गुल्मीमा औद्योगिक ग्राम : कतै काम, कतै अलमल
शुक्रबार, फागुन १२, २०७९
प्यारागनका विद्यार्थीले पाए दुर्घटना बीमा बापतको भुक्तानी
शुक्रबार, फागुन १२, २०७९
तानसेनमा रहेको पाल्पा प्यारागन इङ्गलिस बोर्डिङ्ग स्कूलका विद्यार्थीले दुर्घटना बीमा बापतको भुक्तानी रकम पाएका छन् । नेको इन्सुरेन्स लिमिटेड तानसेन शाखाले यहाँका दुई जना विद्यार्थीको दुर्घटना बीमा बापतको २७ हजार रकम भुक्तानी गरेको हो । स्कूलको २३ औं वार्षिकोत्सवको अवसरमा कम्पनीले विद्यालय मार्फत विद्यार्थीका अभिभावकलाई भुक्तानी रकम हस्तान्तरण गरेको छ ...
सरस्वती माविले मनायो ६७ औं वार्षिकोत्सव
शुक्रबार, फागुन १२, २०७९
तानसेन नगरपालिका–७ सुन्दर गाउँमा रहेको सरस्वती माध्यमिक विद्यालयले ६७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । २०१३ सालमा सामुदायिक विद्यालयको रुपमा स्थापना भएको विद्यालयले भव्य समारोहकाबीच वार्षिकोत्सव मनाएको हो ।
सरकार राष्ट्रपतिमै अलमल
शुक्रबार, फागुन १२, २०७९
पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकार गठन भएको दुई महिना भन्दा बढी भयो । यसबीचमा सरकारले जनताको काममा भन्दा पनि सत्ताशक्तिको खेलमै समय खर्चेको छ । दुई महिनाको समय कम हो । तर यो समयमा केही काम गर्ने संकेत भने हुनुपथ्यो, त्यसो हुन सकेन ।
पाँच लाख बढी भेटी संकलन
शुक्रबार, फागुन १२, २०७९
छायाँक्षेत्र शिव मन्दिरमा पाँच लाखभन्दा बढी भेटी संकलन भएको छ । स्याङ्जा भीरकोट– ४ स्थित सो मन्दिरमा शिवरात्रिको दिनमा पाँच लाख १४ हजार छ सय ९७ भेटी संकलन भएको हो ।
तीन जिल्लामा हात्तीपाइले रोगविरुद्ध अभियान
बिहीबार, फागुन ११, २०७९
लुम्बिनी प्रदेशका तीन जिल्लामा हात्तीपाइले रोगविरुद्ध औषधि खुवाउने अभियान आजदेखि सुरु भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले आज प्रदेश राजधानी राप्ती उपत्यका देउखुरीस्थित पिपरी स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा सो अभियान शुभारम्भ गरे ।
गुल्मीमा राँगाको तथ्याङ्क संकलन गरिदैं
बिहीबार, फागुन ११, २०७९
गुल्मीमा राँगाको तथ्याङ्क संकलन गरिने भएको छ । भैँसीपालनलाई थप व्यवस्थित गर्नका लागि सत्यवती गाउँपालिकाले राँगाको तथ्याङ्क संकलन गर्न लागेको हो । गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक नारायणप्रसाद खनालका अनुसार यसबारे गाउँपालिकाले किसानसँग छलफल गरिरहेको छ ।
मेन्छियाम हाइड्रोपावरको साधारण सेयरको विक्री खुला
बिहीबार, फागुन ११, २०७९
मेन्छियाम हाइड्रोपावर लिमिटेडले साधारण सेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले बुधबारदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गरेको हो ।
ग्याँस प्रयोग गर्दा सचेत बनौं
बिहीबार, फागुन ११, २०७९
आधुनिक प्रविधिको प्रयोगसँगै जोखिम पनि उत्तिकै बढेको छ । हिजोआज खाना पकाउन सहजताका लागि जताततै ग्याँस सिलिण्डरको प्रयोग बढेको छ । सहर होस् वा गाउँ सबैका घरका भन्सामा खाना पकाउने ग्याँस पुगिसकेको छ । यसले मानिसलाई सहजता प्रदान गरे पनि मानविय जोखिम भने बढाएको छ ।
माथागढीमा भव्य रुपमा मगर दिवस मनाइँदै, स्थानीय सरकारले दियो सार्वजनिक विदा
बुधबार, फागुन १०, २०७९
जिल्लाको माथागढी गाउँपालिकाको सराईमा भव्य रुपमा ४१ औं राष्ट्रिय मगर एकता दिवस मनाइने भएको छ । यही फागुन १५ गते नेपाल मगर संघ माथागढी गाउँपालिकाको आयोजना र माथागढी गाउँपालिकाको सहयोगमा विविध कार्यक्रमसहित मगर एकता दिवस मनाउन लागिएको हो ।
पाल्पा प्यारागनले मनायो २३ औं वार्षिकोत्सव
बुधबार, फागुन १०, २०७९
निजी विद्यालयको रुपमा सञ्चालित पाल्पाको प्यारागन इङ्गलिस बोडिङ्ग स्कूलले २३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । व्यवहारिक, जीवनोपयोगी, वैज्ञानिक र नैतिक मूल्य बोध गराउने शिक्षाको मान्यता राखी २०५६ सालमा स्थापना भएको स्कूलले १० दिनसम्म विभिन्न कार्यक्रमहरुको आयोजना गरी वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो ।


