Shittalpati
पाल्पामा शुक्रबार थप ५ संक्रमणमुक्त, ५ जनामा कोरोना
पाल्पामा शुक्रबार थप ५ संक्रमणमुक्त, ५ जनामा कोरोना जिल्लामा पछिल्लो २४ घण्टामा थप ५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका ३ जना महिला र २ जना पुरुष संक्रमणमुक्त भएका हुन् । स्वास्थ्य कार्यालय पाल्पाले शुक्रबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा रम्भा गाउँपालिका र तिनाउ गाउँपालिकाका २/२, बगनासकाली गाउँपालिकाका १ जना...
बुद्धि विकास प्रावि माथागढीले मनायो ६८ औं वार्षिकोत्सव
बुद्धि विकास प्रावि माथागढीले मनायो ६८ औं वार्षिकोत्सव जिल्लाको माथागढी गाउँपालिका–२ रुप्सेमा रहेको बुद्धि विकास प्राथामिक विद्यालयले वार्षिकोत्सव मनाएको छ । विद्यालयले एक औपचारिक कार्यक्रमका बीच ६८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो । वार्षिकोत्सवको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्तीले उद्घाटन गरेकी हुन् ।
नेतृत्व सत्तामा, नेता–कार्यकर्ता सडकमा
नेतृत्व सत्तामा, नेता–कार्यकर्ता सडकमा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी वर्तमान सरकारका सहयात्री हुन् । यी दल सरकारी एजेन्डा एमसीसी पारित गर्न नदिने भनेर सार्वजनिक रुपमा भनेका छन् । एकातिर एमसीसी पारित गर्न नदिने भनेर सडक र संसद दुवैमा आन्दोलन गर्ने, अर्काेतिर गठबन्धन र सरकार नछाड्ने दोहोरो चरित्र यी दलले प्रदर्शन गर्दै...
रेडक्रसले दियो स्वास्थ्यकर्मीलाई तालिम
रेडक्रसले दियो स्वास्थ्यकर्मीलाई तालिम नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाले जिल्लाका स्वास्थ्यकर्मीहरुलाई द्रूत प्रतिकार्य टिम (आरआरटी) तालिम दिएको छ । रेडक्रसले समुदायमा आधारित स्वास्थ्य तथा प्राथमिक उपचार र आपतकालिन स्वास्थ्य कार्यक्रम अन्र्तगत यहाँका स्वास्थ्यकर्मीहरुलाई आरआरटी तालिम दिइएको हो ।
एनएमबि बैंकको ‘युवा डिजी सेभिङ’
एनएमबि बैंकको ‘युवा डिजी सेभिङ’ एनएमबि बैंक लिमिटेडले नयाँ बचत खाता एनएमबि युवा डिजी सेभिङ ल्याएको छ । बैंकले युवाहरुलाई डिजिटाइजेसन, बचत र लगानीतर्फ प्रोत्साहित गर्न नयाँ बचत खाता एनएमबि युवा डिजी सेभिङ ल्याएको हो । १८ देखि ४० वर्ष उमेर समूहका सबै नेपाली (युवा) नागरिकले यो खाता खोल्न सक्ने बैंकले जनाएको छ ।
विरोधमा चरनात्मकता आवश्यक
विरोधमा चरनात्मकता आवश्यक मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतासम्बन्धी विवाद उत्कर्षमा पुग्दा नेपालको राजनीतिमा अचम्मका दृश्यहरू देखिन थालेका छन् । एमसीसी पास गर्न नहुने तर्क गरिरहेका दलहरू सडकमै उत्रिएर प्रदर्शन गरिरहेका छन् । वर्तमान सरकार बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले सडकदेखि सदन र सरकारसम्म एमसीसीको विरोध गरिरहेका छन् ...
पाल्पामा पनि एमसीसी विरोधी प्रदर्शन
पाल्पामा पनि एमसीसी विरोधी प्रदर्शन एमसीसीका विरुद्धमा अहिले देशभर नै विरोध प्रदर्शन भइरहेको छ । पाल्पामा पनि सत्ताधारी दलहरु नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा सहित नेपाल कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमुक्ती पार्टी र नेकपा (क्रान्तिकारी माओवादी) ले एमसीसी खारेजीको माग राख्दै विरोधमा उत्रिएका छन् ।
पाल्पामा बिहीबार थप १२ जना संक्रमणमुक्त
पाल्पामा बिहीबार थप १२ जना संक्रमणमुक्त जिल्लामा पछिल्लो २४ घण्टामा थप १२ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका ७ जना महिला र ५ जना पुरुष संक्रमणमुक्त भएका हुन् । स्वास्थ्य कार्यालय पाल्पाले बिहीबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा तानसेन नगरपालिकाका ५, बगनासकाली गाउँपालिकाका ३, माथागढी गाउँपालिका र निस्दी...
‘सिँचाइ विना कृषि असम्भव’
‘सिँचाइ विना कृषि असम्भव’ लुम्बिनी प्रदेशका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वीरबहादुर रानाले सिँचाइ बिना कृषि उत्पादन सम्भव नभएको बताएका छन् । रामपुर फाँट सिँचाइ जल उपभोक्ता समन्वय समिति रामपुर पाल्पाको ३३ औँ वार्षिकोत्सव तथा १३ औँ परिषद् भेलालाई सम्बोधन गर्दै उनले देशको अर्थतन्त्र बलियो बनाउने आधार नै कृषि भएकाले सिँचाइमा लगानी बढाउन आवश्यकरहेको औल्याए ...
रिब्दीकोट गाउँ सरकारद्वारा दीर्घरोगीलाई आर्थिक सहयोग
रिब्दीकोट गाउँ सरकारद्वारा दीर्घरोगीलाई आर्थिक सहयोग पाल्पाको रिब्दीकोट गाउँपालिकाले जटिल प्रकारका रोगीलाई उपचारका लागि आर्थिक सहयोग गर्दै आएको छ । मृटु, मिर्गाैला तथा क्यान्सर पीडित व्यक्तिका लागि पालिकाले यातायात खर्च वापत छ हजार नगद सहयोग गर्दै आएको हो ।
नैतिकता नगुमाऊ
नैतिकता नगुमाऊ राष्ट्रिय चर्चाको विषयमा रहेको अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सहयोगसम्बन्धी प्रस्ताव अनुमोदनका लागि प्रतिनिधि सभाको बैठकमा टेबुल भएको छ । सत्तारुढ दलहरूबीचको लामो छलफल, मतभेद, वादविवाद बीच यो प्रस्ताव टेबल भएको हो । बाहिर मात्र बहस, छलफल र केही विरोध समेत भएको एमसीसी विधायिकामा पुगेपछि संसदीय प्रक्रियाअनुरूप अगाडि बढ्नेछ ।
Weather Update