नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा आज सकिँदै
आइतबार, पुस १०, २०७९
तानसेन सहकारीमा नयाँ नेतृत्व, अध्यक्षमा पोखरेल
आइतबार, पुस १०, २०७९
तानसेन बचत तथा ऋण तथा सहकारी संस्था लिमिटेड तानसेन पाल्पामा नयाँ नेतृत्व आएको छ । संस्थाको तानसेनमा भएको १४ औं साधारण सभा तथा छैठौं अधिवेशनबाट नयाँ नेतृत्व आएको हो ।
पाँच दशकपछि ‘जग्गाधनी’
आइतबार, पुस १०, २०७९
पाल्पाको रामपुर नगरपालिका किसानबारीका ६६ वर्षीय श्यामप्रसाद उपाध्यायले जग्गाधनी प्रमाणपूर्जाको पर्खाइमा जीवनका तीन दशक बिताए । अव्यवस्थित बसोवासी भए पनि भोग चलन गर्दै गरेको जग्गामा घर बनाए थिए । तर, त्यसरी जीवन चलाउँदा अनेक बाधा थिए । ३१ वर्षपछि उपाध्यायले आफुले प्रयोग गर्दै आएको चार आना जग्गाको लाजपूर्जा पाए ।...
आज देशभर ‘क्रिसमस डे’ मनाइँदै
आइतबार, पुस १०, २०७९
आज देशभरका चर्चमा क्रिसमस पर्वका रुपमा इसाई धर्मका संस्थापक येशु ख्रिष्टको जन्मोत्सव विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । इसाई धर्मावलम्बीहरूको सबैभन्दा ठूलो चाडका रुपमा क्रिसमस डे मनाउन लागिएको हो ।
साहित्य प्रतिष्ठान पाल्पाद्वारा विभिन्न व्यक्तित्व सम्मानित
आइतबार, पुस १०, २०७९
शिक्षा, स्वास्थ्य तथा साहित्य प्रतिष्ठान पाल्पाले विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गरेको छ । प्रतिष्ठानले शनिबार तानसेनमा आफ्नो १७ औं वार्षिक दिवस, ९४ औं कुलमणि देवकोटा जन्मजयन्ति र कमलराज रेग्मी वर्ष पुरस्कार, सम्मान तथा छात्रवृत्ति वितरण समारोहमा विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गरेको हो ।
जनताको भरोसायोग्य बन
आइतबार, पुस १०, २०७९
स्थानीय सरकारको पहिलो पाँच वर्षे कार्यकाल सकिएर दोस्रो कार्यकाल सुरु भएको छ । स्थानीय सरकारका लागि पहिलो पाँच वर्ष सिकाई र अभ्यासमै वित्यो । संघीय संरचना नयाँ भएकाले पनि स्थानीय सरकार सञ्चालनमा केही कठिनाई पक्कै पनि आए । त्यसैले पनि पहिलो पाँच वर्षलाई सिकाईको रुपमा लिनुलाई अन्यथा लिनु हुँदैन ।...
पुस्तक व्यवसायी महासंघ पाल्पाले मनायो साधारण सभा
शनिबार, पुस ९, २०७९
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ पाल्पाले १३ औं वार्षिक साधारण सभा मनाएको छ । महासंघले शनिबार तानसेनमा एक औपचारिक कार्यक्रम गरी साधारण सभा मनाएको हो । साधारण सभाको महासंघका केन्द्रीय सदस्य कमलराज तिमिल्सिनाले उद्घाटन गरेका हुन् ।
हल्का वर्षा र हिमपातको सम्भावना
शनिबार, पुस ९, २०७९
पश्चिमी वायुको प्रभावले देशका अधिकांश स्थानमा बदली गराउनुका साथै पूर्वी भेगका केही स्थानमा हल्का वर्षा तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।
‘कोभिड–१९ को नयाँ भेरियन्ट बीएफ ७ नेपालमा पुष्टि भएको छैन’
शनिबार, पुस ९, २०७९
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणको जोखिम अझै कायम रहेको अवस्थामा छिमेकी मुलुकहरुमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट बीएफ ७ हालसम्म नेपालमा पुष्टि नभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
दुई प्रदेश जोड्ने पुल निर्माण हुँदै
शनिबार, पुस ९, २०७९
गण्डकी प्रदेशको तनहुँ र लुम्बिनी प्रदेशको पाल्पा जोड्ने गरी निर्माण सुरु भएको पक्की पुलको कामले गति लिएको छ । तनहुँ र पाल्पा जोड्ने कालीगण्डकी नदीमाथि निर्माण भइरहेको पक्की पुलको काम तीव्र गतिमा अगाडि बढेको हो ।
स्ववियु निर्वाचन फागुन २८ गते गर्ने त्रिविको तयारी
शनिबार, पुस ९, २०७९
त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी फागुन २८ गते तयारी गरेको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले त्रिवि पदाधिकारी, विभाग, संस्थान, नौवटै सङ्कायका डीन र परीक्षा नियन्त्रकसँगको छलफलमा आगामी फागुन २८ गते नै तय गर्ने गरि त्रिवि अगाडि बढेको बताए ।
कता हराए भँगेरा ?
शनिबार, पुस ९, २०७९
लुम्बिनी सांस्कृतिक नगरपालिकाका पूर्वप्रमुख मनमोहन चौधरी सानो हुँदा उनको घरको प्वालमा भँगेरा गुँड बनाएर बसेको सम्झिन्छन् । करिब दुई सय ५० वर्ष पुरानो उनकोे घरको आँगनमा साना भँगेरा चिरबिर–चिरबिर गर्दै फुरुकफुरुक यताउति उफ्रिँदा उनलाई रमाइलो लाग्थ्यो । सानो छँदा घरको आँगनमा भँगेरासँग खेलेको सम्झिँदै सम्मरीमाई–७ का ७५ वर्षीय झगरु मुरावले...


