रोजगारमूलक शिक्षा आवश्यक
शनिबार, भदौ ४, २०७९
साढे १२ लाख भेटी संकलन
शनिबार, भदौ ४, २०७९
स्याङ्जाको प्रसिद्ध धार्मिकस्थल छायाँक्षेत्र शिव मन्दिर छाङ्छाङ्दीमा साउन महिनामा मात्रै १२ लाख ६० हजार छ सय ९९ भेटी संकलन भएको छ । भिरकोट नगरपालिका–४ छाङ्छाङ्दीमा रहेको उक्त शिवमन्दिरमा साउनको सोमबार आउने भक्तजनबाट भेटी संकलन भएको मन्दिर व्यवस्थापन समितिका सचिव कृष्णप्रसाद श्रेष्ठले बताए ।
टुँडिखेल स्तरोन्नति अन्तिम चरणमा
शनिबार, भदौ ४, २०७९
तानसेन नगरपालिकाको टुँडिखेल मैदान स्तरोन्नतिको कार्य अन्तिम चरणमा पुगेको छ । नगरपालिका कार्यालय प्रा·णमा रहेको टुँडिखेल मैदानको हालसम्म ८५ प्रतिशत काम सम्पन्न भएको छ ।
लुम्बिनी प्रदेश : मन्त्री मात्रै फेरिए, फेरिएन प्रदेशको मुहार
शुक्रबार, भदौ ३, २०७९
लुम्बिनी प्रदेशमा एमालेका मुख्यमन्त्री शंकर पोखरेलले झण्डै साढे ३ वर्ष ६ मन्त्रीबाट ७ वटा मन्त्रालय चलाएका थिए । माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि सत्ता जोगाउनकै लागि पोखरेलले २०७७ वैशाखमा दुई वटा मन्त्रालय थपेर ९ पुर्याए । पछि काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी, जनमोर्चा र स्वतन्त्रसमेतको समर्थनमा साउन २८ मा कुलप्रसाद...
आज श्री कृष्णजन्माष्टमी पर्व मनाइंदैं
शुक्रबार, भदौ ३, २०७९
श्रीकृष्ण जन्माष्टमी पर्व आज श्रीकृष्णको पूजा आराधना गरी मनाइंदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्र अष्टमीको मध्यरातमा भएको सम्झनामा यो पर्व मनाउने गरिएको हो । कंसको अत्याचारबाट मानवजातिलाई मुक्ति दिनका लागि वासुदेव र देवकीको गर्भबाट विष्णुको आठौं अवतारका रुपमा श्रीकृष्णको जन्म भएको धार्मिक मान्यता छ ...
भीरकोटमा आर्थिक उपार्जन गर्न पकेट कार्यक्रम
शुक्रबार, भदौ ३, २०७९
स्याङ्जाको भीरकोट नगरपालिकाले आर्थिक उपार्जनका लागि बंगुर, बाख्रा र सुन्तला पकेट कार्यक्रम सुरु गरेको छ । नगरपालिकाका नौवटै वडाका आर्थिक र सामाजिक हिसाबले पछाडी परेकालाई स्वावलम्बी बनाउने लक्ष्यसहित पालिकाले पकेट कार्यक्रम सुरु गरेको हो ।
कृष्ण जन्माष्टमी र धार्मिक महत्व
शुक्रबार, भदौ ३, २०७९
भाद्र कृष्ण अष्टमीका दिनमा प्रत्येक वर्ष मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो ।
कालीगण्डकीद्वारा २० युनिट बिजुली निःशुल्क
बिहीबार, भदौ २, २०७९
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले पालिकाभित्रका सबैलाई २० युनिट बिजुली निःशुल्क उपलब्ध गराउने भएको छ । गाउँपालिकाको बैठकले प्रत्येक घरधुरीले खपत गर्ने न्यूनतम २० युनिटसम्म बिजुली आफैले भुक्तानी गर्ने निर्णय गरेको हो । गाउँपालिकाले नेपाल विद्युत प्राधिकरणसँग सम्झौता गरी ६/६ महिनामा पालिकाभित्रका सबै घरधुरीमा खपत हुने न्यूनतम २० युनिट बराबरको रकम भुक्तानी...
मंसिर २३ भित्र जग्गा वर्गीकरण गरिसक्नुपर्ने
बिहीबार, भदौ २, २०७९
देशभरका सबै स्थानीय सरकारहरुले मंसिर २३ गतेभित्र जग्गाको वर्गीकरण गरिसक्नु पर्ने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आगामी मंसिर २३ भित्र सबै स्थानीय तहभित्रका जग्गाहरूको वर्गीकरण गर्न परिपत्र गरेकाले समयमै वर्गीकरण गर्नुपर्ने भएको हो ।
अन्धकारमुक्ति सहकारी लुम्बिनीकै उत्कृष्ट
बिहीबार, भदौ २, २०७९
अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था यस वर्ष लुम्बिनी प्रदेशमै उत्कृष्ट भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) ले आफ्नो ३५ औँ स्थापना दिवसका अवसरमा लुम्बिनी प्रदेशका बचत तथा ऋण सहकारीमध्ये अन्धकारमुक्तिलाई उत्कृष्ट पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
नागरिकता विधेयकको समाधान खोजौं
बिहीबार, भदौ २, २०७९
नागरिकता विधेयक संसदमै फिर्ता भएपछि अहिले चौतर्फी बहस सुरु भएको छ । प्रमाणीकरणका लागि पठाइएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमै फिर्ता पठाएपछि नेपाली राजनीतिक वृतमा एक किसिमको बहस पैदा भएको हो । राष्ट्रप्रमुखले कुनै पनि विधेयक प्रमाणीकरण गर्नुअघि पुनर्विचार गर्न आवश्यक ठानेमा त्यसलाई प्रतिनिधिसभामा पठाउनसक्ने संविधानमै व्यवस्था रहेको छ ...


