नवजनचेतना राष्ट्रिय दैनिक २०७९ भदौ २ गते बिहीबार
बिहीबार, भदौ २, २०७९
८ सय ५२ नयाँ संक्रमित थपिए
बुधबार, भदौ १, २०७९
पछिल्लो २४ घण्टामा ८ सय ५२ नयाँ कोरोना भाइरस संक्रमित थपिएका छन् । देशका विभिन्न स्थानमा गरिएको कोरोना परीक्षणमा थप ८ सय ५२ जनामा संक्रमण पुष्टि भएको हो ।
काँग्रेस केन्द्रीय सदस्यमा १० महिला मनोनित
बुधबार, भदौ १, २०७९
नेपाली काँंग्रेसले १० जना महिलालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले १० जनालाई काँग्रेस केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनयन गरेका हुन् ।
दलको अस्तित्व रक्षाका लागि गठबन्धन आवश्यक : मन्त्री चौधरी
बुधबार, भदौ १, २०७९
शहरी विकास मन्त्री मेटमणी चौधरीले दलको अस्तित्व रक्षाका लागि गठबन्धन आवश्यक रहेको बताएका छन् । नेपाल पत्रकार महासंघ पाल्पाले तानसेनमा बुधबार आयोजना गरेको गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री चौधरीले गठबन्धनमा रहेका ठूला पार्टी, साना पार्टी एक्ला एक्लै मैदानमा उत्रिदा सबैको अस्तित्व खुम्चिने भएकाले आफ्नो अस्तित्व जोगाउनका लागि भए पनि गठबन्धन...
हराउँदै गयो जात्राको रौनक
बुधबार, भदौ १, २०७९
गाउँघरमा देखाइने विभिन्न जात्रा उत्सवका रुपमा लिइन्थ्यो । जात्रा देखाउने दिन घरायसी कामधन्दा सबेरै सकेर स्थानीय जात्रा हेर्न पुग्दथे । विशेषगरी महिलाहरु छोराछोरी काखमा च्याएर कोही हातमा समाउँदै हस्याङफस्याङ गर्दै जात्रा हेर्न उत्साहित हुँदै जाने गर्दथे । हिजोआज भने पहिलेजसो जात्रा हेर्न जानेको उत्साह देखिदैन । पाल्पामा देखाइने गाईजात्रा, रोपाइँजात्रा,...
‘विकासका लागि पर्यटन व्यवसायलाई पहिलो प्राथमिकता’
बुधबार, भदौ १, २०७९
लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वीरबहादुर रानाले पाल्पाको समग्र विकासका लागि पर्यटन व्यवसायलाई पहिलो प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरेका छन् । मंगलबार होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ पाल्पाको आयोजित दोस्रो तथा तेस्रो साधारणसभाको समुद्घाटनमा मन्त्री रानाले पर्यटन व्यवसायलाई पहिलो प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरेका हुन् ।
विद्युत प्राधिकरण पाल्पाद्वारा वार्षिकउत्सवमा रक्तदान
बुधबार, भदौ १, २०७९
नेपाल विद्युत प्राधिकरणको ३७ औं वार्षिकउत्सवको अवसरमा पाल्पा वितरण केन्द्र तानसेन पाल्पाले कार्यालय परिसरमा रक्तदान कार्यक्रम गरेको छ । रक्तदान जीवनदान अभियानका साथ विद्युत प्राधिकरण पाल्पा शाखाले नेपाल रेडक्रस शोसाइटी पाल्पाको समन्वय र लुम्बिनी मेडिकल कलेज प्रभासको प्राविधिक सहयोगमा कार्यालयका कर्मचारीहरुले रक्तदान गरेका हुन् ।
प्रदेश सांसद र राज्यकोषको दोहन
बुधबार, भदौ १, २०७९
लोभको भाडो कहिल्यै पनि भरिदैन भन्ने प्रचलन रहेको छ । त्यसै अनुरुप लुम्बिनी प्रदेशका प्रदेश सांसदहरुले उपचारको नाममा करौडांै रुपैयाँ राज्यकोष दोहन गरेका खवरले अहिले सिंगो प्रदेश तातेको छ । यहाँ सम्म कि आफुलाई अब्वल चिकित्सक भन्ने सांसदहरु पनि यो शिर्षकबाट राज्यकोषको दोहन गर्ने कार्यमा अब्वल देखिए ।
मादकपदार्थ सेवन गरी लडेका श्रेष्ठको मृत्यु
मंगलबार, साउन ३१, २०७९
तानसेन ८, जरेपिपलस्थित सिद्धार्थ राजमार्गमा मादकपदार्थ सेवन गरी लडेका विक्रम श्रेष्ठको मृत्यु भएको छ । मंगलबार बिहान मादकपदार्थ सेवन गरी लडेका २५ वर्षिय विक्रम श्रेष्ठको मृत्यु भएको हो ।
उपचारको नाममा र्याल काढ्ने प्रदेश सांसदहरू
मंगलबार, साउन ३१, २०७९
नेकपा एमालेका प्रदेश सांसद डा.पुरनमान बज्राचार्य सहितका धेरै जसो लुम्बिनी प्रदेश सांसदहरुले औषधि उपचारका नाममा लिएको रकमको विषयमा अहिले व्यापक चर्चा परिचर्चा भएको छ । आर्थिक रुपमा बलिया भए पनि सामन्य उपचारमा राज्यकोषको झण्डै आधा करोड रकम खर्च भएपछि अहिले चर्चाले व्यापकता पाएको हो । प्रदेश सांसद ब्रजाचार्य सपन्नशाली र...
धार्मिक पर्यटकीय क्षेत्रको रूपमा कटहरबारी पार्क
मंगलबार, साउन ३१, २०७९
रामपुरको कटहरबारी पार्कलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न लागिएको छ । रामपुर नगरपालिका–६ स्थित उक्त पार्कमा पूर्वाधार विकासका कार्य अगाडि बढाइँदैछ । कालीगण्डकी नदीको नजिकै रहेको पार्क परिसरलाई नेपालकै उत्कृष्ट धार्मिक पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्ने योजना बनाएर पूर्वाधार विकासका काम थालिएको हो ।
तानसेनमा कुक लेवल टु को तालिम सञ्चालन
मंगलबार, साउन ३१, २०७९
तानसेनमा कुकु सम्बन्धी सिटी भिटी लेवल टु को तालिम सञ्चालन भएको छ । तानसेन नगरपालिका, लुम्बिनी प्रदेश दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजनामार्फत शिव इन्ष्टिच्यूट अफ मल्टि टेक्निकल एजुकेशन सेन्टर प्रालिले निःशुल्क कार्यगत अभ्यास सहितको दश महिने प्राफेशनल कुकु लेवल टु को तालिम सोमबारदेखि सञ्चालन गरेको हो ।


