Shittalpati
विपन्न कुमालको निःशुल्क उपचार

गुल्मी, आर्थिक अभावका कारण उपचार नपाएका जिल्लाको इस्मा गाउँपालिका–२ छल्दीका ६४ वर्षीय टीके कुमालको गुल्मी अस्पतालले निःशुल्क उपचार गरिदिएको छ । रुखबाट लडेर घाइते भएका कुमालको गुल्मी अस्पतालमा उपचार पछि फोक्सोमा समस्याका कारण बुटवल रिफर गरिएको थियो । तर आर्थिक अभावका कारण उनी बुटवल नगई घर फर्किएका थिए । उनलाई गुल्मी अस्पतालले बुटवलसम्मका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था समेत गरेको थियो । तर उनी उपचारका लागि पैसा नभएकै कारण जान सकेनन् ।

घरको लालपूर्जा लिएर उपचार खर्च जुटाउन हिडे पनि उनले कहि कतैबाट सहयोग पाउन सकेनन् । दैनिक जसो समस्या बल्झदै जान थालेपछि पुनः कुमाल गुल्मी अस्पताल पुगेका थिए । अहिले अस्पतालले उनको निःशुल्क रुपमा उपचार गरिदिएको छ । अस्पताल प्रमुख डाक्टर उत्तम पच्याका अनुसार रुखबाट लडेर सुरुमा अस्पतालमा आउँदा उनलाई निःशुल्क रुपमा बुटवलसम्म पुग्ने र उपचारको व्यवस्था मिलाइएको थियो । तर विरामी उपचार नगरी घर फर्केका थिए । पुनः गुल्मी अस्पतालमा ल्याई उपचारपछि अहिले अवस्था सामान्य हुँदै गएको डाक्टर पच्चयाले बताए ।

यस्तै केहि दिन अघि जिल्लाको मदाने गाउँपालिका वडा ३ सिर्सेनीकी दीपा नेपालीले गुल्मी अस्पतालबाट पुर्नजन्म पाएकी छन् । उनी साउन १० गते पुर्कोटदह स्वास्थ्य चौकीमा सुत्केरी भएकी थिइन् । सुत्केरी भएको केही समय पछि उनको यौनीमार्गबाट रगत बगिरहेपछि उनी वेहोस भएकी थिइन् । उनको ज्यान बचाउनको लागि राति ११ बजे गुल्मी अस्पतालमा लिएपछि २ पोका रगत र स्वास्थ्यकर्मीको उपचारले पुर्नजन्म पाएकी हुन् ।
–अनिल खत्रीको सहयोगमा

प्रकाशित मिति: मंगलबार, साउन १७, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update