नेपाल–भारतबीच गणस्तरीय संयुक्त सूर्य किरण अभ्यास सुरु
शुक्रबार, पुस १, २०७९
गिद्धको सङ्ख्या घटेकामा चिन्ता
शुक्रबार, पुस १, २०७९
पारिस्थितिकीय प्रणालीमा अह्म भूमिका खेल्ने लोपोन्मुख पक्षी गिद्धको संरक्षणमा सरोकारवालासँगै पशुपालकले पनि ध्यान दिन सुझाव दिइएको छ । पाल्पाको रामपुरमा बिहीबार सम्पन्न ‘भेटेरीनरी औषधिको प्रयोगमा निगरानी तथा गिद्ध संरक्षण सम्बन्धी क्षमता विकास तालिम’मा ‘प्रकृतिका कूचीकार’ उपनामले परिचित गिद्धको सङ्ख्या घटेकामा चिन्ता व्यक्त समेत गरियो ।
चिसो बढ्यो, सर्तकता अपनाउन आग्रह
शुक्रबार, पुस १, २०७९
देशभर चिसो बढेको छ । चिसो बढेसँगैँ जल तथा मौसम विज्ञान विभागले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सर्तकता अपनाउन सबैमा आग्रह गरेको छ ।
पर्यटनको केन्द्र बन्दै ‘चुलीडाँडा वन’
शुक्रबार, पुस १, २०७९
जिल्लाको पूर्वखोला गाउँपालिका–२ जल्पाको ‘ढोलीमारा चुलीडाँडा’ कवुलियती वनमा पछिल्लो समय घुम्न आउनेको भीड लाग्न थालेको छ । चुलीडाँडाले युवायुवतीदेखि पाकाहरूलाई समेत तान्न थालेको हो । यहाँबाट लोभलाग्दो हिमशृंखला र अन्य ठाउँको दृष्य देखिनुका साथै विभिन्न जडिबुटी, जनावार, पक्षीको अवलोकन गर्न पाइन्छ ।
पाल्पा पूर्वखोलाको आफ्नै लोगो
शुक्रबार, पुस १, २०७९
जिल्लाको पूर्वखोला गाउँ सरकारले आफ्नै लोगो बनाएको छ । उसले लोगो बनाएर अहिले प्रयोगमा ल्याएको छ । गाउँ कार्यपालिकाको निर्णय अनुसार लोगो बनाउन प्रस्ताव आह्वान गरिएको थियो । प्रस्ताव आÞवानसँगै लोगो बनाउन चार जनाले प्रस्ताव पेस गरेका थिए ।
गुल्मीमा तामा, फलाम र सिसा उत्खननका लागि परीक्षण
शुक्रबार, पुस १, २०७९
गुल्मीमा तामा, फलाम र सिसाको उत्खननका लागि खानीको अनुसन्धान सुरु गरिएको छ । जिल्लाको सत्यवती गाउँपालिका–८ भार्से जंगलमा तामा, फलाम र सिसा खानी उत्खननका लागि भूगर्भविद्ले अनुसन्धान थालेका हुन् ।
फरक क्षमताका विद्यार्थीलाई न्यानो कपडा
शुक्रबार, पुस १, २०७९
फरक क्षमताका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीले आफ्नो साधारण सभा तथा सातौं अधिवेशनको अवसरमा फरक क्षमताका विद्यार्थीहरु अध्ययन गर्दै आएको रेसुङ्गा नगरपालिका–९ उपल्लो तम्घास माध्यमिक विद्यालयमा फरक क्षमताका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो ।
निजी क्षेत्रलाई उपेक्षा नगरौं
शुक्रबार, पुस १, २०७९
मुलुकमा अर्थतन्त्र सुधारका लागि थुप्रै प्रयास भइरहेका छन् । तर प्रयासहरुले सार्थक रुप प्राप्त गर्न भने सकेका छैनन् । अर्थतन्त्रको उपचार खोज्दै गर्दा अर्थतन्त्रको मुख्य अंगलाई नै उपेक्षा गरिएको छ । उद्योगी–व्यवसायीहरु संलग्न रहेको निजी क्षेत्रलाई अहिले उपेक्षा गरिएको छ ।
मानसिक हिंसाको उजुरी दर्ता सबैभन्दा बढी
बिहीबार, मंसिर २९, २०७९
राष्ट्रिय महिला आयोगले चालु आर्थिक वर्षको चार महिनामा मानसिक हिंसासम्बन्धी सबैभन्दा धेरै उजुरी परेको जानकारी दिएको छ । आयोगद्वारा आज यहाँ आयोजित कार्यक्रममा कुल उजुरीमध्ये ४२ प्रतिशत मानसिक हिंसासम्बन्धी उजुरी रहेको जानकारी दिइएको हो ।
प्रधानमन्त्री देउवासमक्ष निर्वाचनको प्रतिवेदन पेस
बिहीबार, मंसिर २९, २०७९
प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रतिवेदन बुझाइएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित आयोगका पदाधिकारीहरूले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ को निर्वाचन परिणामसहितको प्रतिवेदन उनलाई आज बुझाएका हुन् ।
चिसो बढेसँगै सतर्कता अपनाउन मन्त्रालयको आग्रह
बिहीबार, मंसिर २९, २०७९
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकासँग मुलुकभर चिसो बढेसँगै सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा.सञ्जयकुमार ठाकुरले जाडो महिनामा केही रोगको प्रकोप बढ्ने भएकोले सर्तकता अपनाउन आग्रह गरे ।
लोक दोहोरी गीत प्रतिष्ठान पाल्पामा नयाँ नेतृत्व, अध्यक्षमा भट्टराई
बिहीबार, मंसिर २९, २०७९
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल पाल्पामा नयाँ नेतृत्व आएको छ । प्रतिष्ठानको तानसेनमा भएको ८ औं अधिवेशनले लोक तथा दोहोरी गायक कमल भट्टराईको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । कुुसल र बहुुप्रतिभाका धनी गायक भट्टराई अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।


