Shittalpati
रामपुरमा भएको मोटरसाइकल दुर्घटनामा घाइते एकको मृत्यु
रामपुरमा भएको मोटरसाइकल दुर्घटनामा घाइते एकको मृत्यु जिल्लाको रामपुरमा भएको मोटरसाइकल दुर्घटनामा परी घाइते भएका एक जनाको ज्यान गएको छ । गत विहीबार रामपुर नगरपालिका–६ तालपोखरास्थित भित्री पक्की सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा परी घाइते भएका तिलकपुरका २२ वर्षीय दानबहादुर कुमालको आइतबार विहान मृत्यु भएको हो ।
तराईबाट आएर पहाडमा खेती
तराईबाट आएर पहाडमा खेती पछिल्लो समय पहाडबाट बसाइँसराइ गरेर तराई झर्नेको संख्या निरन्तर बढिरहेको छ । खासगरी श्रीमानले विदेशमा कमाउने र विस्तारै परिवार विलासी जीवन बिताउनका लागि तराई झर्ने क्रमले ग्रामीण भेग सुनसान बन्दै गइरहेका छन् । तीव्र गतिमा भइरहेको बसाइँसराइले गर्दा ग्रामीण भेगका खेतबारी बाँझो जमिनका रूपमा परिणत हुँदै गएका छन् ।
वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण
वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण जिल्लाको बगनासकाली गाउँपालिकाले अशक्त, जेष्ठ नागरिक र अपाङ्गलाई मध्यनजर गर्दै सामाजिक सुरक्षा भत्ता वडाबाटै वितरण गरेको छ । बैंकमा आउजाउ गर्दा अशक्त, जेष्ठ नागरिक र अपाङ्गलाई सास्ती भएपछि गाउँपालिकाले वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो ।
छठको धार्मिक महत्व
छठको धार्मिक महत्व हरेक चाडपर्वहरुको आ–आफ्नै किसिमको धार्मिक, सामाजिक महत्व र विशेषता हुने गर्दछ । हिन्दुुहरुको महान पर्व दशै र तिहार सकिएरसँगै छठ पर्वको आगमन भएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सुरु भई सप्तमीमा उदाउँदो सूर्यलाई अर्घ अर्पण गरी उल्लासका साथ यो पर्व मनाउने गरिन्छ ।
कार्यविधि संशोधन गर्दै राष्ट्र बैंक
कार्यविधि संशोधन गर्दै राष्ट्र बैंक नेपाल राष्ट्र बैंकले कार्यविधि संशोधन गर्न थालेको छ । बैंकले दैनिक तरलता सुविधा सम्बन्धी कार्यविधि २०७६ संशोधन गर्न लागेको हो । कार्यविधि संशोधनका लागि उसले कात्तिक २५ गतेसम्ममा सुझाव माग गरेको छ । बैंकले मस्यौदा सार्वजनिक गरिसकेको छ । बैंक तथा वित्तीय संस्थाले आफ्नो खातामा रहेको भन्दा बढी रकमको कारोबार...
पूर्व उर्जा मन्त्री विष्टको क्षेत्रमा पोल नभएपछि हरियो रुखबाटै तानियो विजुलीको  तार !
पूर्व उर्जा मन्त्री विष्टको क्षेत्रमा पोल नभएपछि हरियो रुखबाटै तानियो विजुलीको तार ! गुल्मीबाट पटक–पटक सांसद र मन्त्री भइसकेका गोकर्ण विष्टकै क्षेत्रमा हरियो रुखबाटै विजुलीको तार तानिएको छ । काठको पोल समेत नभए पछि इस्मा गाउँपालिका –२ बयस्कोटामा हरियो सालको रुखबाट विजुलीको तार टाँगिएको हो ।
पाल्पाबाट मनकामना जाँदै गरेको बस दुर्घटना : ५ को मृत्यु, २५ घाइते
पाल्पाबाट मनकामना जाँदै गरेको बस दुर्घटना : ५ को मृत्यु, २५ घाइते पाल्पाको रम्भा गाउँपालिका–१, हुँगीबाट गोरखाको मनकामना जाँदै गरेको बस नवलपरासी पूर्वको बुलिङटारमा दुर्घटना भएको छ । मनाकामना दर्शनका लागि जाँदै गरेको ना ६ ख ७५८० नम्बरको बस आइतबार विहान बुलिङटार–२, मथारमा दुर्घटना भएको हो ।
काँग्रेसको संकल्पपत्रमा कृषि :तरकारी, फलफूल, माछा, मासु, दूध, मसला एवं औद्योगिक बालीमा आत्मनिर्भर हुने
काँग्रेसको संकल्पपत्रमा कृषि :तरकारी, फलफूल, माछा, मासु, दूध, मसला एवं औद्योगिक बालीमा आत्मनिर्भर हुने नेपाली कांग्रेसले आगामी पाँच वर्षमा खाद्यान्न उत्पादकत्वमा वृद्धि गरी तरकारी, फलफूल, माछा, मासु, दूध, मसला एवं औद्योगिक बालीमा आत्मनिर्भर हुने लक्ष्यसहित पार्टीको चुनावी सङ्कल्पपत्र सार्वजनिक गरेको छ ।
प्रत्यक्षतर्फको दुई करोड ३६ लाख ८० हजार ५ सय मतपत्र छपाइ
प्रत्यक्षतर्फको दुई करोड ३६ लाख ८० हजार ५ सय मतपत्र छपाइ आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि दुई करोड ३६ लाख ८० हजार पाँच सय मतपत्र छपाइ भएको छ ।
खुकुरी प्रहार गरी एकको हत्या
खुकुरी प्रहार गरी एकको हत्या खुकुरी प्रहारबाट चितवनको माडीमा एकजनाको हत्या भएको छ । आज बिहान १ बजे माडी नगरपालिका–४ धुसेरीका ३२ वर्षीय जीवन नेपालीलाई खुकुरी प्रहार गरी हत्या गरिएकोे आशङ्कामा प्रहरीले गैँडाकोट नगरपालिका–७ का ३४ वर्षीय सुरेशबहादुर कुमाललाई पक्राउ गरेको छ ।
काँग्रेसको घोषणा पत्र : बालबालिकादेखि जेष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा
काँग्रेसको घोषणा पत्र : बालबालिकादेखि जेष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा नेपाली काँग्रेसले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । मंसिर ४ गते हुने निर्वाचनका लागि काँग्रेसले ‘प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी प्रतिबद्धता’ नामक घोषणा पत्र सार्वजनिक गरेको हो ।
Weather Update