पाल्पा, नेपालमा थप दुई कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका छन् । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड र इष्टर्न हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्न अनुमति पाएका हुन् । खप्तडले सर्वसाधारणलाई प्रतिकित्ता एक सय रूपैयाँ अंकित दरमा एक करोड ३२ लाख रूपैयाँ बराबरको एक लाख ३२ हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको हो ।
संस्थाको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्ने छ । बोर्डले १० साउनमा कम्पनीलाई आईपीओ निष्कासन गर्ने स्वीकृति प्रदान गरेको हो । यस्तै इष्टर्नले प्रतिकित्ता एक सय रूपैयाँ अंकित दरमा १२ करोड ४० लाख रूपैयाँ बराबरको १२ लाख ४० हजार कित्ता आईपीओ निष्कासन गर्न मंसिर २४ गते निवेदन दिएको थियो । बोर्डले साउन ९ गते अनुमति प्रदान गरेको हो । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम, एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ । पछिल्लो समय शेयर बजारमा लगानी कर्ताको आकर्षण बढ्दै गए पनि कम्पनीहरुले आईपीओ निष्कासनका लागि अनुमाति लिइरहेका छन् ।