नवजनचेतना राष्ट्रिय दैनिक २०७९ फागुन ३० गते मंगलबार
मंगलबार, फागुन ३०, २०७९
लोक दोहोरी प्रतिष्ठान पाल्पाले पनि मनायो लोकदोहोरी दिवस
सोमबार, फागुन २९, २०७९
लोक तथा दोहोरी गीतको क्षेत्रमा क्रियाशील राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले देशभर प्रतिष्ठानको २२ औं स्थापना दिवस तथा लोकदोहोरी दिवस मनाएको छ । सोमबार प्रतिष्ठानका देशभरका शाखाहरुले विभिन्न सांस्कृतिक कार्यक्रम गरी स्थापना तथा दोकदोहोरी दिवस मनाएका हुन् ।
रैनादेवी माविले स्वर्ण महोत्सव मनाउँदै
सोमबार, फागुन २९, २०७९
रैनादेवी माध्यमिक विद्यालय भुवनपोखरीले आफ्नो स्वर्ण महोत्सव मनाउन लागेको छ । विद्यालयले चैत्र २ गते स्वर्ण महत्सव मनाउन लागेको हो ।
विदेशी लगानीका कम्पनी दर्ता गर्न छुट्टै डेस्क
सोमबार, फागुन २९, २०७९
प्रत्यक्ष वैदेशिक लगानी भएका कम्पनी स्थापना गर्न छुट्टाछुट्टै डेस्क सञ्चालनमा ल्याइएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयले गत मङ्गलबारदेखि प्रत्यक्ष वैदेशिक लगानी भएका कम्पनी दर्ता गर्न छुट्टै डेस्क सञ्चालनमा ल्याएको हो ।
दुई दर्जन कम्पनी कालोसूचीमा
सोमबार, फागुन २९, २०७९
विभिन्न सार्वजनिक निकाय अन्तर्गतका ठेक्का अपलत्र पार्ने दुई दर्जन कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ । सरकारी कार्यालयका ठेक्का अलपत्र पारेपछि खरिद अनुगमन कार्यालयको आइतबारको निर्णयअनुसार ती कम्पनीलाई कालोसूचीमा राखिएको हो ।
नवनिर्वाचित राष्ट्रपति पौडेलबाट शपथ ग्रहण
सोमबार, फागुन २९, २०७९
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय, शीतल निवासमा आज आयोजित विशेष समारोहमा नवनिर्वाचित राष्ट्रपति पौडेललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराएका हुन् । उनी यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए ।
राष्ट्रपति कार्यालय : रामचन्द्रको प्रवेश, विद्याको बिदाइ
सोमबार, फागुन २९, २०७९
नेपालले तेस्रो राष्ट्रपतिको रुपमा रामचन्द्र पौडेललाई पाएको छ । आज उनले पद तथा गोपनीयताको शपथ ग्रहण गरेसँगै राष्ट्रपतिको जिम्मेवारी पाउने छन् । नवनिर्वाचित पोडेलले आज दिउँसो १ बजे शपथ ग्रहण गरी राष्ट्रपति कार्यालय शितल निवास प्रवेश गर्ने छन् । उनको प्रवेशसँगै निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी भने विदाई हुनेछिन् ।
दुई वर्ष नाघेका मुद्दा तीन सय बढी
सोमबार, फागुन २९, २०७९
रुपन्देही जिल्ला अदालत भैरहवामा दुई वर्षसम्म फैसला नभएका मुद्दाको संख्या तीन सय २४ पुगेको छ । अदालतमा २०७९ फागुन १४ गतेसम्म फछ्र्यौट हुन बाँकी चार हजार ८१ मुद्दामध्ये सो संख्याका मुद्दा दुई वर्ष पुराना छन् ।
पासासले मनायो छविलाल शतवार्षिकी
सोमबार, फागुन २९, २०७९
जिल्लाको साहित्य क्षेत्रमा क्रियाशिल पाल्पा साहित्य समाजले पाल्पाली कवि छविलाल नेपालको स्मृतिमा शतवार्षिकी मनाएको छ । समाजले तानसेनमा साहित्यिक समारोहको आयोजना गरी छविलाल शतवार्षिकी मनाएको हो ।
विकासमा विलम्ब नगर
सोमबार, फागुन २९, २०७९
विगतमा जस्तै यस वर्ष पनि विकास कछुवाकै गतिमा अगाडि बढेको छ । राजनीतिक दलहरुको आपसी खिचातानीका कारण आशातित विकास हुन सकेको छैन । यो राजनीतिक दल र सरकारको कमजोरी हो । राजनीतिक किचलोले मुलुकको विकास छायाँमा परेको छ । मुलुक संघीयतामा गए पनि राजनीतिक अस्थिरताका कारण विकास कछुवाको गतिमा हिडेको...
स्ववियु निर्वाचन : तीन विद्यार्थी सङ्गठनद्वारा तालमेल
आइतबार, फागुन २८, २०७९
प्रमुख तीन पार्टीका निकट विद्यार्थी सङ्गठनले आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा देशभरि नै तालमेल गरेका छन् ।
मूल्यवृद्धि सात दशमलव ८८ प्रतिशत
आइतबार, फागुन २८, २०७९
उपभोक्ता मूल्यवृद्धिले सरकारले राखेको बाञ्छित सीमा नाघेको छ । चालु आर्थिक वर्ष २०७९/८० मा सात प्रतिशतभन्दा बढी मूल्यवृद्धि हुन नदिने सरकारले लक्ष्य छ । तर नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार माघ मसान्तसम्ममा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति सात दशमलव ८८ प्रतिशत पुगेको देखिएको...


