धेरै प्रेमहरु मर्न नपरोस्
शुक्रबार, माघ १३, २०७९
निर्वाचन व्यवस्थापनमा सुधार हुँदै गएको छ : प्रमुख निर्वाचन आयुक्त
बिहीबार, माघ १२, २०७९
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जाललाई नियमन गर्न नीति बनाइएपछि निर्वाचन व्यवस्थापनमा सुधार हुँदै गएको बताए । नेपाल कानून आयोग र प्रेस काउन्सिल नेपालले आयोजना गरेको ‘प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७९, आमसञ्चार पर्यवेक्षण प्रतिवेदन’ माथिको छलफलमा उनले निर्वाचन अगाडि सामाजिक सञ्जालमध्ये फेसबुक र टिकटकसँग सहकार्य नै गरेर काम गर्दा...
राहदानी सेवा द्रुत बनाउन कार्ययोजना बनाइँदै
बिहीबार, माघ १२, २०७९
राहदानी विभागले सेवाग्राहीको भिड घटाउन कार्ययोजना बनाएर कार्यान्वयन गर्ने तयारी गरेको छ । राहदानी लिनका लागि विभागमा सेवाग्राहीको हुने भीड अझै हट्न नसकेका कारण भिड घटाउन कार्ययोजना बनाउने तयारी गरिएको विभागले जनाएको छ ।
पाल्पामा ‘सन्तोष चलचित्र मन्दिर’को पुनरागमन
बिहीबार, माघ १२, २०७९
एकदशक अघिसम्म पाल्पाको एक मात्र सन्तोष चलचित्र मन्दिर परिसरमा दर्शकको भीड थामिनसक्नु हुन्थ्यो । टिकट काट्न लाइनमा बसेकाहरू आपसमा धकालाधकल गर्थे । फिल्म हेर्न नपाएर आक्रोशित भीड नियन्त्रण गर्न हल सञ्चालकलाई हम्मे हम्मे हुथ्यो । हलभित्र उभिएरै सिनेमा हेर्ने पनि कम हुँदैनथे । तर २०७२ सालतिरबाट भने दर्शकहरू क्रमशः घट्दै...
रामपुरका वडामा डिजिटल नागरिक वडापत्र
बिहीबार, माघ १२, २०७९
जिल्लाको रामपुर नगरपालिकाको कार्यलय सहित वडा कार्यालयहरुमा डिजिटल नागरिक वडापत्र राखिएको छ । नगर र कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको सहजताका लागि डिजिटल नागरिक वडा पत्र राखिएको हो ।
डकर्मीको भर, भूकम्प प्रतिरोधी घर
बिहीबार, माघ १२, २०७९
स्याङ्जाको वालिङ नगरपालिकाले डकर्मीलाई भूकम्प प्रतिरोधी घर बनाउने तालिम दिएको छ । उक्त नगरपालिकाको आयोजनामा र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को प्राविधिक सहयोगमा नगरभित्रका ४२ डकर्मीलाई घर बनाउन सिकाइएको हो ।
आज श्रीपञ्चमी, देशभर मनाइदैं
बिहीबार, माघ १२, २०७९
प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्छ ।
गुल्मी नेल्टाको अध्यक्षमा श्रीस
बिहीबार, माघ १२, २०७९
नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) गुल्मीको अध्यक्षमा डोर बिक्रम श्रीस सर्वसम्मत विर्वाचित भएका छन् । संघको तम्घासमा भएको पाँचौ अधिवेशनले सिद्धबाबा माध्यमिक विद्यालयका प्रधानाध्यापक श्रीसलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।
सरस्वती माता र वसन्त पञ्चमी
बिहीबार, माघ १२, २०७९
जाडोको मौसम छ तै पनि विहानदेखि नै भगवती मन्दिरमा रहेको सरस्वती मन्दिर तथा टँुडिखेल तल अमरगञ्ज जाने बाटोमा रहेको सरस्वती मन्दिरमा स्कूले विद्यार्थीहरु तथा उनका अभिभावकहरुको भीड लागेको छ । आज श्रीपञ्चमी । तानसेन बजार भित्र दुईवटा सरस्वती मन्दिरहरु रहेका छन् । आजको दिन सरस्वती मातालाई पुजाआजा गर्दा सरस्वती माता...
सरस्वती पूजाको महत्व
बिहीबार, माघ १२, २०७९
श्रीपञ्चमी, अर्थात् सरस्वती पूजा विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइने महत्वपूर्ण दिन हो । यसलाई वसन्त पञ्चमी पनि भनिन्छ । विशेष गरी शैक्षिक क्षेत्रमा संलग्न भएकाहरूले श्रीपञ्चमी मनाउने गर्दछन् । हरेक वर्ष जस्तै आज पनि सरस्वतीको पूजाआजा गरिदैं छ । सरस्वतीको मन्दिरमा अथवा मन्दिर नभए सरस्वतीको तस्विर राखेर धुमधामसँग...
पाल्पामा टिपर दुर्घटना : चालकको मृत्यु
बिहीबार, माघ १२, २०७९
जिल्लाको तिनाउ गाउँपालिका– ५ केराबारी नजिकै सिद्धार्थ राजमार्गमा टिपर दुर्घटना भएको छ । पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको ना ८ ख ७९२४ नम्वरको टिपर गए राती ११ः५० बजे दुर्घटना भएको हो ।
उपप्रधानमन्त्री लामिछानेको नागरिकता विवादको मुद्दा हेर्दाहेर्दैमा
बुधबार, माघ ११, २०७९
सर्वोच्च अदालतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा आज सुनुवाइ गर्दागर्दै समय अभावका कारण ‘हेर्दाहेर्दै’मा शुक्रबारका लागि राखिएको छ ।


