Shittalpati
मुक्तिनाथ बैंकले दियो विपन्नलाई जस्तापाता
मुक्तिनाथ बैंकले दियो विपन्नलाई जस्तापाता मुक्तिनाथ विकास बैंकले विपन्न परिवारलाई जस्तापाता सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्याङ्जाको गल्याङ् नगरपालिका ६ पिडीखोलाका एक विपन्न परिवारलाई जस्तापाता सहयोग गरेको हो ।
बिरामी अर्थतन्त्रको उपचार गर
बिरामी अर्थतन्त्रको उपचार गर संकटोन्मुख अर्थतन्त्र बचाउन इमानदार प्रयास गरिरहेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी माथि छानबिन गर्ने भन्दै निलम्बन गरिएको थियो ।
अडान पाल्पाको छैठौं अधिवेशन
अडान पाल्पाको छैठौं अधिवेशन दर्तावाला लेखापरीक्षकहरुको पेशागत छाता संगठन अडिटर्स एशोसिएशन अफ नेपाल (अडान) पाल्पाको जिल्ला अधिवेशन भएको छ । अडानको शुक्रबार एक कार्यक्रमका बिच छौठौं अधिवेशन भएको हो । अधिवेशनले आगामी ३ वर्षे कार्यकालका लागि ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको अध्यक्षमा सोमप्रसाद पौडेल पुनः चयन भएका छन् ।
पाल्पा र गुल्मीमा एसइईको पहिलो दिन २ सय ८ परीक्षार्थी अनुपस्थित
पाल्पा र गुल्मीमा एसइईको पहिलो दिन २ सय ८ परीक्षार्थी अनुपस्थित देशैभर शुक्रबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा एसईईको पहिलो दिन पाल्पा र गुल्मीमा २ सय ८ जना परीक्षार्थी अनुपस्थित भएका छन् । पहिलो दिन अंग्रेजी विषयको परीक्षामा १ सय ७७ जना नियमित तर्फका र ३१ जना ग्रेड वृद्धितर्फका प्रशिक्षार्थीहरु अनुपस्थित भएका हुन् ।
आज विश्व पृथ्वी दिवस मनाइँदैं
आज विश्व पृथ्वी दिवस मनाइँदैं आज विश्व पृथ्वी दिवस विश्वभर विभिन्न कार्यक्रमहरु गरेर मनाइँदै छ । संयुक्त राष्ट्र संघको ६३ औं महासभाले अप्रिल २२ का दिन पृथ्वी दिवस मनाउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार १९२ भन्दा बढी राष्ट्रहरूमा यो दिवस मनाउन लागिएको हो ।
आजदेखि एसइई परीक्षा, पाल्पाबाट ४ हजार ८ सय ४१ परीक्षार्थी सहभागी हुँदै
आजदेखि एसइई परीक्षा, पाल्पाबाट ४ हजार ८ सय ४१ परीक्षार्थी सहभागी हुँदै यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षा आजदेखि एकैसाथ देशभर शुरु हुँदैछ । बिहान ८ बजेदेखि हुने परीक्षामा आज पहिलो दिन अंग्रेजी विषयको परीक्षा हुनेछ । कोरोना महामारीका कारण शैक्षिकसत्र २०७६ र २०७७ मा विद्यालयले गरेको आन्तरिक मूल्याड्ढनकै आधारमा परीक्षा बोर्डले एसइईको नतिजा सार्वजनिक गरेको थियो । यस वर्ष...
जनप्रियका विद्यार्थी विद्यालयमै बसेर एसइईको तयारी गर्दै
जनप्रियका विद्यार्थी विद्यालयमै बसेर एसइईको तयारी गर्दै जिल्लाको पूर्वखोला गाउँपालिका ६ जनप्रिय मावि हेक्लाङका विद्यार्थीहरु विद्यालयमै बसेर एसइईको तयारी गरिरहेका छन् । विद्यालयले एसइई परीक्षामा सहभागी हुने विद्यार्थीलाई विद्यालयमै खाना, खाजा तथा बासको व्यवस्था मिलाएसँगै उनीहरु शिक्षकको सहयोगमा एसइईको तयारी गरिरहेका हुन् । विद्यालयले चैत्र ४ गतेदेखि विद्याथीहरुलाई विद्यालयमै राखेर परीक्षाको तयारीमा लगाएको हो ।
एनसेलको नयाँ योजना : इन्डलेस कम्बो प्याक
एनसेलको नयाँ योजना : इन्डलेस कम्बो प्याक एनसेल आजियाटा लिमिटेडले नयाँ वर्ष योजना ल्याएको छ । कम्पनीले आफ्ना ग्राहकहरुको सेवालाई मध्यनजर गर्दै नयाँ वर्ष योजना ल्याएको हो । एनसेल आजियाटा लिमिटेडले नयाँ योजनामा भ्वाइस र डेटा सेवा बन्डलिङ रहेको इन्डलेस कम्बो प्याकहरु सञ्चालनमा ल्याएको छ ।
पृथ्वी दिवसको सान्दर्भिकता
पृथ्वी दिवसको सान्दर्भिकता विश्वभर विभिन्न कार्यक्रमहरू गरी आज विश्व पृथ्वी दिवस मनाइँदै छ । सन् २००९ मा संयुक्त राष्ट्र संघको ६३ औं महासभाले अप्रिल २२ का दिन पृथ्वी दिवस मनाउने निर्णय गरेको थियो । पृथ्वीको संरक्षण र पुनस्थापित गर्ने उद्देश्य राखेर यो दिवस मनाउन थालिएको हो । तर हरेक वर्ष यो दिवस मनाइने...
धुर्कोटको अध्यक्षमा काँग्रेसबाट भण्डारी
धुर्कोटको अध्यक्षमा काँग्रेसबाट भण्डारी धुर्कोट गाउँपालिकाको अध्यक्षमा काँग्रेसबाट महेन्द्र भण्डारी उमेदवार भएका छन् । नेपाल विद्यार्थी संघका पुर्व केन्द्रीय उपाध्यक्ष एवं नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि महेन्द्र प्रसाद भण्डारी नेपाली कांग्रेसको तर्फबाट सर्वसम्मत उम्मेदवार बनेका हुन् ।
Weather Update