तानसेनमा कार्यपालिका सदस्य निर्वाचित
बुधबार, जेठ १८, २०७९
रामपुरलाई नयाँ सहरको रुपमा विकास गरिने
बुधबार, जेठ १८, २०७९
सरकारले पाल्पाको रामपुरलाई नयाँ सहरको रुपमा विकास गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको बजेट वक्तव्यमा रामपुरलाई नयाँ सहरका रुपमा विकास गर्ने जनाइएको हो । रामपुर सहरलाई नेपालको मौलिकशैली र विशेषता झल्कने संरचना सहितको नयाँ सहरको रुपमा विकास गर्न अध्ययन गरिने अर्थमन्त्री शर्माले बताएका हुन् ।
रेसुङ्गा नगरप्रमुख पन्थीले गरे सडक खण्डको अनुगमन
बुधबार, जेठ १८, २०७९
गुल्मीको रेसुङ्गा नगरपालिका नगरप्रमुख खिलध्वज पन्थीले जिल्लालाई जोड्ने बुटवल–सालझण्डी–पटौटी–खज्र्याङ्ग–तम्घास सडकको अनुगमन गरेका छन् । जिल्लालाई बुटवलसँग जोड्ने द्रुतमार्गको रुपमा रहेको यस सडक खण्डको अनुगमन नगरप्रमुख पन्थीले गरेका हुन् ।
ग्लोबल बैंकका ग्राहकलाई १० प्रतिशत क्यासब्याक योजना
बुधबार, जेठ १८, २०७९
ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरूलाई मिनिसो र मिसियोका स्टोरहरूबाट सामान किन्दा १० प्रतिशतसम्म क्यासब्याक उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ । बैंकले अन्तर्राष्ट्रिय ब्राण्डहरू मिनिसो र मिसियोसँग साझेदारी गरी यो योजना सार्वजनिक गरेको हो ।
स्थानीय तहमा नीति, कार्यक्रम र बजेटको तयारी
बुधबार, जेठ १८, २०७९
स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि नीति, कार्यक्रम तथा बजेट ल्याउने तयारी गरी रहेका छन् । यही असार १० भित्र ल्याउनुपर्ने बजेटका लागि स्थानीय तह अहिले तयारीमा जुटेका छन् । स्थानीय तहले असार १० गते भित्र आगामी आर्थिक वर्षको लागि बजेट ल्याउनु पर्ने हुन्छ ।
कक्षा ११ को ग्रेड वृद्धि परीक्षाको समयतालिका सार्वजनिक
मंगलबार, जेठ १७, २०७९
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ को ग्रेड वृद्धि परीक्षाको समयतालिका सार्वजनिक गरेको छ । यही जेठ २९ गतेदेखि सञ्चालन हुन लागेको कक्षा ११ को साधारण (संगीत, ललितकला र संस्कृत विषय समूहसमेत) तथा प्राविधिक समूह तर्फका ग्रेड वृद्धि एवं आंशिक परीक्षाको समयतालिका सार्वजनिक भएको हो ।
मौसम सफा नभई उडान अनुमति नदिने प्राधिकरणको निर्णय
मंगलबार, जेठ १७, २०७९
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले मौसम सफा नभई आन्तरिक उडानका लागि अनुमति नदिने भएको छ । तारा एअरको विमान दुर्घटना भएसँगै हवाई दुर्घटनाको जोखिम न्यूनीकरणका लागि प्राधिकरणले इन रुट अर्थात् विमान उड्ने र पुग्ने स्थान उडान मार्गको मौसम अनुकूल नभएसम्म उडान अनुमति नदिने निर्णय गरेको हो ।
बजेटमा लुम्बिनी प्रदेश
मंगलबार, जेठ १७, २०७९
सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को बजेटमा लुम्बिनी प्रदेशमा महत्वपूर्ण गौरवका आयोजनालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको बजेटमा लुम्बिनी प्रदेशमा अन्तर्राष्ट्रिय विमानस्थल, पर्यटन, जलविद्युत्, सिँचाइ, शिक्षा, सडक–पूर्वाधार र सुरुङमार्ग लगायतका आयोजनालाई प्राथमिकता दिइएको छ ।
आज सुर्तीजन्य पदार्थ विरुद्धको दिवस
मंगलबार, जेठ १७, २०७९
सुर्तीजन्य वस्तुहरुको प्रयोग विरुद्ध सचेतनामुलक कार्यक्रम गर्दै आज विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदैछ । हरेक वर्ष मे ३१ तारिखमा विश्वभर यो दिवस मनाउने गरिन्छ । यो दिवसलाई धुम्रपान विरुद्धको दिवस पनि भनिन्छ । दिवसका अवसरमा सुर्तीजन्य वस्तुहरुको सेवनबाट मानवीय स्वास्थ्यमा पर्ने हानी नोक्सानी बारे सचेतना जगाउने कार्यक्रमहरु गरिन्छ ।
वडाबाटै निःशुल्क स्वास्थ्य बिमा र शिक्षा
मंगलबार, जेठ १७, २०७९
जिल्लाको रेसुङ्गा नगरपालिका ४ को वडा कार्यालयले निःशुल्क स्वास्थ्य बिमा र निःशुल्क शिक्षा दिने भएको छ । नवनिर्वाचित वडाध्यक्ष लिलाधर आचार्यले वडामा पदभार ग्रहण गरेसँगै वडाका विपन्न नागरिकका लागि निःशुल्क स्वास्थ्य बिमा र निःशुल्क शिक्षा दिने लोकप्रिय निर्णय गरेका हुन् ।
बजेट कार्यान्वयन होस्
मंगलबार, जेठ १७, २०७९
सरकारले आगामी वर्षका लागि अर्थात् साउनदेखि लागू हुने गरी विगतमा झैं बजेट प्रस्तुत गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार आगामी आर्थिक वर्ष २०७९/०८० का लागि १७ खर्बको बढीको बजेट प्रस्तुत गरेका छन् । बजेट प्रस्तुत भएपछि बजेटका विषयमा फरक फरक धारणाहरु सार्वजनिक भइरहेका छन् । तर, समग्रमा बजेट सफल...


