Shittalpati
नास्टले बनायो विद्युतीय स्कुटर
नास्टले बनायो विद्युतीय स्कुटर नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले विद्युतीय स्कुटर बनाएको छ । स्कुटरको उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री फम्फा भुसालले सार्वजनिक गरेकी हुन् । स्कुटरलाई सार्वजनिक गर्दै मन्त्री भुसालले प्रदेश सरकारहरुसँग समन्वय गरेर उद्योगको रुपमा नास्टले अगाडि बढाउनुपर्ने बताइन् ।
औलो रोगबाट बचौं
औलो रोगबाट बचौं लामखुट्टेको टोकाइको माध्यमबाट सर्ने रोग औलो रोग हो । यो रोग निवारण गर्ने उद्देश्यका साथ हरेक वर्षको अप्रिल २५ मा विश्व औलो रोग दिवस मनाइने गरिन्छ । आज नेपालसहित विश्वमा विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । विश्व स्वास्थ्य संगठनको निर्णय अनुसार हरेक वर्ष अप्रिल २५ तारिखका दिन विश्व...
पाल्पामा नेपाली काँग्रेसले टुँगो लगायो पालिका उम्मेदवार
पाल्पामा नेपाली काँग्रेसले टुँगो लगायो पालिका उम्मेदवार वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेस पाल्पाले स्थानीय तहका उम्मेदवारहरुको टुंगो लगाएको छ । पाँच दलीय गठबन्धनबाट सहमति भए अनुसार ६ वटा पालिका पाएको काँग्रेसले आइतबार राती मात्र उम्मेदवारको टुँगो लगाएको हो ।
पाल्पामा नेकपा माओवादी केन्द्रले लगायो उम्मेदवारको टुँगो
पाल्पामा नेकपा माओवादी केन्द्रले लगायो उम्मेदवारको टुँगो वैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले उम्मेदवारको टुंगो लगाएको छ ।
पाल्पामा नापी र मालपोतका सेवा बन्द
पाल्पामा नापी र मालपोतका सेवा बन्द जिल्लाको मालपोत कार्यालय र नापी कार्यालयका सेवा केही दिनका लागि बन्द गरिएको छ । नयाँ भवनमा स्थानान्तरण गर्नु पर्ने भएकाले वैशाख ११ गतेदेखि १६ गतेसम्मका लागि दुवै कार्यालयको सेवा बन्द गरिएको हो । नापी र मालपोत कार्यालयले सूचना निकालेर सेवा बन्द गरिएको जनाएका छन् ।
गुल्मी काँग्रेसका सभापति पन्थी मेयरका उम्मेदवार
गुल्मी काँग्रेसका सभापति पन्थी मेयरका उम्मेदवार आसन्न वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनको लागि नेपाली काँग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले मेयरमा उम्मेदवारी दिने भएका छन् । उनले रेसुङ्गा नगरपालिकामा नेपाली काँग्रेसको तर्फबाट मेयर पदमा उम्मेदवारी दिने भएका हुन् ।
प्रेस चौतारी पाल्पाका सदस्य कार्की प्रेस युनियन प्रवेश
प्रेस चौतारी पाल्पाका सदस्य कार्की प्रेस युनियन प्रवेश प्रेस चौतारी पाल्पाका कार्यसमिति सदस्य तथा जिल्लाका क्रियाशिल पत्रकार सुनिल कार्की नेपाल प्रेस युनियन प्रवेश गरेका छन् । उनी युनियनका गतिविधिहरुप्रति आकर्षित भएको भन्दै युनियन प्रवेश गरेका हुन् । युनियनले नवप्रवेशी कार्कीलाई आईतबार एक कार्यक्रमकाबिच युनियनको सदस्यता दिएको छ ।
पाल्पामा गणित विषय दिने एक सय ३६ परीक्षार्थी अनुपस्थित
पाल्पामा गणित विषय दिने एक सय ३६ परीक्षार्थी अनुपस्थित माध्यमिक शिक्षा परीक्षा एसइईको दोस्रो दिन पाल्पामा गणित विषय दिने एक सय ३६ जना परीक्षार्थी अनुपस्थित भएका छन् । एक सय चार जना नियमित तर्फका र ३२ जना ग्रेड वृद्धितर्फका प्रशिक्षार्थीहरु अनुपस्थित भएका हुन् । शिक्षा विकास तथा समन्वय इकाई पाल्पाका अनुसार नियमिततर्फ छात्रा ५०, छात्र ५४ र ग्रेडवृद्धितर्फ छात्रा...
स्थानीय तह निर्वाचन आजदेखि उम्मेदवारी दर्ता, उम्मेदवार बन्न २१ वर्ष पुरा हुनुपर्ने
स्थानीय तह निर्वाचन आजदेखि उम्मेदवारी दर्ता, उम्मेदवार बन्न २१ वर्ष पुरा हुनुपर्ने वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि आजदेखि उम्मेदवारी दर्ता सुरु हुँदै छ । बिहान १० बजेदेखि ५ बजेसम्म मनोनयन दर्ता हुनेछ । सोमबार पनि सोही समयभित्र मनोनय दर्ता गरिसक्नुपर्ने आयोगले जनाएको छ । स्थानीय तह निर्वाचनमा भाग लिने व्यक्तिहरुले निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्नुपर्ने छ ।
आज लोकतन्त्र दिवस देशभर मनाइँदै
आज लोकतन्त्र दिवस देशभर मनाइँदै देशभर १६ औं लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी आज मनाइँदैछ । उन्नाईस दिने जनआन्दोलनको बलमा लोकतन्त्र स्थापना भएको दिनको सम्झनामा लोकतन्त्र दिवस मनाउन लागिएको हो । आजैका दिन राजाबाट खोसिएको अधिकार जनआन्दोलनको शक्तिका कारण पाएकाले लोकतन्त्र दिवसको महत्व छ ।
‘लैङ्गिक हिंसा र असमानताविरुद्ध समाचार लेख्नुहोस्’
‘लैङ्गिक हिंसा र असमानताविरुद्ध समाचार लेख्नुहोस्’ लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले समाजमा भएका लैङ्गिक हिंसा र असमानताविरुद्ध निरन्तर समाचार लेख्न महिला पत्रकारहरुलाई आग्रह गरेका छन् । महिला र बालबालिकामाथि भएको हिंसाले समाजलाई दूषित बनाएको उल्लेख गर्दै उनले यसविरुद्ध महिला पत्रकारले अभियानका रुपमा कलम चलाउनुपर्ने बताए ।
Weather Update