पाल्पाको ‘सन्तोष चलचित्र मन्दिर’ पुनः सञ्चालनमा
बुधबार, माघ ११, २०७९
सुष्मालाई बक्सिङमा रजत पदक
बुधबार, माघ ११, २०७९
नेपाली बक्सिङ खेलाडी सुष्मा तामाङले यू–२२ बक्सिङ च्याम्पियनशिपमा रजत पदक जितेकी छन् । थाइल्यान्डको बैङ्ककमा आज भएको महिला ४८ किलो तौल समूहको फाइनल खेलमा सुष्माले उज्वेकिस्तानकी खेलाडी फोजिलोभा फार्जोनासँग पराजित हुँदै रजत पदक जितेकी हुन् ।
छ जनाको शव ‘डिएनए’बाट पहिचान गरिने
बुधबार, माघ ११, २०७९
पोखरा हवाई दुर्घटनामा मृत्यु भएकामध्ये छ जनाको शव पहिचान हुन बाँकी रहेको छ । काठमाडौँ ल्याइएका ४८ मध्ये छ जनाको शव पहिचान हुन बाँकी रहेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले जनाएको छ ।
आयातसँगै घट्यो निर्यात
बुधबार, माघ ११, २०७९
चालु आर्थिक वर्ष २०७९/८० को छ महिनामा आयातसँगै निर्यात पनि घटेको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको पुस मसान्तसम्मको तथ्याङ्कअनुसार आयातसँगै निर्यातमा पनि कमी आएको हो ।
रामपुर नगरपालिकाको नगर सभा सकियो
बुधबार, माघ ११, २०७९
रामपुर नगरपालिकाको नगर सभा तथा १२ औं अधिवेशन सकिएको छ । गत पौष २३ गतेबाट सुरु भएको अधिवेशन सकिएको हो । बैठकले चालु आर्थिक वर्षमा २०७९/०८० मा सञ्चालन हुने नगर भित्रका ७७ वटा योजनाको संशोधन गरी रकमान्तर तथा शिर्षकान्तरण गरेको छ ।
रेसुङ्गाको भुवनेडाँडामा आकर्षक मन्दिर
बुधबार, माघ ११, २०७९
जिल्लाको धार्मिक तथा पर्यटकीय स्थल रेसुङ्गाको भुवनेडाँडामा आकर्षक मन्दिर निर्माण गरिएको छ । रेसुङ्गा नगरपालिका – १३ भँगारी भुवने डाँडामा पिकनिक स्पोर्टसँगै आकर्षक मन्दिर निर्माण गरिएको हो ।
शिक्षा दिवसको सार्थकता
बुधबार, माघ ११, २०७९
अन्तर्राष्ट्रिय शिक्षा दिवस मंगलबार विविध कार्यक्रम गरी मनाइएको छ । हरेक वर्षको जनवरी २४ तारिखका दिनमा यो दिवस विश्वका अधिकांश देशहरुमा मनाइएको पाइन्छ । तर यो दिवस मनाइए पनि विश्वका २४ करोडभन्दा बढी बालबालिका र युवाहरु अझै शिक्षाको पहुँचभन्दा टाढा छन् ।
पाईलटमाथि अभद्र व्यवहार गर्नेहरू पक्राउ
मंगलबार, माघ १०, २०७९
प्रभु एयरको हेलिकप्टरका पाईलट तथा क्याप्टेन रानेश डंगोल माथि अभद्र व्यवहार गर्नेहरु पक्राउ परेका छन् । स्याङ्जामा हेलिकप्टर ल्याण्ड गर्न लगाएर कुटपिट तथा अभद्र व्यवहार गर्ने ६ जनालाई स्याङ्जा प्रहरीले पक्राउ गरेको हो ।
सहिद सप्ताह सुरु : पहिलो दिन शास्त्रीको सम्झना गरियो
मंगलबार, माघ १०, २०७९
मुलुक र जनताको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने सहिदको सम्झनामा सरकारले प्रत्येक वर्ष झैँ यस वर्ष पनि मंगलबारदेखि सहिद सप्ताह मनाउन सुरु गरेको छ । माघ १० देखि १६ गतेसम्म मनाइने सहिद सप्ताहका लागि मूल समारोह समितिले विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।
बाजुरामा पाँच दशमलब नौ म्याग्निच्युटको भूकम्प
मंगलबार, माघ १०, २०७९
आज दिउँसो सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्ला केन्द्रविन्दु भएर पाँच दशमलब नौ म्याग्निच्युटको भूकम्प आएको छ । अपराह्न २ः४३ बजे आएको भूकम्पको झट्काका कारण कैलालीमा पनि घरभित्र रहेका व्यक्ति बाहिर निस्किएका थिए ।
गुल्मी काँग्रेसको बैठक : तत्काल सबै तहका सम्मेलन गर्ने निर्णय
मंगलबार, माघ १०, २०७९
नेपाली काँग्रेस गुल्मीले जिल्लाका सबै स्थानीय तह र सम्पर्क समितिका नियमित सम्मेलनहरु तत्काल गर्ने निर्णय गरेको छ । काँग्रेसको मंगलबार बसेको आठौं बैठकले पार्टीको विधान अनुसार स्थानीय तह, प्रदेश र क्षेत्रको नियमित सम्मेलनका साथै राजधानी समेत विभिन्न शहरमा भएका सम्पर्क समितिको अधिवेशनलाई २०७९ फागुन मसान्त भित्र सक्ने गरी सबै तहमा...
रामपुरमा स्थानीय र प्रदेश सरकारबिच छलफल
मंगलबार, माघ १०, २०७९
स्थानीय सरकार र प्रदेश सरकारबिच सहकार्य गर्नेमा जोड दिइएको छ । रामपुरमा भएको स्थानीय सरकार र लुम्बिनी प्रदेश सरकारबिचको अन्तरक्र्रिया तथा छलफल कार्यक्रममा सहभागीहरुले विकास र समृद्धिका लागि सहकार्य गर्नेमा जोड दिएका हुन् ।


