरेपछि त्यसको चौतर्फी आलोचना भएको छ । जितगढीको युद्धमा विजयी भएको सम्झनामा स्थापना गरिएको ऐतिहासिक तथा धार्मिक स्थललाई मदिरा प्रदर्शन गर्ने थलोका रुपमा प्रयोग गर्नु आफैमा लजाष्पद कार्य भएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको हो । मदिरा व्यवसायी सङ्घ पाल्पाका अध्यक्ष लक्ष्मण रेग्मीले भने अधिवेशन कार्यक्रमलाई प्रायोजन गर्ने संस्थाहरुले आफ्नो व्यानर राखेर सामन्य रुपमा मदिरा राखेको बताए । उनले भने ‘इस्पोन्सर गर्ने संस्थाहरुले यहाँ ल्याएर राख्नुु भए छ, त्यहाँ कुनै प्रयोजनका लागि नभई प्रचारको लागि राखिएको हो ।’ मन्दिर परिषरमा मदिरा राखेको विषय आलोचित बन्दै गएपछि जिल्लास्थित सुरक्षा निकायले हटाउन निर्देशन दिएपछि अहिले त्यहाँबाट हटाइएको छ ।

प्रकाशित मिति: शनिबार, चैत ३०, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update