कोरियन भाषा परीक्षाको आवेदन खुल्यो
सोमबार, फागुन ३०, २०७८
तानसेनमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
सोमबार, फागुन ३०, २०७८
जिलाको तानसेन नगरपालिका–५ ढुङ्गाखानीस्थित तानसेन गुल्मी सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । तानसेनबाट हार्थोकतर्फ जाँदै गरेको लु १४ प ६८६४ नम्वरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक रिब्दीकोट गाउँपालिका –४ भैरवस्थानका २० वर्षीय भरत गोदारको मृत्यु भएको हो ।
पाल्पामा काँग्रेसको वृहत भेला, जनताको घर–घरमा पुगेर एमसीसीबारेको दुष्प्रचार र भ्रम चिर्ने
सोमबार, फागुन ३०, २०७८
नेपाली काँग्रेस पाल्पाले वृहत जिल्ला भेला गरेको छ । काँग्रेसले ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियान अन्तर्गत आइतबार तानसेनमा वृहत जिल्ला भेला आयोजना गरेको हो । भेलामा बोल्ने अधिकांश वक्ताहरुले जनताको घर–घरमा पुगेर एमसीसीबारे छरिएका भ्रम र दुष्प्रचार चिर्ने बताएका छन् ।
बगनासकालीको खानीछाप बन्यो ‘पूर्ण सरसफाईयुक्त वडा’
सोमबार, फागुन ३०, २०७८
जिल्लाको बगनासकाली गाउँपालिका–४ खानीछापलाई पूर्ण सरसफाईयुक्त वडा घोषणा गरिएको छ । नियमित रुपमा चर्पीको प्रयोग, महत्वपूर्ण अवस्थाहरुमा साबुन पानीले हातधुने, पिउने पानीको सुरक्षित व्यवस्थापन र शुद्धिकरण, व्यक्तिगत सरसफाई तथा स्वच्छतामा सुधार तथा घरभित्र र बाहिरका फोहोरमैलाको उचित व्यवस्थापन लगायतका मापदण्ड पूरा गरी वडालाई पूर्ण सरसफाईयुक्त घोषणा गरिएको हो ।
टीभीएस रेडर १२५ लाई इण्डियन उपाधि
सोमबार, फागुन ३०, २०७८
टीभीएस रेडर १२५ ले प्रतिष्ठित भारतीय अवार्ड, इन्डियन मोटरसाइकल अफ दि इयर (आईएमओटीवाई) उपाधि पाउन सफल भएको छ । टीभीएस रेडारले मनोनयनमा परेका अन्य ५ कडा प्रतिस्पर्धी मोटरसाइकललाई पछि पार्दै टीभीएस रेडरले उपाधि हात पार्न सफल भएको हो ।
अर्थतन्त्र सुधारमा गम्भीर बन
सोमबार, फागुन ३०, २०७८
कोरोना महामारीका कारण थिलोथिलो परेको अर्थतन्त्र थप संकटतर्फ उन्मुख भएको देखिएको छ । अर्थतन्त्रका सबै सूचकहरू यतिबेला नकारात्मक छन् । विदेशी विनिमय सञ्चितिमा परेको दबाब कम गर्न सरकार आयात नियन्त्रणमा उत्रिएको छ । यसले बजारमा अराजकताको खतरा बढेकोमात्र होइन, संकेत देखा परिसकेको छ । तरलता संकट छ ।
प्रतिनिधिसभाको बैठक चैत २ गते
आइतबार, फागुन २९, २०७८
प्रतिनिधिसभाको अर्को बैठक चैत २ गते बुधबार बस्ने भएको छ । एमालेको अवरोधबीच आइतबार सञ्चालन भएको बैंठकमा केही प्रस्ताव पेश गर्दै अर्को बैंठक चैत २ गेत रखिएको हो ।
आवश्यकता अनुसार स्थानीयतहमा गठबन्धन हुन्छ : काँग्रेस नेता कोइराला
आइतबार, फागुन २९, २०७८
नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले स्थानीयतहमा आवश्यकताका आधारमा मात्र गठबन्धन हुने बताएका छन् । काँग्रेसले सञ्चालन गरेको घर–घर जाऔं, काँग्रेस जिताऔं अभियान सफल बनाउन केन्द्रबाट प्रतिनिधिको रुपमा गुल्मी आएका कोइरालाले आइतबार बीपी स्मृति भवन तम्घासमा आयोजित पत्रकार सम्मेलनमा स्थानीय तहको निर्वाचनमा आवश्यकताका आधारमा मात्र गठबन्धन गरिने उल्लेख गरे ।
तानसेन नगर सरकारको ‘छोरी शिक्षा’ कार्यक्रम
आइतबार, फागुन २९, २०७८
पढ्ने इच्छा भएका तर आर्थिक अभावबाट बञ्चित छोरीहरुलाई लक्षित गरेर तानसेन नगर सरकारले ‘छोरी शिक्षा’ कार्यक्रम शुरु गरेको छ । दलित, जनजाती, अल्पसंख्यक तथा अन्य समुदायका अधिकाश छात्राहरु आधारभुत तहसम्म अध्ययन गरी सो भन्दा माथि अध्ययन गर्ने हैसियत नभएका, चेतना र गरीवीले पिल्सीएका छोरीहरुलाई लक्षित गरी नगर सरकारले छोरी शिक्षा...
रोकौं सडक दुर्घटना
आइतबार, फागुन २९, २०७८
सडक सुरक्षा सम्बन्धी अत्यावश्यक प्रणाली नबनाइँदा वर्षेनि बढ्दो सडक दुर्घटनाका कारण देशले आर्थिक रूपमा सक्रिय ठूलो जनसंख्या गुमाइरहेको छ । गत बिहीबार मात्र संखुवासभाको मादीमा भएको बस दुर्घटनामा १५ जनाले ज्यान गुमाए । घुम्तीमा तीव्र गतिका कारण बस दुर्घटना भएको खुलेको छ । यो त एउटा प्रतिनिधि घटना मात्र हो ...
‘संक्रमण घटे पनि जोखिम यथावत्’
शनिबार, फागुन २८, २०७८
मुलुकमा कोभिड–१९ को संक्रमण क्रमश : कम हुँदै गएको छ । यद्यपि जोखिम भने यथावत् रहेको बताउँदै चिकित्सकहरूले स्वास्थ्य सुरक्षाका सबै उपाय अवलम्बन गर्न सुझाएका छन् ।


