
गुल्मी, नेपाल निजामती कर्मचारी युनियन गल्कोट नगरपालिका बाग्लुङको अध्यक्षमा राजन जिसी चयन भएका छन् । गल्कोट नगरपालिकाको प्रथम नगर अधिवेशनबाट जिसी युनियनको अध्यक्षमा चयन भएका हुन् ।
अधिवेशनले युनियनको उपाध्यक्षमा डिलाराम सुनार, मिना गौतम, सचिव अर्जुन चालिसे, सह–सचिब ठाकुर तिमिल्सिना, कोषाध्यक्ष लक्षमण कडेललाई चयन गरेको छ । समितिको सदस्यहरुमा जयन्ती मल्ल , सरिता ढकाल, राजन सुवेदी, ईश्वर पुन, लोकेन्द्र गैरे, सुनिला खत्री, स्वरस्वती थापा रहेका छन् । अधिवेशनको नेपाली काँग्रेस गल्कोट नगरपालिकाका सभापति बिरज· भण्डारीले उद्घाटन गरेका हुन् । अधिवेशनको उद्घाटन गर्दै सभापति भण्डारीले नवनिर्वाचित समितिलाई हार्दिक बधाई एवम शुभकामना व्यक्त गर्दै सम्पूर्ण कर्मचारीहरु आमनागरिकहरुको सेवाप्रति वफदार भई काम गर्न आग्रह गरे । उनले नेपाली काँग्रेस गल्कोट नगरपालिका र नेपाल निजामती कर्मचारी युनियन सधैं सहकार्य गरी कर्मचारी एवं आम जनताहरुको हकहित र सेवाका लागि सँग–सँगै अगाडि बढ्ने समेत बताए ।
कार्यक्रममा नेपाली काँग्रेस बाग्लुङका जिल्ला सह–सचिव फमबहादुर खत्री, गल्कोट नगरपालिका वडा ९ का वडा अध्यक्ष तेजबहादुर थापा, कार्यपालिका सदस्य कमला ढकाल, नेपाल पशु स्वास्थ्य प्राविधिक संघ गण्डकी प्रदेशका उपाध्यक्ष बलाराम अधिकारी लगायतले नवर्निवाचित समितिलाई बधाई तथा शुभकामना दिए । कार्यक्रम आधिकारिक ट्रेड युनियन जिल्ला कार्य समितिका सह–सचिव तुलबहादुर बिकको अध्यक्षता, युनियनका जिल्ला सचिव आनन्द शर्माको सञ्चालनमा कार्यक्रम भएको थियो । नवनिर्वाचित समितिलाई निर्वाचन समितिका सयोजक हरिदत्त सुवेदीले सफत ग्रहण गराएका थिए । –कौरव खत्रीबाट