Shittalpati
पाल्पामा थप २७ जना संक्रमितले कोरोना जिते
पाल्पामा थप २७ जना संक्रमितले कोरोना जिते जिल्लामा पछिल्लो २४ घण्टामा थप २७ जना संक्रमितले कोरोना जितेका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका १७ जना महिला र १० जना पुरुष संक्रमितले कोरोना जितेका हुन् ।
नेपाल बन्दको प्रभाव पाल्पासहित देशभर
नेपाल बन्दको प्रभाव पाल्पासहित देशभर नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपासहित चार कम्युनिष्ट पार्टीको संयुक्त मोर्चा कार्यकर्ताले आज नेपाल बन्दको आह्वान गरेको छ । बन्दको प्रभाव पाल्पासहित देशैभर परेको छ ।
निर्वाचनमा गठबन्धनले नै सफलता हासिल गर्छ : खनाल
निर्वाचनमा गठबन्धनले नै सफलता हासिल गर्छ : खनाल नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पाँचदलीय गठबन्धनले नै निर्वाचनमा सफलता हासिल गर्ने बताएका छन् । एकीकृत समाजवादीले सोमबार तानसेनमा गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै खनालले दृढतापूर्वक गठबन्धन अगाडि बढेकाले निर्वाचनमा सफलता हासिल गर्ने दावी गरेका हुन् 
रामपुरमा शहीद स्मृति पार्क निर्माण
रामपुरमा शहीद स्मृति पार्क निर्माण पाल्पाको रामपुरमा शहीद स्मृति पार्क निर्माण गरिएको छ । पर्यटकीय विकास गर्ने उद्देश्यले रामपुर नगरपालिका–३ स्थित सानीअमराई सामुदायिक वन क्षेत्रमा पार्क निर्माण गरिएको हो ।
नेप्से लाग्यो ओरालो
नेप्से लाग्यो ओरालो सेयर बजारको परिसूचक नेप्से फेरी ओरालो लागेको छ । केही दिन अघि उकालो लागेको नेप्से फेरी ओरालो लाग्न थालेको हो । सेयर बजारको परिसूचक नेप्से सोमबार २०५३ अंकमा झरेको छ । कारोबार अवधिभर उतारचढावका बाबजुत अघिल्लो दिनको तुलनामा नेप्से ७.४१ अंकले घटेको हो ।
गिरीले देखाको मार्ग पहिल्याऔं
गिरीले देखाको मार्ग पहिल्याऔं अध्ययनशील तथा प्रखर समाजवादी चिन्तक प्रदीप गिरीको निधनले यति बेला देश शोकमा छ । उनी नेपाली काँग्रेसका नेता भए पनि उनको व्यक्तित्व र विचारले सबैका प्रिय नेता बन्न पुगे । त्यसैले त उनको निधनमा सबै राजनीतिक दल र अन्तर्राष्ट्रिय जगतले उनको योगदान र सत् मार्गको स्मरण गर्दै भावपूर्ण श्रद्धाञ्जली अपर्ण...
प्रदीप गिरीको निधनप्रति पाल्पामा शोक श्रद्धाञ्जली
प्रदीप गिरीको निधनप्रति पाल्पामा शोक श्रद्धाञ्जली समाजवादी चिन्तक एवं काँग्रेस नेता प्रदीप गिरीको निधनप्रति पाल्पामा शोक श्रद्धाञ्जली कार्यक्रम गरिएको छ । नेपाली काँग्रेस पाल्पाको आयोजनामा सोमबार शोक श्रद्धाञ्जली कार्यक्रम गरिएको हो । पार्टी कार्यालयमा शोक पुस्तिकामा हस्ताक्षरसँगै स्व.गिरीको तस्वीरमा माल्यार्पण गरिएको थियो ।
दीप बालेर गए प्रदीप गिरी !
दीप बालेर गए प्रदीप गिरी ! जिन्दगीको अन्तिम सत्य भनेको नै मृत्यु हो । मान्छे र जिन्दगी बीच रस्साकस्सीको ‘फाइनल म्याच’ हो मृत्यु । आखिर मानवीय चोला जन्मेपछि मर्नु नै पर्दछ । मात्रै ढिलो या चाँडो भन्ने हो । केही मृत्यु अविस्मरणीय र अमर रहन्छ । जुन बाँचुञ्जेल जीवनमा गरेका राम्रो कर्मको फल हो ।
पूर्व मन्त्रीदेखि सांसद भएकै जिल्लाको क्याम्पस आर्थिक संकटमा
पूर्व मन्त्रीदेखि सांसद भएकै जिल्लाको क्याम्पस आर्थिक संकटमा पूर्व मन्त्रीदेखि सांसद र प्रभावशाली नेताहरु भएको गुल्मीको एक क्याम्पस आर्थिक संकटमा परेको छ । शैक्षिक धरोहरको रुपमा छुट्टै पहिचान बनाउन सफल भएको रेसुंगा बहुमुखी क्याम्पस अहिले आर्थिक संकटमा परेको हो । विसं २०३९ सालमा स्थापना भएको क्याम्पसले व्यवस्थापनमा आर्थिक समस्या भएको भन्दै आर्थिक संकटकाल घोषणा गरिसकेको छ ।
मृगौला पीडितलाई आर्थिक सहयोग
मृगौला पीडितलाई आर्थिक सहयोग पाल्पाली सेवा समाज दोहा कतारले मृगौला पीडितलाई आर्थिक सहयोग गरेको छ । उसले विगत एक वर्षदेखि मृगौलाको उपचार गराउदै आएका बगनासकाली गाउँपालिका–७ खानीगाउँका ५२ बर्षीय दिलबहादुर मगरलाई एक लाख आर्थिक सहयोग गरेको हो ।
इन्धनको मूल्य घटाऊ
इन्धनको मूल्य घटाऊ अन्तर्राष्ट्रिय बजारमा मूल्य घटबढ भएअनुसारै मूल्य समायोजन गर्ने भनिए पनि नेपालमा निगमले भने त्यसो गर्दैन । बरु घाटा मात्रै छ भनिरहन्छ । पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य तीन पटक घटेर आइसकेको छ । इन्डियन आयल कर्पाेरेसनले हरेक १५ दिनमा नयाँ मूल्य निर्धारण गरी पठाउँछ । तीन पटक गरी पेट्रोल र...
Weather Update