Shittalpati
कालीगण्डकी गाउँपालिकाका ५६ छोरीले पाए दुई लाख ८० हजार
Ambe still
pancha kanya steel

तम्घास, गुल्मीको कालीगण्डकी गाउँपालिकामा गत आर्थिक वर्षमा जन्मिएका ५६ छोरीले कूल दुई लाख ८० हजार रुपैयाँ पाएका छन् ।
गाउँपालिकाको आर्थिक वर्ष २०७८÷७९ को नीति तथा कार्यक्रममा छोरी जन्मिए आर्थिक सहायता दिने उल्लेख गर्दै कार्यपालिका बैठकले जन्मिएका छोरीकै नाममा जनही पाँच हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरेको थियो । त्यसै अनुसार पालिकाले गत आर्थिक वर्षमा पालिकाभित्र जन्मिएका छोरीहरुका लागि पाँच हजार रुपैयाँका दरले कूल दुई लाख ८० हजार रुपैयाँ उपलब्ध गराएको हो । उनीहरुको बैंक खाता खोली रकम बैंकमा नै जम्मा गरिएको छ ।
जन्मदर्ता र वडाको सिफारिसको आधारमा रकम प्रदान गरिएको गाउँपालिकाकी उपाध्यक्ष मञ्जु दर्लामीले जानकारी दिइन् । ‘छोरी भए गर्भपतन गराउने प्रचलन अझै छ ।’ उनले भनिन्, ‘उक्त रकमले छोरीको वृद्धि विकासमा सानो भए पनि सहयोग पुग्नेछ ।’ यो कार्यक्रमलाई चालु आर्थिक वर्षमा पनि निरन्तरता दिन पाँच लाख रुपैयाँ रकम विनियोजन गरिएको उपाध्यक्ष दर्लामीले बताइन् । –रासस

प्रकाशित मिति: बुधबार, साउन १८, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update