एनआईसी एशियाले दियो दुर्घटना बीमाबापतको रकम
बुधबार, फागुन २४, २०७९
नारी दिवस र यसको सार्थकता
बुधबार, फागुन २४, २०७९
‘मार्च ८’ लाई संसारभरि अन्तर्राष्ट्रिय नारी दिवसका रूपमा मनाउने गरिन्छ । आज पनि विश्वभर यो दिवस मनाइँदै छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाउन लागिएको छ । विशेषगरी यस सन्दर्भमा नारी स्वतन्त्रता तथा सशक्तीकरणको सवालमा धेरै चर्चा गर्ने गरिन्छ र बराबरी हिस्सेदारीको माग पनि हुने गर्छ ।
आठ दलीय बैठकमा राष्ट्रपति निर्वाचन तयारीबारे छलफल
मंगलबार, फागुन २३, २०७९
आज बसेको आठ दलीय गठबन्धनको बैठकले आसन्न राष्ट्रपति पदको निर्वाचनबारे छलफल गरेको छ । नेपाली कांग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा बैठकमा निर्वाचनको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको हो ।
अध्यक्ष प्रचण्डविरूद्ध रिट दर्ता
मंगलबार, फागुन २३, २०७९
प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वोच्च अदालतमा आज रिट दर्ता भएको छ ।
लोपोन्मुख हुँदै होलीको जोगिरा
मंगलबार, फागुन २३, २०७९
नयाँ पुस्ताले खासै चासो राख्न छाडेपछि तराईमा होलीको जोगिरा लोपोन्मुख अवस्थामा पुगेको छ । जोगिरा गाउने पुराना पुस्ताका अधिकांशको मृत्यु भइसकेका र केही वृद्ध अवस्थामा पुगिसकेकाले जोगीरा लोपोन्मुख हुन थालेको जनाइएको छ । पछिल्लो समय नयाँ पुस्ताले यसबारे खासै चासो नदिएको जनाइएको छ ।
रामपुरमा पन्ध्र शैयाको आयुर्वेद अस्पताल
सोमबार, फागुन २२, २०७९
स्वास्थ्य क्षेत्रलाई व्यवस्थित, भरपर्दो र दिगो बनाउने उद्देश्यले यहाँ स्वास्थ्य संरचना बनाउन थालिएको छ । पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुर (नवलपरासी सुस्ता पूर्व) को केन्द्रमा रहेको रामपुरमा आयुर्वेद स्वास्थ्य सेवालाई विस्तार गर्ने उद्देश्यले स्वास्थ्य संरचना निर्माण गरिएको हो ।
सद्भाव र रंगको पर्व होली,पहाडमा आज, तराईमा भोलि
सोमबार, फागुन २२, २०७९
प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमा अर्थात् होली पूर्णिमाका दिन रङहरुको होली पर्व मनाइन्छ । आज र भोलि हर्षोल्लासका साथ यो पर्व मनाइदैंछ । पहाडमा आज होली मनाइने भएपनि तराईका जिल्लाहरुमा भने भोलि मंगलबार भव्यताका साथ मनाइन्छ । यो पर्वले हरेक वर्ष वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिएर...
रेसुङ्गा नगर सरकारले चलायो निःशुल्क स्वास्थ्य शिविर
आइतबार, फागुन २१, २०७९
जिल्लाको रेसुङ्गा नगर सरकारले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । नगरभित्रै विशेषज्ञ डाक्टरहरुबाट सेवा दिने उद्देश्यले नगर सरकारले तम्घासमा बृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
नेपाल एयरलाइन्सले दक्षिण कोरिया उडान गर्ने
आइतबार, फागुन २१, २०७९
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले दक्षिण कोरियामा सिधा उडान गर्ने भएको छ । दक्षिण कोरियाको राजधानी सिओलस्थित इन्चोन इन्टरनेशल एयरपोर्टमा उडान गर्नका लागि प्रक्रिया अगाडि बढाइएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।


