लुतो फाल्ने प्रचलनमा कमी
आइतबार, साउन १, २०७९
चिकित्सा शिक्षाको शुल्क वृद्धि
आइतबार, साउन १, २०७९
राष्ट्रिय चिकित्सा आयोगले चिकित्सा शिक्षाको शुल्क निर्धारण गरेको छ । आयोगका उपसचिव मेघराज शर्माले शैक्षिक सत्र २०७८/७९ का लागि आयोगले चिकित्सा शिक्षाअन्तर्गत स्नातक तह, स्नातकोत्तर तह, स्नातकोत्तरभन्दा माथिल्लो तहका शैक्षिक कार्यक्रममा शुल्क निर्धारण गरेको बताए ।
तनावमुक्त जीवनका लागि राजयोग शिविर
आइतबार, साउन १, २०७९
ब्रहमाकुमारी ईश्वरीय विश्व विद्यालय क्षेत्रीय कार्यालय तानसेन पाल्पाले तनावमुक्त जीवनका लागि ५ दिने राजयोग शिविर सुरु गरेको छ । संस्थाले दया र करुवा बर्ष २०७९ को अवसरमा तनावमुक्त जीवनका लागि राजयोग शिविर तानसेनमा सुरु गरेको हो ।
रिब्दीकोटमा एक वृद्धा मृत फेला
शनिबार, असार ३२, २०७९
जिल्लाको रिब्दीकोट गाउँपालिका –५, कुसुमखोलास्थित मरबासमा रहेको हर्रेखरक सामुदायिक वनमा एक वृद्धा मृत अवस्थामा फेला परेकी छन् । सोही ठाउँका खिमबहादुर आलेको श्रीमति ७८ वर्षीया हुमकुमारी आले शुक्रबार साँझा मृत फेला परेकी हुन् ।
पाल्पामा ३५ करोड ३० लाख बेरुजु, कुन पालिकामा कति ?
शनिबार, असार ३२, २०७९
आर्थिक वर्ष २०७७/०७८ मा पाल्पामा ३५ करोड ३० लाख ३८ हजार बेरुजु रकम देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५९ औं वार्षिक प्रतिवेदनमा जिल्लाका १० वटा पालिकाको कुल लेखापरीक्षक रकम १२ अर्ब ९१ करोड ८४ लाख ४३ हजार मध्ये ३५ करोड ३० लाख ३८ हजार अर्थात् २ दशमलव...
अभिलेखहरु सुरक्षित राख्नुपर्नेमा जोड
शनिबार, असार ३२, २०७९
इतिहास कायम राख्न अभिलेखहरु सुरक्षित राख्नुपर्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । मदन पुरस्कार पुस्तकालय र सम्पदा प्रतिष्ठान पाल्पाले तानसेनमा आयोजना गरेको स्थानीय अभिलेख चासो र पहल अन्तक्र्रिया कार्यक्रममा बोल्ने अधिकांस वक्ताहरुले इतिहासका बारेमा नयाँ पुस्तालाई जानकारी गराउन अभिलेखहरु सुरक्षित राख्नुपर्नेमा जोड दिएका हुन् ।
१० खर्ब ३५ अर्ब राजश्व संकलन
शनिबार, असार ३२, २०७९
सरकारले शुक्रबारसम्म १० खर्ब ३५ अर्ब बराबरको राजश्व संकलन गरेको छ । सरकारले ११ खर्ब ८० अर्ब ६० करोड चार लाख बराबरको राजश्व संत्रलन गर्ने लक्ष्य राखेकोमा हालसम्म १० खर्ब ३५ अर्ब ३९ करोड ४४ लाख बराबरको राजश्व संकलन गरेको हो ।
कोरोनालाई निम्तो दिइरहेका त छैनौं ?
शनिबार, असार ३२, २०७९
नेपालमा केही महिनादेखि घट्दो क्रममा रहेको कोरोना भाइरस संक्रमण दर फेरि उकालिन थालेको छ। संक्रमित संख्या दिनप्रतिदिन बढ्दै गएकाले यसप्रति सबै सचेत रहनुपर्छ । समयमै सावधानी अपनाइएन भने संक्रमणले ठूलो रुप नलेला भन्न सकिन्न ।
अभिभावक गुमाएकालाई रिब्दीकोटले पढाउने
शनिबार, असार ३२, २०७९
पाल्पाको रिब्दीकोट गाउँपालिकाले अभिभावकविहीन बालबालिकालाई कक्षा १२ सम्म पढाउने भएको छ । अभिभावकविहीन कतिपय बालबालिकाले शिक्षा माध्यमिक तहसम्म पूरा गर्न सकेका छैनन् ।
पाल्पा ‘पूर्ण खोप’ सुनिश्चितता जिल्ला घोषणा
शुक्रबार, असार ३१, २०७९
पाल्पा जिल्ला ‘पूर्ण खोप’ सुनिश्चित तथा दिगोपना घोषणा भएको छ । जन्मेदेखि १५ महिनासम्मका सबै बालबालिकाले पूर्ण रूपमा नियमित खोप पाएपछि विहीबार जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो ।
तानसेनमा पशुपालन र सहकारीको अनुगमन
शुक्रबार, असार ३१, २०७९
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाल्पाले आ.व.२०७८/०७९ मा सञ्चालन गरेका कार्यक्रमहरुको अनुगमन गरेको छ । केन्द्रले तानसेन नगरपालिकामा सञ्चालन भएका बाख्रा, गाई फर्म र दुग्ध सहकारीहरुको सरोकारवाला निकाय, पत्रकारहरुको उपस्थितीमा अनुगमन गरेको हो ।


