श्रीनगर यातायातका चालकलाई सचेतना
आइतबार, साउन २२, २०७९
बैंकहरूले निक्षेपको ब्याजदर नबढाउने
आइतबार, साउन २२, २०७९
बैंकहरू तत्काल निक्षेपको ब्याजदर वृद्धि नगर्ने पक्षमा देखिएका छन् । राष्ट्र बैंकले मौद्रिक नीति कार्यान्वयनको लागि निर्देशिका जारी गर्दै निक्षेपको ब्याजदर बढाउनुपर्ने बताए पनि बैंकहरु तत्काल व्याजदर नबढाउने पक्षमा देखिएका हुन् । नेपाल बैंकर्स संघले तत्काल निक्षेपको ब्याजदर नबढाउने बताएको छ ।
निर्वाचनमा विवेकको प्रयोग गरौं
आइतबार, साउन २२, २०७९
भर्खरै सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति ४ मंसिर २०७९ मा हुने घोषणा गरेको छ । योसँगै देश निर्वाचनको माहोलतर्फ धकेलिएको छ । क्षेत्र,प्रदेशमा को कुन पदमा उठ्ने भन्ने बहसले चिया पसलदेखि चोक चौताराहरू तात्तिन थालेका छन् ।
रामपुरमा अटो र जिप ठोक्किदा अटो चालकको ज्यान गयो
शनिबार, साउन २१, २०७९
जिल्लाको रामपुर नगरपालिका–५, सानीअमराईमा अटो र जिप ठोक्किदा अटो चालकको ज्यान गएको छ । शुक्रबार साँझ कालिआँपबाट रामपुर बेझाँडतर्फ आउदै गरेको लु १ ज ४१३३ नम्बरको जिप र विरीत दिशाबाट जाँदै गरेको लु १ ह ४१३८ नम्बरको अटो एक आपसमा ठोक्किदा अटो चालक निस्दी गाउँपालिका–२, सहलकोटका ४५ वर्षीय चोपबहादुर ढेंगाको...
ब्याजदर बढाउन बैंकहरुलाई बाटो खुला
शनिबार, साउन २१, २०७९
बैंक तथा वित्तीय संस्थालाई निक्षेपको ब्याजदर बढाउन बाटो खुलेको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा गरिएको घोषणा कार्यान्वयनका लागि निर्देशन जारी गर्दै बैंक तथा वित्तीय संस्थाले तत्काल ब्याजदर बढाउन सक्ने बाटो खुला गरेको हो ।
सत्ता गठबन्धनले चुनावी तालमेल गर्ने
शनिबार, साउन २१, २०७९
स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गरेको पाँच दलीय सत्ता गठबन्धनले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पनि तालमेल गर्ने भएका छन् ।
इस्माका टोल–टोलमा पुगेर सामाजिक सुरक्षा भत्ता
शनिबार, साउन २१, २०७९
जिल्लाको इस्मा गाउँपालिकाले टोल–टोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । पालिकावासीलाई बैंकसम्म जान समस्या परेको जनाउँदै पालिकाले टोलमा पुगेर सो भत्ता वितरण गर्न थालेको हो ।
चुरेका पहिरो पीडित भन्छन् ‘आकाश गर्जेपछि मन नै सिरिङ्ग हुन्छ’
शनिबार, साउन २१, २०७९
बुटवल उपमहानगरपालिका–३ ज्योतिनगर निवासी विनबहादुर विटालु राम्रोसँग ननिदाएको धेरै दिन भयो । श्रवनडाँडाको माथिल्लो भागबाट पहिरो सिधैँ बुटवल बजारतर्फ आउने डरले उनी रातभर निदाउन सक्दैनन् । पानी पर्ने वित्तिकै विटालु दम्पती घर छोडेर बेलवासस्थित आफन्तकोमा बास बस्न जान्छन् ।
ज्ञानेन्द्र अटो वक्र्सको व्यवसायिक फड्को : वक्र्स, मोटरसाइकल,स्कुटरदेखि जेसीबीसम्म
शुक्रबार, साउन २०, २०७९
तानसेनको भिमसेनटोलमा अटो वक्र्स, मोटरसाईकल र स्कुटरको व्यवसायिक विक्री वितरण गर्दै आएको ज्ञानेन्द्र अटो वक्र्सले व्यवसायिक फड्को मारेको छ । तत्कालिन समयमा पाल्पा सहित लुम्बिनी अञ्चललाई केन्द्रीत गरी अटो वक्र्स सञ्चालन गरेको ज्ञानेन्द्र अटोले अहिले व्यवसायिक फड्को मारेको हो । विगत ३५ वर्ष अघि ज्ञानेन्द्र काजी शाक्यले अटो वक्र्सका रुपमा...
पाल्पा टेक्निकल इन्स्टिच्युटले ल्यायो नयाँ कार्यक्रम
शुक्रबार, साउन २०, २०७९
स्वास्थ्य क्षेत्रमा पठन– पाठन गराउँदै आएको पाल्पा टेक्निकल इन्स्टिच्युटले यही वर्षदेखी नयाँ विधाका कार्यक्रमहरु अध्यायपन गराउने भएको छ । संस्थाले चालु आर्थिक बर्षबाटै ३ बर्षे एच. ए, सि.एम. एल.टी. र फिजियो थेरापी विषयहरु अध्यायपनका लागि सिटिइभिटीले स्वीकृत प्रदान गरेको जनाएको छ ।


