नवजनचेतना राष्ट्रिय दैनिक २०७९ भदौ ६ गते सोमबार
सोमबार, भदौ ६, २०७९
तानसेनमा अमरनारायण रथयात्रा निकालियो
आइतबार, भदौ ५, २०७९
जिल्लाको सदरमुकाम तानसेनमा अमरनारायणको रथयात्रा निकालिएको छ । तत्कालीन समयमा सेन राज्य पाल्पा नेपालमा राज्य विलय भएपछि पाल्पाको कमाण्डर भएपछि काजी अमरसिंह थापाले नारायणको कलात्मक मन्दिर निर्माण गरी हरेक वर्ष तानसेनमा जात्रा निकाल्ने प्रचलन अनुरुप यस वर्ष आइतबार निकालिएको हो ।
हार्दिक श्रद्धाञ्जली ! निष्ठाका धरोहर प्रदीप गिरी
आइतबार, भदौ ५, २०७९
विसं २०५६ को प्रतिनिधिसभा निर्वाचनमा नेता प्रदीप गिरीको गृहजिल्ला सिरहा पुग्नुभएका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले गिरीको चुनावी सभामा भनेका थिए ‘तपाईंहरू प्रदीप गिरीलाई जिताएर पठाउनुस्, म शक्तिशाली मन्त्री बनाउँछु, पछि प्रधानमन्त्री नै बनाउँछु ।’’
निवर्तमान नगर प्रमुख र उप–प्रमुख नेकपा एसमा प्रवेश
आइतबार, भदौ ५, २०७९
तानसेन नगरपालिकाका निवर्तमान नगर प्रमुख अशोक कुमार शाही र उप प्रमुख लक्ष्मीदेवी पाठकसहितका नेताहरु नेकपा एकिकृत समाजवादी (एस) मा प्रवेश गरेका छन् । नेकपा एमालेबाट २०७४ को स्थानीय तहको निर्वाचनमा तानसेन नगरपालिकाको नगर प्रमुख र उपप्रमुखमा निर्वाचित भएका उनीहरु पार्टीका गतिविधिहरुबाट असन्तुष्टि जनाउँदै नेकपा एसमा प्रवेश गरेका हुन् ।
आत्मनिर्भर अर्थतन्त्र निर्माणका कदम
आइतबार, भदौ ५, २०७९
भन्ने गरिन्छ युद्धले भन्दा छिटो कुनै पनि देशलाई धोस्त पार्नु छ भने त्यो देशको अर्थतन्त्रलाई कमजोर बनाउनु,अर्थतन्त्र कमजोर बनाउनु छ भने देश भित्र द्वन्द्व र अस्थिरताको आगो सल्काईदिनु ।’ जुन घटना हामीले माओवादी १० वर्षे जनयुद्ध र पटक पटकका व्यवस्था परिवर्तनका लागि गरिएका बन्द, हड्तालमा नै अनुभव र सामाना गर्दै...
पाल्पामा नेपाल–अंग्रेज युद्वको सम्झना, भगवती जात्रालाई राष्ट्रियकरण गर्न जोड
आइतबार, भदौ ५, २०७९
नेपाल–अंग्रेज युद्धमा नेपाली सेनाले अंग्रेजलाई हराएको सम्झनामा शनिबार पाल्पाको तानसेनमा विजयी उत्सव स्वरुप ऐतिहासिक भगवती जात्रा मनाइएको छ । नेपाल अंग्रज युद्धसँग जोडिएको र वीरताको प्रतिकका रुपमा प्रत्येक वर्ष मनाइने श्री ७ रणउज्जेश्वरी भगवति जात्रा हर्सोउल्लासका साथ मनाइएको हो ।
तानसेन गुठीद्वारा छात्रवृत्ति, पुरस्कार र जात्रालाई सहयोग
आइतबार, भदौ ५, २०७९
धार्मिक, सांस्कृतिक र सामाजिक परोपकारीको क्षेत्रमा सक्रिय रहँदै आएको तानसेन गुठी तानसेन शाखाले छात्रवृत्ति, पुरस्कार, स्वास्थ्य उपचार खर्च र सांस्कृतिक पर्व जात्राहरुका लागि आर्थिक सहयोग गरेको छ । गुठीले तानसेनमा अध्ययनरत गरिब, जेहान्दार विद्यार्थीलाई छात्रवृत्ति, एसईईमा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीलाई पुरस्कार, आर्थिक अवस्था कमजोर भएकालाई उपचार खर्च र तानसेनमा सञ्चालन...
ग्लोबलको अनलाइन मार्फत ग्राहक पहिचान सेवा
आइतबार, भदौ ५, २०७९
ग्लोबल आइएमई बैंकले अनलाइन भिडियो मार्फत ग्राहक पहिचान सेवाको सुरुवात गरेको छ । यो सेवाको सुरुवातसँगै ग्लोबल आइएमई बैंकका नयाँ ग्राहकहरुले अनलाइन मार्फत खाता खोली भिडियो केवाईसी मार्फत आफ्नो पहिचान गरी खाता सुचारु गर्न सक्नेछन् ।
अस्वाभाविक महँगी
आइतबार, भदौ ५, २०७९
दिनप्रतिदिन अकासिँदो महँगीले उपभोक्ताको ढाड नराम्रोसित सेकिरहेको छ । तैपनि सरकार भने यसप्रति पूरै बेसरोकार देखिन्छ । अहिले खाद्यान्नदेखि हरेक वस्तुहरुमा अस्वाभाविक रुपमा महँगी बढेको छ । व्यापारीहरुले केही साना बहाना पाउनु हुन्न बजारमा भाउ बढाई हाल्छन् ।
तानसेनमा जात्रा हेर्न आउनेलाई सडकमै पानी
शनिबार, भदौ ४, २०७९
सामाजिक सेवामा क्रियाशिल रहेका पाल्पाका लायन्स क्लव र रोट्रयाक क्लवहरुले ऐतिहासिक भगवती जात्रा हेर्न आउनेहरुका लागि पानी सहयोग गरेका छन् । शनिबार भगवती जात्रा हेर्न आएका जात्रालुहरुलाई लायन्स क्लव अफ पाल्पा, लियो क्लव अफ पाल्पा दोस्रो, लियो क्लव अफ एलएमसी र रोट्रयाक क्लव अफ पाल्पा तानसेनले तानसेनको हुलाकचोकमा निः शुल्क...
कोरोनाका कारण थप दुई जनाको ज्यान गयो
शनिबार, भदौ ४, २०७९
कोरोनाका कारण पछिल्लो २४ घण्टामा थप दुई जनाको ज्यान गएको छ । देशका विभिन्न अस्पताल तथा होमआइशोलेशनमा उपचार गराइरहेका दुई जनाको शनिबार ज्यान गएको हो । योसँगै कोरोना संक्रमणका कारण ज्यान जानेको संख्या ११ हजार ९ सय ९२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
अंग्रेजलाई हराएको सम्झनामा पाल्पामा भगवती जात्रा
शनिबार, भदौ ४, २०७९
पाल्पाको तानसेनमा शनिबार ऐतिहासिक भगवती जात्रा हर्षोल्लाहका साथ मनाइएको छ । गोरखालीले अंग्रेजलाई युद्धमा हराएको सम्झनामा शनिबार वीरताको प्रतिकको रुपमा सिन्दुर जात्रा गरी भगवती रथयात्रा निकालिएको हो ।


