पराजयबाट पाठ सिकौं
बुधबार, मंसिर १४, २०७९
बाराही हाइड्रोपावरको आइपिओ आउँदै
मंगलबार, मंसिर १३, २०७९
बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही मङ्सिर २१ देखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को निष्कासन गर्ने भएको हो ।
नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक मर्जरको अन्तिम सम्झौता
मंगलबार, मंसिर १३, २०७९
नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक एकापसमा गाभिने भएका छन् । एकापसमा गाभिने सम्बन्धी अन्तिम सम्झौता आज सम्पन्न भएको छ । दुवै बैंकका सञ्चालक समितिको बैठकले एकापसमा गाभिने अन्तिम सम्झौता स्वीकृत गरी हस्तान्तरण गरेका हुन् ।
बुटवलमा औद्योगिक प्रदर्शनी हुने
मंगलबार, मंसिर १३, २०७९
आगामी पुसमा बुटवलमा औद्योगिक प्रदर्शनी हुने भएको छ । रुपन्देही उद्योग सङ्घ बुटवल, नेपाल उद्योग परिसङ्घ र नेपाल उद्योग परिसङ्घ लुम्बिनीको संयुक्त आयोजनामा आगामी पुसको सात गतेदेखि १९ गतेसम्म ‘राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि प्रविधि तथा पर्यटन महोत्सव’ गर्न लागिएको हो ।
चिसो बढ्दै
मंगलबार, मंसिर १३, २०७९
हाल देशमा उल्लेखनीय मौसम प्रणाली नरहेपनि जाडो मौसम (विन्टर सिजन) सुरु हुनै लागेकाले चिसो क्रमशः बढ्दै जाने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सरकार निर्माणको चर्चा
मंगलबार, मंसिर १३, २०७९
मतपरिणाम आउने क्रम जारी रहँदा सरकार गठन प्रक्रिया र अब बन्ने सरकारको नेतृत्व कसले गर्छ भन्ने चर्चा राजनीतिक वृत्तमा व्याप्त छ । अबको प्रधानमन्त्री को ? गगन थापा, शेरबहादुर देउवा, पुष्पकमल दाहाल कि केपी शर्मा ओली ? आम जनता यही प्रश्नमा रुमलिरहेका छन् । यसको एकीन उत्तर अहिले कुनै राजनीतिक...
पराजित भएका पाण्डेय मतदातालाई भेट्न घरदैलोमा
मंगलबार, मंसिर १३, २०७९
प्रतिनिधि सभा सदस्यमा पराजित भएका नेकपा एकिकृत समाजवादीका प्रदेश संयोजक सोमप्रसाद पाण्डेय यतिबेला मतदतालाई धन्यवाद दिन घरदैलोमा पुगेका छन् । मंसिर ४ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा पाल्पा क्षेत्र नं. २ बाट पराजित भएका पाण्डेय मतदातालाई धन्यवाद दिन घरदैलोमा पुगेका हुन् ।
‘निर्वाचनमा व्यक्ति वा दलको नभई लोकतन्त्रको जित भयो’
मंगलबार, मंसिर १३, २०७९
रुपन्देही क्षेत्र नं.२ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले हालैको निर्वाचनमा कुनै व्यक्ति वा दलले नभई लोकतन्त्रको जित भएको बताएका छन् ।
सात लघु बीमा कम्पनीले पाए लाइसेन्स
मंगलबार, मंसिर १३, २०७९
लघुबिमा कम्पनीका लागि नियामक निकाय नेपाल बिमा प्राधिकरणले ७ वटा कम्पनीलाई सञ्चालन अनुमति दिएको छ । प्राधिकरणले तीन वटा जीवन बीमा र चार वटा निर्जीवन बीमा कम्पनीलाई लाइसेन्स दिएको हो ।
पाल्पा उद्योग वाणिज्य संघको अध्यक्षमा भट्टराई र उपाध्यक्षमा बज्राचार्य निर्वाचित
सोमबार, मंसिर १२, २०७९
पाल्पा उद्योग वाणिज्य संघको अध्यक्षमा शैलेन्द्र भट्टराई निर्वाचित भएका छन् । सोमबार तानसेनमा भएको मतदानबाट भट्टराई अध्यक्षमा निर्वाचित भएका हुन् । उनी प्रतिस्पर्धी राजिव श्रेष्ठलाई ४ सय ४० मतअन्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।
विवाह पञ्चमी पर्व देशभर मनाइँदै
सोमबार, मंसिर १२, २०७९
प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रुपमा विवाह गरिदिएर देशभर मनाइँदैछ । त्रेता युगमा आजअर्थात् मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी यो पर्व मनाउन लागिएको हो ।


