Shittalpati
पाल्पामा नापी र मालपोतका सेवा बन्द

पाल्पा, जिल्लाको मालपोत कार्यालय र नापी कार्यालयका सेवा केही दिनका लागि बन्द गरिएको छ । नयाँ भवनमा स्थानान्तरण गर्नु पर्ने भएकाले वैशाख ११ गतेदेखि १६ गतेसम्मका लागि दुवै कार्यालयको सेवा बन्द गरिएको हो । नापी र मालपोत कार्यालयले सूचना निकालेर सेवा बन्द गरिएको जनाएका छन् ।

भाडाका भवनहरुबाट सेवा प्रवाह गर्दै आएका यि कार्यालयहरुको तानसेन नगरपालिका–४ बारुदखानमा एकिकृत कार्यालय भवन निर्माण सम्पन्न भएकाले कार्यालय स्थानान्तरणको लागि सेवा बन्द गर्नु परेको हो । उनीहरुले छुट्टाछुट्टै सूचना जारी गरेर वैशाख ११ देखि १६ गतेसम्म कार्यालयको श्रेस्ता, मिसिल तथा अन्य लिखित अभिलेख कागजातहरु ,जिन्सी मालसमानहरु तथा नेटवर्किङ सिस्टम समेत नयाँ भवनमा स्थानान्तरण गरिने भएकाले सो अवधि भर कार्यालयको नियमित सेवाप्रवाह स्थगन गरिएको जनाएका छन् ।

प्रकाशित मिति: आइतबार, वैशाख ११, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update