Shittalpati
निजामती कर्मचारी युनियन गल्कोटको अध्यक्षमा जिसी
निजामती कर्मचारी युनियन गल्कोटको अध्यक्षमा जिसी नेपाल निजामती कर्मचारी युनियन गल्कोट नगरपालिका बाग्लुङको अध्यक्षमा राजन जिसी चयन भएका छन् । गल्कोट नगरपालिकाको प्रथम नगर अधिवेशनबाट जिसी युनियनको अध्यक्षमा चयन भएका हुन् ।
काँग्रेस सभापतिमा फेरी देउवा निर्वाचित
काँग्रेस सभापतिमा फेरी देउवा निर्वाचित प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको १४औँ महाधिवेशनबाट सभापति पदमा पुनः निर्वाचित भएका छन् । सभापतिका लागि मङ्गलबार भएको पुनः मतदानबाट उनी विजयी भएका हन् । देउवा दोस्रो कार्यकालका लागि सभापतिमा विजयी भएका हन् ।
तानसेनमा ‘एक वडा एक किलोमिटर’ सडक पिचको काम धमाधम
तानसेनमा ‘एक वडा एक किलोमिटर’ सडक पिचको काम धमाधम जिल्लाको तानसेन नगर सरकारले ग्रामीण सडकमा धमाधम (पिच) कालोपत्र गर्ने काम थालेको छ । शहर बजारमा जस्तै ग्रामीण क्षेत्रमा पनि सहज यातायात सुविधा पुर्‍याउने उद्देश्यसहित नगर सरकारले ग्रामीण क्षेत्रका सडकहरुमा कालोपत्र गर्ने काम धमाधम थालेको हो ।
युवा उद्यमी सम्मेलन हुँदै
युवा उद्यमी सम्मेलन हुँदै रूपन्देहीमा युवा उद्यमी सम्मेलन २०२१ हुने भएको छ । युवाहरुको विदेश पलायन रोक्ने र युवा उद्यमशीलता बढाउने उद्देश्यले नेपाली युवा उद्यामी मञ्च रूपन्देहीले पुस ३ गते सम्मेलन गर्न लागेको हो । नेपाली युवा उद्यमी मञ्च रुपन्देहीले पत्रकार सम्मेलन गरी सम्मेलन आयोजना गर्ने जनाएको छ । सम्मेलनमा करिब १० सफल ब्यवसायी...
स्थानीय तहका निर्वाचन समयमै होस्
स्थानीय तहका निर्वाचन समयमै होस् स्थानीय तहमा निर्वाचन भएको पनि पाँच वर्ष पुग्न लागेको छ । संविधानमा उल्लेख भएबमोजिम आउँदो चैत ६ गतेभित्र स्थानीय तह निर्वाचन हुनुपर्ने छ । स्थानीय तहका जनप्रतिनिधिको पदावधि पाँच वर्षको रहने भएकाले निर्धारित समयमै स्थानीय तहको निर्वाचन गर्न आवश्यक छ ।
संसदमा विरोधका बीच अध्यादेश पेश
संसदमा विरोधका बीच अध्यादेश पेश मंगलबार बसेको संसद् बैंठकमा एमाले सांसदको विरोधका बीच अध्यादेश पेश भएको छ । कानुन न्याय तथा संसदीय मामीलामन्त्री दिलेन्द्र प्रसाद वडुले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश र सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश पेश गरेका हुन् । यस्तै, बडुले रेल्वे अध्यादेश पनि पेश गरे ।
गुल्मीमा सडक बालबालिकालाई विद्यालय
गुल्मीमा सडक बालबालिकालाई विद्यालय जिल्लामा रहेका सडक बालबालिकाहरुको उद्दार गरी विद्यालय पुर्‍याइएको छ । सदरमुकाम तम्घासका विभिन्न स्थानबाट उद्दार गरी १५ जना सडक बालबालिकालाई विद्यालय पुर्‍याइएको हो । जिल्ला प्रहरी कार्यालयले सडक बालबालिकाहरुलाई उद्दार गरी विद्यालय भर्ना गरेको छ ।
स्थानीय सरकारको घर टोलमा सेवा
स्थानीय सरकारको घर टोलमा सेवा गाउँपालिकाका केन्द्रहरुमा सिमित रहेका सेवाहरुलाई स्थानीय सरकारले जनताको घर टोलमा पुर्‍याएका छन् । पाल्पा र गुल्मीका केही स्थानीय सरकारले आफ्नो सेवालाई घुम्ती शिविरमार्फत जनताको घर टोलमा पुर्‍याएका हुन् । गाउँपालिकाको केन्द्रसम्म पुग्न नसक्ने अशक्त, अपाङ्ग र विपन्न परिवारलाई राहत दिने उद्देश्यले जनताको घर टोलमा उनीहरुले शिविरमार्फत सेवा दिएका छन् ।
चिसोबाट बच्न सतर्कता आवश्यक
चिसोबाट बच्न सतर्कता आवश्यक पछिल्लो समय देशभर चिसो बढेको छ । पुस महिना लाग्नै लाग्दा चिसो अध्याधिक बढेको हो । यसले आमनागरिकको जनजीवन कठिन बन्दै गएको छ । चिसोले विशेष गरी बालबालिका तथा वृद्धवृद्धाहरु बढी प्रभावित हुने गर्दछन् । चिसोको कारण दम, रुघाखोकी, निमोनिया जस्ता समस्याले च्याप्न थालेपछि स्वास्थ्य संस्थाहरुमा बिरामीको चाप बढ्न थालेको...
निकुञ्जबाट वन्यजन्तु गाउँ पस्दा स्थानीयवासीमा त्रास
निकुञ्जबाट वन्यजन्तु गाउँ पस्दा स्थानीयवासीमा त्रास चितवन राष्ट्रिय निकुञ्जबाट वन्यजन्तु बस्तीमा प्रवेश गर्न थालेपछि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का मध्यवर्ती क्षेत्रका बासिन्दाले नियन्त्रणको माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।
Weather Update