Shittalpati
पाल्पाका सबै पालिकामा गठबन्धनको उत्साहजनक उम्मेदवारी दर्ता
पाल्पाका सबै पालिकामा गठबन्धनको उत्साहजनक उम्मेदवारी दर्ता वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि पाल्पामा सत्ता गठबन्धन दलले सोमबार उम्मेदवारी मनोनय गराएका छन् । जिल्लाको १० स्थानीय तहमध्ये ६ काँग्रेस, २ माओवादी केन्द्र र २ पालिका नेकपा एकीकृत समाजवादीले भागबण्डा गरेका थिए ।
काँग्रेसबाट रैनादेवी छहरामा उम्मेदवारी दर्ता
काँग्रेसबाट रैनादेवी छहरामा उम्मेदवारी दर्ता पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा नेपाली काँग्रेसकोतर्फबाट उम्मेदवारी दर्ता भएको छ । गाउँपालिकामा रहेको निर्वाचन कार्यालयमा पुगी पालिका अध्यक्ष,वडा अध्यक्ष र सदस्य पदका उम्मेदवारहरुले मनोनयन दर्ता गरेका हुन् ।
माथागढीमा बाजागाजा सहित काँग्रेसका उम्मेदवारले गरे मनोनयन दर्ता
माथागढीमा बाजागाजा सहित काँग्रेसका उम्मेदवारले गरे मनोनयन दर्ता पाल्पाको माथागढी गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । आज बाजागाजा सहित पालिका अध्यक्ष,उपाध्यक्ष,वडा अध्यक्ष र सदस्य पदका उम्मेदवारहरुले मनोनयन दर्ता गरेका हुन् ।
एसइई : पाल्पामा नेपाली विषय दिने एक सय ४७ परीक्षार्थी अनुपस्थित
एसइई : पाल्पामा नेपाली विषय दिने एक सय ४७ परीक्षार्थी अनुपस्थित एसइई सञ्चालनको तेस्रो दिन पाल्पामा नेपाली विषय दिने एक सय ४७ जना परीक्षार्थी अनुपस्थित भएका छन् । एक सय चार जना नियमित तर्फका र ४३ जना ग्रेड वृद्धितर्फका प्रशिक्षार्थीहरु अनुपस्थित भएका हुन् । नियमिततर्फ छात्रा ४४ जना, छात्र ६० र ग्रेडवृद्धितर्फ छात्रा १३ , छात्र ३० जना परीक्षार्थी नेपाली विषयमा...
रामपुरमा रुखबाट लडेर एक जनाको मृत्यु
रामपुरमा रुखबाट लडेर एक जनाको मृत्यु जिल्लाको रामपुरमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । रामपुर नगरपालिका –७ घिमिरे टोलका ३५ वर्षीय रमेश आचार्यको सोमबार विहान काब्रोको रुखबाट लडेर मृत्यु भएको हो ।
पाल्पामा उम्मेदवार छान्नै सकस, आज टुंगो लगाएर मनोनयन गर्दै दलहरु
पाल्पामा उम्मेदवार छान्नै सकस, आज टुंगो लगाएर मनोनयन गर्दै दलहरु आसन्न स्थानीय तह निर्वाचनका लागि जिल्लामा दलहरुलाई उम्मेदवार छान्न सकस भएको छ । आइतबार सबै तहका उम्मेदवारहरुको टुंगो नलागे पछि सत्ता गठबन्धन, एमाले, राप्रपा लगायतका दलहरुले सोमबार (आज) मात्रै मनोनयन दर्ता गर्ने भएका छन् । सत्ता गठबन्धनले ढिला गरेर भागबण्डा टुंग्याएको र तल्लो तहदेखि नै आकांक्षीहरु धेरै भएका कारण पनि...
नास्टले बनायो विद्युतीय स्कुटर
नास्टले बनायो विद्युतीय स्कुटर नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले विद्युतीय स्कुटर बनाएको छ । स्कुटरको उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री फम्फा भुसालले सार्वजनिक गरेकी हुन् । स्कुटरलाई सार्वजनिक गर्दै मन्त्री भुसालले प्रदेश सरकारहरुसँग समन्वय गरेर उद्योगको रुपमा नास्टले अगाडि बढाउनुपर्ने बताइन् ।
औलो रोगबाट बचौं
औलो रोगबाट बचौं लामखुट्टेको टोकाइको माध्यमबाट सर्ने रोग औलो रोग हो । यो रोग निवारण गर्ने उद्देश्यका साथ हरेक वर्षको अप्रिल २५ मा विश्व औलो रोग दिवस मनाइने गरिन्छ । आज नेपालसहित विश्वमा विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । विश्व स्वास्थ्य संगठनको निर्णय अनुसार हरेक वर्ष अप्रिल २५ तारिखका दिन विश्व...
पाल्पामा नेपाली काँग्रेसले टुँगो लगायो पालिका उम्मेदवार
पाल्पामा नेपाली काँग्रेसले टुँगो लगायो पालिका उम्मेदवार वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेस पाल्पाले स्थानीय तहका उम्मेदवारहरुको टुंगो लगाएको छ । पाँच दलीय गठबन्धनबाट सहमति भए अनुसार ६ वटा पालिका पाएको काँग्रेसले आइतबार राती मात्र उम्मेदवारको टुँगो लगाएको हो ।
पाल्पामा नेकपा माओवादी केन्द्रले लगायो उम्मेदवारको टुँगो
पाल्पामा नेकपा माओवादी केन्द्रले लगायो उम्मेदवारको टुँगो वैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले उम्मेदवारको टुंगो लगाएको छ ।
पाल्पामा नापी र मालपोतका सेवा बन्द
पाल्पामा नापी र मालपोतका सेवा बन्द जिल्लाको मालपोत कार्यालय र नापी कार्यालयका सेवा केही दिनका लागि बन्द गरिएको छ । नयाँ भवनमा स्थानान्तरण गर्नु पर्ने भएकाले वैशाख ११ गतेदेखि १६ गतेसम्मका लागि दुवै कार्यालयको सेवा बन्द गरिएको हो । नापी र मालपोत कार्यालयले सूचना निकालेर सेवा बन्द गरिएको जनाएका छन् ।
Weather Update